• नारायणी बहुप्राविधिक शिक्षालयमा नयाँ प्रमुखद्धारा पदभार ग्रहण

      सन्तोष देवकोटा भरतपुर/प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटी) नारायणी बहुप्राविधिक शिक्षालयमा हालै मात्र सरुवा भई आउनु भएका नयाँ शिक्षालय प्रमुख सरिता रेग्मीले शुक्रबार आफ्नो पदभार ग्रहण गर्नु भएको छ । सिटिईभिटीको केन्द्रिय कार्यालय अन्तरगत तालिम शाखामा कार्यरत भरतपुर २६ निवासी रेग्मीले शिक्षालय प्रमुखको पदभार ग्रहण गर्दै गुणस्तरीय प्रविधिक शिक्षामा विशेष जोड दिने वताउनु भयो । शिक्षालयमा शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि शिक्षालयमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुले नवनियुक्त शिक्षालय प्रमुख रेग्मीलाई स्वागत गरेको थिए । शिक्षालयमा कार्यरत केहि कर्मचारीको विरोधका वावजुद नवनियुक्त शिक्षालय प्रमुख रेग्मीले आफ्नो पदभार ग्रहण गर्नु भएको हो । पुरानो शिक्षालय प्रमुखलाई सिटिइभिटिले अन्यत्र...

    • होटल व्यवसायी संघ चितवनको व्यक्तित्व विकास एवं उद्घोषण तालिम सुरु

      सन्तोष देवकोटा भरतपुर/होटल व्यवसायी संघ–चितवनको आयोजनामा मंगलबार देखि सात दिने व्यक्तित्व विकास एवं उद्घोषण तालिम सुरु भएको छ । जिल्ला स्थित होटल व्यवसायीहरुको क्षमता एवं व्यक्तित्व विकास गरि औपचारिक कार्यक्रम संचालनको साथै उद्घोषण कला सिकाउने उदेश्यले तालिम आयोजना गरिएको होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो । तालिममा संचारकर्मी मनोज पन्तले सहजिकरण गर्नु भएको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा प्रमुख अतिथी रहन् भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले पछिल्लो समय व्यक्तित्व विकास र उद्घोषण...

    • फेरि रत्ननगर महोत्सवको तयारी, कोरोना संक्रमणको जोखिम टरेकै हो र ?

      भरतपुर/कोरोना संक्रमणको जखिम वढ्दै गए पछि चितवनमा आयोजित विभिन्न मेला महोत्सव स्थगित भएका थिए । कोरोना संक्रमण वावजुद चितवन महोत्सव उद्घाटन भयो भने पुर्वी चितवनमा आयोजना भएको रत्ननगर महोत्सव उद्घाटन नै हुन पाएन । जिल्ला प्रशासन कार्याल चितवनले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत पुस अन्तिम साता मेला महोत्सव बन्द गराएको थियो । ओमिक्रोन नामक कोरोना भाइरसको पछिल्लो भेरियन्ट फैलिन चितवन महोत्सवले पनि थप मद्धत गरेको भन्ने आरोप लागिरहेको अवस्थामा फेरि रत्ननगर महोत्सवको तयारी थालिएको छ । अहिले पनि कोरोना संक्रमणको जोखिम उत्तिकै छ । कोरोना संक्रमणकालकै अवस्थामा पुनः रत्ननगर महोत्सवको तयारी थालिनुलाई चासोको रुपमा हेरिएको छ । कोरोना...

    • शिक्षालय प्रमुखको सरुवाप्रति कर्मचारी संघ इकाई समितिको आपत्ति

      सन्तोष देवकोटा भरतपुर/प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटी) नारायणी बहुप्राविधिक शिक्षालय कर्मचारी संघ इकाईले शिक्षालय प्रमुखको सरुवा प्रति आपत्ति जनाएको छ । इकाई समितिका अध्यक्ष सुरेन्द्र पुडासैनीले आइतवार एक विज्ञप्ति जारी गरि सिटिइभिटी अन्तरगतको आंगिक शिक्षालय नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर चितवनका कार्यालय प्रमुख ईश्वर चन्द्र घिमिरेलाई परिषद् कार्यालयले अप्रत्यासित रुपमा नियम विपरित सरुवा गरेको भन्दै आपत्ति जनाउनु भएको हो । सामान्यतय दुई वर्ष कार्यकाल पुरा नभई कर्मचारी सरुवा गर्न नपाईने परिषद् कर्मचारी सेवा शर्त सम्बन्धी विनियमको वर्खिलाप हुने गरि कार्यालय प्रमुखको सरुवा गरिएको वताउँदै विज्ञप्तीमा सरुवाको निर्णय तत्काल बदर गर्न आग्रह गरिएको छ । निर्णय बदर नभए चरणवद्ध...

    • जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन

      भरतपुर/२७ औ जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) भरतपुर माहानगरपालिका वडा समिति १३ को आयोजनामा उज्वल चोकमा दीप प्रज्वलन कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रममा नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य एबम चितवन जिल्ला संयोजक एम बहादुर परियार(इन्द्रजीत)ले दीप प्रज्वलन गरि उद्घाटन गर्नु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र भरतपुर वडा नं. १३ का वडा समिति अध्यक्ष सुदिप सुबेदीले माओबादी जनयुद्धको बलमा प्राप्त उपलब्धिको चर्चा गर्दै आजको ऐतिहसिकताको बारेमा बताउनुभएको थियो । सचिव टंक बस्तोलाले संचालन गर्नु भएको कार्यक्रममा जिल्ला सल्लाहाकार, माहानगर समिति सदस्यहरु बिभिन्न जनबर्गीय संगठनका सदस्यहरु साथै स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

    • तुलसी क्षेत्रीको ‘मोहनी फुकाई देउ’ बजारमा

      भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ“ बजारमा आएको छ । क्षेत्रीको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ । तुलसी क्षेत्रीको यो लोक तथा दोहोरी गीत मायाप्रेममा केन्द्रीत रहेको छ । एक अर्काको रुप, सुन्दरता, बोली, व्यवहार र आनीबानीले मोहनी लगाएकोले मोहनी फुकाई देउ भन्दै गीतमा अनुनय बिनय गरेका छन् । गायक गायिका सङ्गै अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ । गीत र गीतको भिजुयल निकै दमदार बनेको आम दर्शकको भनाई...

    • समाजसेवीको संझानामा अक्षयकोष स्थापना

      गीतानगर/यमतिलसीता स्मृति प्रतिष्ठान चितवनले दुई जना समाजसेवीहरुको संझनामा आयआर्जन कार्यक्रम अन्तरगत अक्षयकोष स्थापना गरेको छ । मंगलवार देव आदर्श वचत तथा ऋण सहकारी सस्थाको कार्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा सो अक्षयकोष स्थापना गरिएको हो । सो अवसरमा प्रतिष्ठानका तर्फवाट संरक्षक ध्रुवराज मिश्र र सहकारीको तर्फवाट उपाध्यक्ष प्रकाश गुरुङले अक्षयकोषको संझौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो । तत्कालिन भरतपुर नगरपालिकाका मेयर स्व. मुक्तिलाल चुके र तत्कालिन भरतपुर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष स्व. भक्तिप्रसाद तिमल्सेनाको संझनामा प्रतिष्ठानका संरक्षक ध्रुवराज मिश्रले आफ्नो ४९ औं जन्मदिनको अवसरमा एक लाख ४९ रुपैयाँ वरावरको अक्षयकोष स्थापना गर्नु भएको हो । उक्त कार्यक्रममा...

    • चितवन चनौली सितभण्डार सहकारीको साधारणसभा सुरु

      भरतपुर/भरतपुर १८ स्थित चितवन चनौली सितभण्डार सहकारी सस्था लि.को नवौं वार्षिक साधारणसभा मंगलवार सस्थाको कार्यालयमा सम्पनन भएको छ । सस्थाको साधारणसभाको उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य रामकृण घिमिरे प्रमुख अतिथी रहनु भएको थियो । तीन दिनसम्म चल्ने साधारणसभामा बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र विहीबार वागमती प्रदेशका मन्त्री मिलनवावु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने कार्यतालिका रहेको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा सहकारीका अध्यक्ष सुर्यमणी पौडेलले भावि कार्ययोजनासहित सस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन जिल्ला सहकारी संघका पुर्व अध्यक्ष एवं वागमती प्रदेश कोषाध्यक्ष टिकाराम भट्टराई, चितवन चनौली सितभण्डार सहकारीका निवर्तमान अध्यक्ष तीर्थराज...

    • पिपिआर विरुद्ध खोप अभियानबारे अन्तरक्रिया

      भरतपुर/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको आयोजनामा आइतवार भरतपुरमा स्थानीयतह एवं सरोकारवालाहरुवीच अन्तरक्रिया गरेको छ । चितवनसहित बागमती प्रदेशभर यहि माघ २५ गते देखि संचालन हुने पिपिआर रोग विरुद्धको खोप अभियान अन्तरगत चितवनमा कसरी अभियान प्रभावकारी वनाउने भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल एवं अन्तरक्रिया गरिएको हो । कार्यक्रममा चितवनका विभिन्न स्थानीय तहका पशुपन्छी शाखाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै स्थानीय तहका प्रतिनिधिहरुले उक्त कार्यक्रम सम्पुर्ण अधिकारसहित सिधै पालिकालाई संचालन गर्न दिनुपर्ने वताएका थिए । वागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध खोप अभियान संचालन गर्ने भएसंगै चितवनमा आवश्यक तयारी...

    • सरस्वती पुजाको अवसरमा शैक्षिक सामाग्री वितरण

      भरतपुर/भरतपुर १९ स्थित किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयको कक्षा नर्सरी र केजीमा अध्यायनरत ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । दाताहरुको सहयोगमा विद्यालयले सरस्वती पुजाको अवसरमा आइतवार विद्यार्थीहरुलाई व्याग र स्टेशनरी सामाग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले जनाकारी दिनुभयो । विद्यार्थीहरुको अध्यायनमा थप हौसला मिलोस् भन्ने हेतुले वेलावखतमा यस्ता कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि दाताहरुको खोजि गरि कार्यक्रमलाई निरन्तरता दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोण बहादुर गुरुङले जानकारी दिनुभयो । उक्त कार्यक्रममा व्याग सौजन्य गर्ने न्यू लता रेडिमेट व्याग उद्योगका प्रोपाईटर पुर्णचन्द्र सोडारी र राममायाँ सोडारीले विद्यालयमै उपस्थित भएर विद्यार्थीहरुलाई व्याग वितरण गर्नु...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल