• होटल संघको कार्ययोजना तर्जुमा गोष्ठि सकियो

      भरतपुर/होटल व्यवसायी संघ चितवनको दुई दिने योजना तर्जुमा गोष्ठि सकिएको छ । गोष्ठिले अनुमानित खर्च सहित आर्थिक वर्ष २०७७÷७९ कार्यकालमा गर्ने विभिन्न कार्यक्रम निर्माण गरेको छ । गोष्ठिले उक्त आर्थिक वर्षमा संघका सदस्यहरुको क्षमता र दक्षता विकाससंगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्ययोजना गोष्ठिमा जिल्ला र इकाई स्तरका कार्यक्रम तर्जुमा गरिएको होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ इकाइका अध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो । गोष्ठिले आर्थिक वर्ष २०७७/७९ मा व्यवसायीको व्यक्तित्व एवं क्षमता विकास, होटलजन्य फोहर व्यवस्थापन, जनचेतनामुलक कार्यक्रम, व्यवसाय प्रवद्र्धनको लागि विविध कार्यक्रम, रक्तदान, सरसफाईलगायतका कार्यक्रम गर्ने निर्णय गरेको होटल व्यवसायी संघ चितवन अन्तरगत...

    • होटलसंघको दुई दिने कार्ययोजना गोष्ठि सुरु

      सन्तोष देवकोटा भरतपुर/होटल व्यवसायी संघ चितवनको दुई दिने योजना तर्जुमा गोष्ठि शुक्रबारवाट माडीमा सुरु भएको छ । संघको आर्थिक वर्ष २०७७÷७९ कार्यकालको लागि आयोजना गरिएको कार्ययोजना तर्जुमा गोष्ठि उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले उद्योग व्यवसाय प्रवद्र्धनको लागि गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने वताउनु भयो । अर्थतन्त्रले राजनीतिलाई डो¥याउन पर्नेमा जोड दिँदै पौडेलले पर्यटन उद्योगमा होटल व्यवसायको महत्वपुर्ण भूमिका रहेको वताउनु भयो । उद्योगी व्यवसायीको हक हितको लागि आफु सदैव लागिपर्ने वताउँदै उहाले व्यवसायीहरुका विचमा एकता अपरिहार्य रहेको वताउनु भयो । कार्यक्रमका विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं...

    • होटलको स्तरिकरणले व्यवसायी उत्साहित

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले विभिन्न मापदण्डको आधारमा जिल्लाका होटललाई स्तरिकरण गरेपछि होटल व्यवसायमा उत्साह देखिएको छ । गत वर्ष सौराहाका होटल स्तरिकरण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले यसवर्ष नारायणगढका दर्जन वढि होटल स्तरिकरण गरेको थियो । होटलको स्तरिकरण पछि होटल व्यवसायमा उत्साह छाएको होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ वजार इकाईका अध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो । होटलको स्तरिकरण गरेपछि पाहुना (गेष्ट)ले हेर्ने नजर नै परिवर्तन भएको वताउँदै महतोले त्यो भन्दा धेरै होटल व्यवसायी आफैमा अनुशास पैदा भएको दावी गर्नु भयो । पहिले भन्दा होटल व्यवस्थापन, उत्पादिन खाद्यवस्तु र सेवामा गुणस्तर...

    • रोटरी र लायन्सद्धारा छात्रवृत्ति वितरण

      भरतपुर/रोटरी क्लब अफ चितवन र लायन्स क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ ऋषिङ स्थित श्री शिव सरस्वती माध्यमिक विद्यालयमा अध्यायनरत २२ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको ४६ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण गरिएको हो । रोटरी क्लव अफ चितवनले ११ जना, लायन्स क्लव अफ नारायणगढ चित्रवनले ६ जना, वाँकी ५ जनालाई रोटरी क्लव अफ नारायणगढ र धनलक्ष्मी बचत तथा ऋण सहकारी लिमिटेडले छात्रवृत्ति वितरण गरेको रोटरी क्लव अफ चितवनका प्रथम उपाध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनले वितरण गरेको मध्ये पुर्व अध्यक्ष प्रचण्डलाल प्रधानबाट १ जना, पुर्व अध्यक्ष...

    • सुदुरपश्चिमका पर्यटन व्यवसायीलाई चितवनमा स्वागत

      भरतपुर/पर्यटन प्रवद्र्धनको लागि आन्तरिक भ्रमणमा निस्किएको सुदुर पश्चिमका पर्यटन व्यवसायीलाई बुधबार चितवनमा एक कार्यक्रमका वीच नारायणगढ स्थित होटल गंगोत्रीमा स्वागत गरिएको छ । देभ भुमी सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ भन्ने मुल नारा सहित अन्तर प्रादेशिक समन्वायत्मक भ्रमण कार्यक्रम अन्तरगत चितवन आइएपुगेको सुदुर पश्चिमका पर्यटन व्यवसायीहरुको टोलीलाई होटल व्यवसायी महासंघको आयोजनामा स्वागत गरिएको हो । महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेसहित पदाधिकारी एवं केन्द्रियसदस्यहरु, चितवन स्थित होटल तथा पर्यटन व्यवसायीहरुले टोलीमा सहभागिहरुलाई पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो । स्वागत एवं छलफल कार्यक्रममा वोल्दै नाटा सुदुर पश्चिमका अध्यक्ष माया प्रकाश भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको देशव्यापी प्रचारप्रसार गर्न...

    • लक्की मिडियाले बार्षिकोत्सव मनाउँदै

      भरतपुर/चितवन स्थित लक्की मिडिया हाउसले आफ्नो पांँचौ बार्षिकोत्सव मनाउने भएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका युवा नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी ल्याण्डमार्कको चितवन सिनेप्लेक्स हलमा मनाउन लागिएको हो । बार्षिकोत्सवको शुभकामना तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथिमा वरिष्ठ कलाकार नीर शाह, यस्तै अन्य कलाकारमा सौगात मल्ल, बिपिन कार्की, रोशनी केसी, चेतबहादुर सिंह ‘राजा’ अतिथिको रुपमा आउनुहुने कार्यक्रम रहेको छ । यस्तै कार्यक्रममा गायिका जुनु गौतम, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यत्तित्व, नेता तथा समाजसेवी लगायतका व्यक्तित्व रहने र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मिडिया हाउसका महाप्रबन्धक हरी कार्की ‘लक्की’ ले जानकारी दिनुभयो । उहांँका...

    • जेष्ठ नागरिक संघको भवन उद्घाटन

      भरतपुर/जेष्ठ नागरिक संघ चितवनको भवनको पहिलो तला मंगलवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उक्त भवनको उद्घाटन गर्नु भएको हो । भवनको पाहिले तला निर्माण गर्दा भरतपुर महानगरको १५ लाख ५६ हजार रुपैयाँ र संघको १ लाख ७३ हजार रुपैयाँ लगानी भएको संघका सचिव भोजराज न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै प्रमुख दाहालले दाहालले जेष्ठ नागरिकलाई समाजको गहना र प्रेरणको रुपमा चर्चा गर्नु भयो । जेष्ठ नागरिकलाई सम्मान गर्न सकेमात्र भानिस भएर वाच्नुको सार्थकता हुने उहाको भनाई थियो । जेष्ठ नागरिकको हरेक समस्यामा आफु सदैव साथमै रहने वताउँदै प्रमुख दाहालले जेष्ठ नागरिकका मागहरु...

    • चितवन रोटरीद्धारा सिलाई मेसिन हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले मंगलबार एक कार्यक्रमका विच नारायणगढ स्थित चमेलीदेवी पिया आधारभूत विद्यालयकी छात्रालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । विद्यालयमा अध्यानको क्रममा आर्थिक अभावले विद्यालय छाडेपछि उक्त विद्यार्थीलाई विद्यालय फर्काउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष चन्द्रमान श्रेष्ठले चितवन रोटरी मार्फत छात्रालाई सिलाई मेसिन हस्तान्तरण गर्नु भएको हो । सोहि विद्यालयवाट कक्षा ८ पास गरेपछि आर्थिक अभाव देखाउँदै विद्यालय छाडेकी छात्रा फरिदा खातुनलाई आय आर्जनमा सहयोग पु¥याएर विद्यालयमा फर्काउने वातावरण वनाउन सिलाई मेसिन हस्तान्तरण गरिएको हो । रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी त्रिपुरेश्वर रोटरी क्लवका...

    • अचार बनाउने तालिम शुरु

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको प्रशिक्षण कक्षमा सोमबार देखी ४ दिने अचार बनाउने तालिम शूरु भएको छ । गृहणि महिला र सम्भावित उद्यमी महिलालाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कुनै औपचारिक शिक्षा, योग्यता तथा अनुभव नभएका महिलाहरुले पनि आफ्नो घरमै वसी आयआर्जन गर्न सक्ने भएको हुनाले तालिमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिलाहरुले बनाएको अचार घरमा मात्र उपभोग नगरि यसलाई व्यवसायीकरण गर्नुपर्ने बताउंदै उत्पादन भएको अचारको बजारीकरणका लागि उद्योग वाणिज्य संघ–चितवनले पूर्ण सहयोग गर्ने बताउनु भयो । सोहि कार्यक्रममा बोल्दै महिला उद्यमी विकास समितिका संयोजक रजनी...

    • विश्व क्यान्सर दिवसको अवसरमा दीप प्रज्वलन

      भरतपुर/विश्व क्यान्सर दिवसको अवसरमा बिहीबार भरपुर स्थित चौविसकोठीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाको आयोजनामा सम्पन्न भएको दीप प्रज्वलन कार्यक्रममा सस्थाका केन्द्रिय उपमहासचिव वद्रीनाथ पोखरेल प्रमुख अतिथी रहनु भएको थियो । सुर्तिजन्य पदार्थ रहित समाजको सिर्जना, हाम्रो परिकल्पना भन्ने मुल नाराका साथ विश्वका क्यान्सर रोगीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरिएको हो । नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति दिनेश कुमार चुकेको अध्यक्षतामा भएको उक्त कार्यक्रम सस्थाका कार्यसमिति सदस्य अर्जुन अधिकारीको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा सस्थाका उपसभापति गोविन्द प्रसाद पौडेल, सचिव हरि पौडेल, सहसचिव रोशन थापा,...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल