• चितवन अटोमोवाइल्स एसोसिएशनको साधारणसभा सम्पन्न

      भरतपुर/जिल्ला स्थित अटोमोवाइल्स व्यवसायीहरुको छाता संगठन चितवन अटोमोवाइल्स एसोसिएशनको १९ औं साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले मुलुकको आर्थिक विकासमा अटोमोवाइल्स व्यवसायीको भूमिका महत्वपुर्ण भएको वताउनु भयो । कुनै पनि व्यवसायलाई व्यवस्थित र मर्यादिन वताउनु सम्वन्धित व्यवसायीहरुको विचमा एकता आवश्यक रहेको वताउँदै उहाले राज्यले पनि व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो । राज्यले व्यवसायीलाई विभिन्न खालका सहुलियतको व्यवस्था गरि दिगो रुपमा व्यवसाय गरि रोजगारी सृजना गर्नु पर्ने उहाको भनाई थियो । कार्यक्रममा एसोसिएशनका सचिव राजेन्द्र...

    • जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण

      भरतपुर/जेष्ठ नागरिक संघ चितवनको आयोजना र भरतपुर महानगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा शनिबार भरतपुरमा जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । कार्यक्रममा करिव एक सय ५० जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार नाथ तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का अध्यक्ष अरुण पीडित भण्डारी प्रमुख अतिथी रहनु भएको थियो । निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी भण्डारीले भरतपुर १० वडा कार्यालयले हरेक वर्ष जेष्ठ नागरिकलाई सम्मान गर्ने गरेको जानकारी दिँदै यस वर्ष पनि जेष्ठ नागरिकको सम्मानमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम...

    • आणबिक अस्त्र विरुद्ध भरतपुरमा प्रदर्शन

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितबन शाखाले आणबिक अस्त्रको विरुद्धमा बिहीबार भरतपुर स्थित चौविसकोठीमा प्रदर्शन गरेको छ । ७२ औ मानव अधिकार दिबस (१० डिसेम्बर÷२५ मंसिर )को अवसरमा आणबिक अस्त्र बिरुद्धको प्रदर्शनी गरिएको हो । कार्यक्रम मा ६० भन्दा बढि शान्तिवादीहरु सहभागि थिए । कार्यक्रममा प्रमुख बक्ता एवं समाजका केन्द्रिय सचिब बाबुहरि आचार्य, नेपाल प्राध्यापक संघका पूर्ब महासचिब प्रकाश अधिकारी, सामाजिक अभियन्ता शालिकग्राम शर्मा, नेपाल शिक्षक महासंघका पूर्ब केन्द्रिय सचिब धुब्रराज पोखरेल, अधिकारकर्मी राजेन्द्र पौडेल लगायतले आणबिक अस्त्रको बिरुद्धमा धारणा राख्नु भएको थियो । कार्यक्रम सचिब दयानिधि अर्यालले संयोजन गर्नु भएको थियो ।

    • मानवअधिकार संजालद्धारा स्वास्थ्य सुरक्षा बारे अनुगमन

      भरतपुर/७२ औ विश्व मानव अधिकार दिवसको अवसरमा मानव अधिकार संजाल चितवनले जिल्ला अन्तर्गत सामुदायिक बिद्यालय र सरकारी सेबा प्रदायक कार्यालयको अनुगमन गरेको छ । कोभिड १९ को महामारी बिच सेबा प्रदायक संस्थाले कसरी सेबा प्रवाह गरेका छन्, स्वास्थ मापदण्डको कस्तो ब्यबस्था मिलाएका छन् भनेर अनुगमन गरिएको मानव अधिकार संजाल चितवन संयोजक राजेन्द्र पौडेलले जानकारी दिनुभयो । सामुदायिक बिद्यालयमा मास्क र सेनिटाइजरको प्रबन्ध मिलाइएको, भौतिक दुरि कायम गरिएको र कक्षा संचालन दुई सिफ्ट गरि सेवा दिएको पाइयो जानकारी दिँदै संयोजक पौडेलले सरकरी सेबा प्रदायक कार्यालयमा भने न्युनतम स्वास्थ मापदण्ड पूरा नगरिएको, सेनिटाइजर वा हात धुने ब्यबस्था नमिलाएको मास्कको प्रयोग पनि...

    • हंसको टाँडी सेवाकेन्द्रको इकाई बैठक सुरु

      भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा अन्तर्गत विभिन्न चरणमा हुने इकाई वैठकहरु मध्ये बुधबार एक औपचारीक कार्यक्रम गर्दै टाँडी सेवाकेन्द्र अन्र्तगतका शेयर सदस्यहरुको इकाई वैठक सुरु भएको छ । संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं रत्ननगर नगरपालिका वडा नं १० का अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक संदेश पाठकले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शारदा शर्मा पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा संचालक समितिका उपाध्यक्ष बाबुराम अधिकारी, लेखा समिति संयोजक गोविन्द प्रसाद पौडेल, लेखा सदस्य कृष्णहरि तिमल्सेना, ऋण उप समिति सदस्य सूर्य बराल,...

    • पर्यटन प्रर्वद्धनको लागि होटल व्यवसायीसंग छलफल

      भरतपुर/होटल व्यवसायी मंहासघ नेपालका प्रतिनिधिहरुको सहभागितामा सोमबार वुटवलमा पर्यटन सम्वन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्विनीको पर्यटन प्रवद्धनको संभावना र चुनौतीको वारेमा छलफल गरिएको थियो । मुलुकको आयआर्जनको मुख्य श्रोतको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले वताउनु भएको थियो । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाह, वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, सह–कोषाध्यक्ष मोदनाथ बेल्बासे, केन्द्रिय सदस्य नारायण सेन तथा होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ पाल्पाका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको सहभागिता रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभासद बिष्णु प्रसाद पंन्थीले समग्र कपिलवस्तु जिल्लाको आन्तरिक पर्यटन पवद्र्धन तथा सम्वदनका निम्ति...

    • फोर्ब्स कलेजले निशुल्क आई.टी. तालिम संचालन गर्ने

      भरतपुर/टेक्निकल विषय अध्यापनको अग्रणी शैक्षिक सस्था फोर्ब्स कलेज भरतपुर -२, क्षेत्रपुरले कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै आई.टी. सम्वन्धि निशुल्क तालिम संचालन गर्ने भएको छ । मंसिर २२ गतेवाट सुरु हुने निशुल्क तालिमको सम्पुर्ण तयारी पुरा भएको कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो । तालिम कार्यक्रममा ए प्लस, नेटवर्कीङ एण्ड साईबर सेक्युरिटी, सि सि एन ए लगायतका विषयमा प्रशिक्षण दिईने जानकारी दिँदै प्राचार्य पाठकले कलेजका शिक्षक तथा सोहि कलेजमा अध्ययनरत सिसिएनए सर्टिफाइड विद्यार्थीहरुले तालिम दिने वताउनु भयो । व्याचलर इन होटल म्यानेजमेन्ट र व्याचलर अफ कम्पुटर साईन्स, नेटवर्क टेक्नोलोजी एण्ड साईबर सेक्युरिटी विषयमा पढाई हुँदै...

    • हंस सहकारीको साधारणसभा अन्तरगत इकाई वैठक सुरु

      भरतपुर/नारायणगढ स्थित हंस वहुउदेश्यीय सहकारी सस्था लिमिटेडको १७ औं साधारणसभाको कार्यक्रम सुरु भएको छ । विश्वभर फैलिएको कोभिड १९ को कारण एकै दिन सवै शेयर सदस्यहरुलाई वोलाएर साधारणसभा गर्ने अवस्था नभएपछि सहकारीको साधारणसभा इकाईगत रुपमा गर्न लागिएको हो । आइतबारबाट सुरु भएको साधारणसभाको कार्यक्रम आगमी २७ गते समापन गर्ने कार्यक्रम रहेको छ । विभिन्न ३६ वटा इकाई वैठक मार्फत प्रतिनिधि छनौट गरि आगामी २७ गते प्रतिनिधिहरुको सहभागितामा साधारणसभाको समापन गरिने सहकारीका व्यवस्थापक श्यमवन्धु पोखरेलले जनाकारी दिनु भयो । साधारणसभा अन्तरगत इकाई वैठक उद्घाटन कार्यक्रममा भरतपुर वडा नं १ का कार्यवाहक वडा अध्यक्ष यमबहादुर मगर प्रमुख अतिथी रहनु भएको थियो...

    • आदर्श बचतको साधारणसभा सकियो

      भरतपुर/भरतपुर स्थित आदर्श बचत तथा ऋण सहकारी सस्था लिको २३ औ वार्षिक साधारणसभा आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन र आगामी नयाँ कार्यक्रम तथा योजना पास गर्दे बिहीबार सम्पन्न भएको छ । यहि मंसिर १२ गतेबाट सुरु भएको साधारणसभा क्षेत्रीय रुपमा सुझाब संकलन गर्दै सम्पन्न भएको हो । साधारणसभाको पहिलो दिन मंसिर १२ गते लक्ष्मि वैंकटेश्वर मन्दिर लंकुमा सुझाब संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य प्रमुख अतिथी रहनु भएको थियो भने विशिष्ट अतिथीमा पुर्व अध्यक्ष मीना खरेल, विष्णुमायाँ पुरी, इन्दु पण्डित, इन्दिरा सुवेदी रहनु भएको थियो । त्यसैगरि दोस्रो दिन १३ गते...

    • पर्यटन प्रवद्र्धनको लागि विमानस्थल विस्तार अपरिहार्यः मन्त्री भट्टराई

      भरतपुर/संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेसकुमार भट्टराईले मध्य नेपालको पर्यटन प्रवद्र्धनको लागि भरतपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताएका छन् । आइतबार भरतपुर महानगरमा आयोजित छलफल कार्यक्रममा उनले भरतपुर विमानस्थल विस्तारको काम सुरु भैसक्यो भन्दै यसलाई सम्पन्न गर्न आइपर्ने असजिला तथा अवरोधहरुलाई व्यवस्थापन गर्दै जानुपर्ने बताए । विभिन्न चरणमा विमानस्थल विस्तारका लागि छलफल र संभाव्यता अध्ययन पूरा गरी निर्माणको निचोडमा पुगिरहेको बताउँदै अध्यक्ष प्रचण्ड, माननीय ज्यूहरु, महानगर प्रमुख रेनु दाहाल तथा आम जनसमुदायको विमानस्थल विस्तार गर्न तीब्र दवाव आइरहेको उनले बताए । उनले अब निर्माण गर्न आइपर्ने समस्याहरू कसरी समाधान गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताए । नेपाली सेनाको ब्यारेक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल