• सफलताको शिखर चुम्दै बालकुमारी कलेज

      जगदीश्वर खनाल शिक्षा समाजको दर्पण हो, चेतनाको पुञ्ज हो । शिक्षाले नै सामाजिक अवस्थाको दिग्दर्शन गराउँछ । समाजको रीतिथिति, जीवनशैली आदिलाई शिक्षाले नै प्रतिबिम्बित गरेको हुन्छ । शिक्षा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक र सांस्कृतिक अवस्थाको द्योतक पनि हो । तसर्थ व्यक्ति, समाज र राष्ट्रको विकासको मूल आधार पनि शिक्षा नै हो । शिक्षाको महत्व र अपरिहार्यतालाई हृदयङ्गम गरी चितवनको मध्यभाग, व्यापारिक केन्द्र, ऋषिमुनिहरुको साधना र ज्ञानले अभिसिञ्चित यस पवित्र ज्ञानभूमि नारायणगढ बजारको केन्द्रबिन्दुमा विसं २०४३ सालमा यस बालकुमारी कलेजको स्थापना भएको हो । छिमेकी जिल्लाहरुको प्रमुख व्यापारिक शैक्षिक केन्द्रका रुपमा रहेको चितवन सबैको गन्तव्यस्थल बनेको थियो । चितवन जिल्लामा...

    • गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय १० सदस्यीय कार्यदल गठन

      आशिष अधिकारी भरतपुर/आसन्न स्थानीय तहको निर्वाचनका सम्बन्धमा जिल्ला स्थित गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय सयन्त्रको बैठकले १० सदस्यीय नया कार्यदल गठन गरेको छ । शुक्रबार नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यलय कमलनगरमा बसेको सयन्त्रको बैठकले हरेक दलबाट २/२ जना रहने गरि १० जनाको कार्यदल गठन गरिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न बैठकले शुक्रबार गठन भएको कार्यदलले शनिबार दिउँसो १२ बजे सम्म एउटा खाका बनाएर गठबन्धनका दलहरुका बिचमा प्रस्तुत गर्ने निर्णय भएको छ । बैठकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र चितवनका सयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत...

    • मार्गदर्शन उत्कृष्ट साकोस र उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषित

      भरतपुर/भरतपुर महानगरपािलकाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुर १६ स्थित मार्गदर्शन बचत तथा ऋण सहकारी सस्थालाई उत्कृष्ट सहकारी र सोहि सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपक गौतमलाई उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषणा गर्दै प्रशंसापत्रद्धारा सम्मान गरेको छ । भरतपुर महागरपालिकामा सहकारीको नीति, विधि, सिद्धान्त र आधुनिक प्रविधिमा संचालित समुदायमा आधारित सहकारी मार्गदर्शन बचत तथा ऋण सहकारी सस्थालाई भरतपुर महानगरले एक औपचारिक कार्यक्रमका विच महानगरको उत्कृष्ट साकोस घोषणा गरी सम्मान गरेको हो । सोही अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमलाई महानगरको उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषणा गरी सम्मान गरेको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुर महानगरपालिकाले...

    • जेष्ठ शेयर सदस्यलाई सम्मान गर्दै अथर्वको स्थापना दिवसमा आयोजित सप्ताहव्यापी कार्यक्रम सकियो

      भरतपुर/जेष्ठ शेयर सदस्यलाई सम्मान गर्दै भरतपुर ११ मालपोत चोक स्थित अथर्व बचत तथा ऋण सहकारी सस्थाको स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्र समापन भएको छ । सहकारीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि ७५ वर्ष माथिका ३३ जना शेयर सदस्यहरुलाई सम्मान गर्दै सप्ताहव्यापी कार्यक्रमको समापन गरेको हो । नेफ्स्कुनका सञ्चालक बिद्या कोईराला तथा साकोसका अध्यक्ष बिजया भण्डारी लम्सालले उहाँहरुलाई दोसल्ला ओडाई सम्मान गर्नु भएको थियो । जेष्ठ शेयर सदस्यहरुलाई च्यावनप्रास, बिष्कुट र कप हस्तान्तरण गरि सम्मान स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमका संयोजक सुरज पाठकले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै प्रमुख आतिथी नेफ्स्कुनका सञ्चालक...

    • लोककल्याणकारी साकोसका अध्यक्ष कँडेल उत्कृष्ठ सहकारी अध्यक्ष घोषित

      भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नारायण प्रसाद कँडेल उत्कृष्ठ सहकारी अध्यक्ष घोषित हुनु भएको छ । ६५औं सहकारी दिवसको अवसरमा भरतपुर महानगरपालिकाले आइतबार आयोजना गरेको सहकारी दिवस समारोहमा लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कँडेललाई उत्कृष्ठ सहकारी अध्यक्ष घोषणा गरि प्रशंसा पत्रद्धारा सम्मान गरिएको हो । भरतपुर महानगरपालिकामा आयोजित सो कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सहकारीका अध्यक्ष कँडेललाई प्रशंसापत्र हस्तान्तरण गर्नु भएको हो । प्रशंसापत्र ग्रहण पछि प्रतिक्रिया दिँदै अध्यक्ष कँडेलले भरतपुर महानगरपालिकाद्धारा गरिएको उक्त सम्मानले आगामी दिनमा झनै क्रियाशिल र जिम्मेवार बन्न प्रेरणा मिलेको वताउनु भयो ।

    • भरतपुर ४ मा नेपाली काँग्रेसका रघुनाथ सापकोटाको उम्मेदवारी घोषणा

      भरतपुर/नेपाली कँग्रेसका युवा नेता रघुनाथ सापकोटाले आगामी वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर ४ को वडा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । चुनावमा आकांक्षीहरुले दावी प्रस्तुत गर्ने सवालमा शनिबार नेपाली काँग्रेस चितवनको कार्यालय कमलनगरमा नाम दर्ता गराएर उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणासंगै उम्मेदवार सापकोटाले भोट माग्नको लागि चुनावी घरदैलो अभियानलाई समेत तिब्रता दिनु भएको छ । नेपाली काँग्रेसको अवस्था वलियो रहेको उक्त वडामा अघिल्लो पटक भएको स्थानीय तहको चुनावमा प्राविधिक कारणले गर्दा काँग्रेसले हार व्यहोर्नु परेको वताउँदै उहाँले यस पटक काँग्रेसको जित निश्चित भएको दावी गर्नुभयो । योग्य, कर्मठ, भ्रष्टाचार बिरोधी, निडर व्यक्तीको...

    • भरतपुर १३ मा माओवादी केन्द्रको घरदैलो

      भरतपुर/चितवनको थवाङको रुपमा चिनिने भरतपुर माहानगरपालिका वडा न १३ मा नेकपा (माओबादी केन्द्र) को चुनाव केन्द्रित घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र भरतपुर १३ वडा समितिद्धारा आयोजित घरदैलो कार्यक्रम नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य यम बाहादुर परियार इन्द्रजितले वडा समिति अध्यक्ष सुदिप सुबेदीलाई झन्डा हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो । घरदैलो तथा जन भेटघाट कार्यक्रममा बागमती प्रदेश समिति सदस्य गोपाल कृष्ण न्यौपाने, भरतपुर माहनगर कोषाध्यक्ष हरिशचन्द्र सुबेदी लगायतका नेता तथा सयौको संख्यामा कर्याकर्ता तथा जन समुदायको उपस्थिति रहेको थियो । कार्यक्रम पार्टी सम्पर्क कार्यलयबाट शुरु भएर उज्ज्वलनगरका विभिन्न भागमा घर दैलो गर्दै पुन सम्पर्क कार्यालयमा आएर...

    • भरतपुर १३ मा माओवादी निकट जनवर्गिय संगठनको भेला

      भरतपुर/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर १३ कमिटिद्वारा शनिबार विभिन्न जन वर्गीय संगठनहरुको भेला सम्पन्न भएको छ । जनवर्गीय संगठनहरु योङ्ग कम्युनिष्ट लिग, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र नेपाल दलित मुक्ति मोर्चाको संयुक्त भेला नेकपा माओवादी केन्द्र भरतपु १३ का अध्यक्ष सुदिप सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा वागमती प्रदेश श्रम तथा रोजगार मन्त्री घनश्याम दाहाल (अविनाश) प्रमुख अतिथी रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्रका केद्रिय सदस्य यम ब. परियार (ईन्द्रजित), जिल्ला समन्वय समिति सचिव द्रोण शिवाकोटी, प्रदेश कमिटी सदस्य तथा क्षेत्र न ३ ’ख’ ईन्चार्ज गोपाल न्यौपाने लगायतको सहभागिता रहेको थियो । उक्त...

    • सगुन सहकारीको अध्यक्षमा मञ्जु भट्ट पाण्डे निर्वाचित

      सन्तोष देवकोटा भरतपुर/नारायणगढ स्थित सगुन वचत तथा ऋण सहकारी सस्थाको पाँचौ अधिवेशनवाट अध्यक्षमा मञ्जु भट्ट पाण्डे निर्वाचित हुनु भएको छ । नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा पाण्डेले ४१६ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिद्धन्द्धी माधव प्रसाद पौडेलले ३१४ मत प्राप्त गर्नु भएको थियो । पाण्डे अध्यक्षमा निर्वाचित भएसंगै सहकारीले महिला नेतृत्व पाएको छ । यसैगरी सहकारीको उपाध्यक्षमा महेश कुमार पौडेल, सचिवमा माधव अर्याल, सहसचिवमा रामकृष्ण अर्याल, कोषाध्यक्षमा गंगादेवी भट्टराई, सहकोषाध्यक्षमा लोकनाथ पौडेल, सदस्यहरुमा रिता ढकाल, एक प्रसाद लामिछाने, रामकृष्ण पौडेल, भिम भण्डारी, निर्मला पौडेल, रुद्र सुवेदी, कालिका प्रसाद पण्डित रहनु भएको छ । यसैगरी अधिवेशनले प्रेम प्रसाद...

    • गंगानगर माविका विद्यार्थीलाई व्यवहारिक ज्ञान

      भरतपुर/भरतपुर १३ स्थित गंगानगर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरगत व्यवहारिक ज्ञानको कक्षा संचालन गरिएको छ । शिवरात्रीको अवसर पारेर होस्टेलमा वसेका एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई पाठ्यक्रम भन्दा वहिरको ज्ञान दिने उदेश्यले व्यवहारिक ज्ञानको कक्षा संचालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले जानकारी दिनुभयो । सो अवसरमार विद्यार्थीहरुलाई कार्यपालिका, व्यवस्थापिका, निर्वाचन प्रणाली (समानुपातिक तथा प्रत्यक्ष) को व्यवहारिक ज्ञान दिने उद्देश्यले, निर्वाचन आयोग, राजनीतिक पार्टी, चुनाव चिन्ह, समानुपातिक तथा प्रत्यक्ष चुनावी प्रक्रिया, मतदान, मतगणना, संसदको बैठक, सभामुख र प्रधानमन्त्रीको नियुक्ति तथा निर्वाचन प्रक्रिया, मन्त्रीपरिसद् तथा त्यसको वैठक लगायतका विषयहरु विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल