• स्थापना दिवसमा रोटरी करुणालयलाई सहयोग

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा शुक्रवार देवघाटमा संचालित रोटरी करुणालय (वृद्धाश्रम)मा खानासहित आर्थिक सहयोग गरेको छ । क्लवले करुणालयमा एक छाक स्पेशल खाना वरावरको दश हजार र थप ५० हजारसहित कुल ६० हजार रुपैया आर्थिक सहयोग गरेको हो । रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र पिया प्रमुख अतिथी रहनु भएको सहयोग हस्तान्तरण कार्यक्रम रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमा क्लवका सचिव गोपाल भट्टराईले यहि बैसाख १ गते देखि लागू हुने गरि रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालयलाई प्रतिदिन ५० रुपैयाको...

    • लिटिल च्याम्प कम्पीटिसन सम्पन्न

      भरतपुर/ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउस भतरपुर १० को आयोजनामा चितवन लिटिल च्याम्प कम्पिटिसन २०७९ सम्पन्न भएको छ । ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउसकी प्रवन्ध निर्देशक रिता लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा युवा व्यवसायी रुविन रामुदामु प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी रामुदामुले यस्ता खालका प्रतियोगिताले वालवालिकाको क्षमता विकासमा सहयोग पुग्ने वताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा जोड दिन आग्रह गर्नु भयो । ३० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रेमवस्ती माध्यमिक विद्यालयका आरव धामी विजयी (वीनर) हुनु भएको छ । यसैगरी स्मल हेभनमा श्रेया अग्रवाल फस्ट रनरअफ, अर्किड स्कुलका आरोही यादव सेकेण्ड रनरअफ र अर्किड स्कुलकै...

    • जलदेवी सामुदायिक बनको डढेलो नियन्त्रण

      भरतपुर/चितवनकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित जलदेवी सामुदायिक वनमा लागेको आगो (डढेलो) शनिबार राति अवेर नियन्त्रणमा आएको छ । शनिवार दिउँसो करिव ६ वजेतिरवाट लागेको डढेलो आपटारी स्थित शसस्त्र प्रहरी वलको सहायतामा नियन्त्रण गरिएको जलदेवी सामुदायिक वन उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिनुभयो । जंगली जनावर र पंक्षीको चोरि सिकारीमा संलग्नहरुले डढेलो लगाएको सामुदायिक वनको अनुमान रहेको छ । साँझ ६ वजेदेखि नियन्त्रणको प्रयास भएपनि राती १० वजे मात्र पुर्ण रुपमा डढेलो नियन्त्रणमा आएको बनका कार्यवाहक अध्यक्ष अर्यालले वताउनु भयो । डढेलो नियन्त्रण लगायतका प्राकृतिक प्रकोपवाट हुने धनजनको क्षती न्यूनिकरण र प्रकोपमा परेकाहरुको उद्धारमा शसस्त्र प्रहरी वलको...

    • अन्तर रोटरी मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ गैंडाकोटको आयोजनामा शनिबार क्षेत्रपुरमा अन्तर रोटरी क्लव फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रोटरी क्लव अफ रत्ननगर प्रथम, रोटरी क्लव अफ पुर्वी चितवन द्धित्तीय, रोटरी क्लव अफ भरतपुर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धित्तीय र तृतीय हुने टिमलाई कप, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको आयोजक सस्था रोटरी क्लव अफ गैंडाकोटका अध्यक्ष डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । अन्तर रोटरी क्लव फुटसल एवं नववर्ष २०७९ को अवसरमा आयोजित फेलोसिप कार्यक्रम प्रमुख अतिथी एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र पियाले उद्घाटन गर्नु भएको थियो । रोटरी क्लव अफ गैडाकोटका...

    • होटल संघ चितवनको शुभकामना आदान प्रदान, सम्मान तथा क्यालेन्डर विमोचन

      भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनको आयोजनामा उद्योग वाणिज्य संघ चितवनका निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान, नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान एवं भित्तेपात्रो (क्यालेन्डर) विमोचन कार्यक्रम सम्पन्न भएको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले समृद्ध मुलुक निर्माणको लागि राज्यले पर्यटन क्षेत्रको प्रवद्र्धनमा जोड दिनु पर्ने वताउनु भयो । होटल व्यवसायी महासंघको पहलमा विभिन्न प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी वढाएको जानकारी दिँदै चुकेले वागमती प्रदेशको पर्यटन मन्त्रालयसंग पनि आवश्यक...

    • सफलताको शिखर चुम्दै बालकुमारी कलेज

      जगदीश्वर खनाल शिक्षा समाजको दर्पण हो, चेतनाको पुञ्ज हो । शिक्षाले नै सामाजिक अवस्थाको दिग्दर्शन गराउँछ । समाजको रीतिथिति, जीवनशैली आदिलाई शिक्षाले नै प्रतिबिम्बित गरेको हुन्छ । शिक्षा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक र सांस्कृतिक अवस्थाको द्योतक पनि हो । तसर्थ व्यक्ति, समाज र राष्ट्रको विकासको मूल आधार पनि शिक्षा नै हो । शिक्षाको महत्व र अपरिहार्यतालाई हृदयङ्गम गरी चितवनको मध्यभाग, व्यापारिक केन्द्र, ऋषिमुनिहरुको साधना र ज्ञानले अभिसिञ्चित यस पवित्र ज्ञानभूमि नारायणगढ बजारको केन्द्रबिन्दुमा विसं २०४३ सालमा यस बालकुमारी कलेजको स्थापना भएको हो । छिमेकी जिल्लाहरुको प्रमुख व्यापारिक शैक्षिक केन्द्रका रुपमा रहेको चितवन सबैको गन्तव्यस्थल बनेको थियो । चितवन जिल्लामा...

    • गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय १० सदस्यीय कार्यदल गठन

      आशिष अधिकारी भरतपुर/आसन्न स्थानीय तहको निर्वाचनका सम्बन्धमा जिल्ला स्थित गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय सयन्त्रको बैठकले १० सदस्यीय नया कार्यदल गठन गरेको छ । शुक्रबार नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यलय कमलनगरमा बसेको सयन्त्रको बैठकले हरेक दलबाट २/२ जना रहने गरि १० जनाको कार्यदल गठन गरिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न बैठकले शुक्रबार गठन भएको कार्यदलले शनिबार दिउँसो १२ बजे सम्म एउटा खाका बनाएर गठबन्धनका दलहरुका बिचमा प्रस्तुत गर्ने निर्णय भएको छ । बैठकमा नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र चितवनका सयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत...

    • मार्गदर्शन उत्कृष्ट साकोस र उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषित

      भरतपुर/भरतपुर महानगरपािलकाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुर १६ स्थित मार्गदर्शन बचत तथा ऋण सहकारी सस्थालाई उत्कृष्ट सहकारी र सोहि सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपक गौतमलाई उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषणा गर्दै प्रशंसापत्रद्धारा सम्मान गरेको छ । भरतपुर महागरपालिकामा सहकारीको नीति, विधि, सिद्धान्त र आधुनिक प्रविधिमा संचालित समुदायमा आधारित सहकारी मार्गदर्शन बचत तथा ऋण सहकारी सस्थालाई भरतपुर महानगरले एक औपचारिक कार्यक्रमका विच महानगरको उत्कृष्ट साकोस घोषणा गरी सम्मान गरेको हो । सोही अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमलाई महानगरको उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषणा गरी सम्मान गरेको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुर महानगरपालिकाले...

    • जेष्ठ शेयर सदस्यलाई सम्मान गर्दै अथर्वको स्थापना दिवसमा आयोजित सप्ताहव्यापी कार्यक्रम सकियो

      भरतपुर/जेष्ठ शेयर सदस्यलाई सम्मान गर्दै भरतपुर ११ मालपोत चोक स्थित अथर्व बचत तथा ऋण सहकारी सस्थाको स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्र समापन भएको छ । सहकारीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि ७५ वर्ष माथिका ३३ जना शेयर सदस्यहरुलाई सम्मान गर्दै सप्ताहव्यापी कार्यक्रमको समापन गरेको हो । नेफ्स्कुनका सञ्चालक बिद्या कोईराला तथा साकोसका अध्यक्ष बिजया भण्डारी लम्सालले उहाँहरुलाई दोसल्ला ओडाई सम्मान गर्नु भएको थियो । जेष्ठ शेयर सदस्यहरुलाई च्यावनप्रास, बिष्कुट र कप हस्तान्तरण गरि सम्मान स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमका संयोजक सुरज पाठकले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै प्रमुख आतिथी नेफ्स्कुनका सञ्चालक...

    • लोककल्याणकारी साकोसका अध्यक्ष कँडेल उत्कृष्ठ सहकारी अध्यक्ष घोषित

      भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नारायण प्रसाद कँडेल उत्कृष्ठ सहकारी अध्यक्ष घोषित हुनु भएको छ । ६५औं सहकारी दिवसको अवसरमा भरतपुर महानगरपालिकाले आइतबार आयोजना गरेको सहकारी दिवस समारोहमा लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कँडेललाई उत्कृष्ठ सहकारी अध्यक्ष घोषणा गरि प्रशंसा पत्रद्धारा सम्मान गरिएको हो । भरतपुर महानगरपालिकामा आयोजित सो कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सहकारीका अध्यक्ष कँडेललाई प्रशंसापत्र हस्तान्तरण गर्नु भएको हो । प्रशंसापत्र ग्रहण पछि प्रतिक्रिया दिँदै अध्यक्ष कँडेलले भरतपुर महानगरपालिकाद्धारा गरिएको उक्त सम्मानले आगामी दिनमा झनै क्रियाशिल र जिम्मेवार बन्न प्रेरणा मिलेको वताउनु भयो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल