• वेमौसमी झरिले २५ सय वढी हेक्टरको धान क्षती

      सन्तोष देवकोटा भरतपुर/यस वर्ष चितवनमा दुई हजार पाँच सय ९१ हेक्टर क्षेत्रफलको वर्खेधान क्षति भएको छ । गत असोज २९ देखि कार्तिक २ गतेसम्म आएको वेमौसमी वर्षाको कारण जिल्लामा सो क्षति भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिनएको छ । कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत उमराज अर्यालले भरतपुर महानगरपालिकामा ४१६ दशमलव ६६ हेक्टर, माडी नगरपालिकामा २५० हेक्टर, रत्ननगर नगरपालिकामा ७०१ दशमलव ३३ हेक्टर, खैरखनी नगरपालिकामा ७२८ दशमलव ६ हेक्टर, राप्ति नगरपालिकामा ३०६ दशमलव ५० हेक्टर, कालिका नगरपालिकामा १४८ दशमलव ६३ हेक्टर र इच्छाकामना गाउँपालिकामा ४० हेक्टर गरि कुल २ हजार ५ सय ९१ दशमलव १८ हेक्टर क्षेत्रफलको धान...

    • लोहनीद्धारा गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि पदमा उमेद्वारी घोषणा

      भरतपुर/सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन जारी छ महाधिवेशन अन्तरगत विभिन्न तहका निर्वाचन हुनेक्रम जारी छ । महाधिवेशन अन्तरगत सफल युवा व्यवसायी सुजन बाबु लोहनीले खुल्ला तर्फवाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि पदमा उमेद्वारी घोषणा गर्नु भएको छ । लमजुङ जिल्ला प्रदेश सभा (ख) वाट प्रतिनिधित्व गर्ने गरि लोहनीले उमेद्वारी घोषणा गरि प्रचारप्रसारलाई तिव्रता दिनु भएको छ । खुल्ला तर्फबाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि पदका उमेद्वार लोहनीलाई बलियो र लोकप्रिय उमेद्वारको रुपमा लिने गरिएको छ । लामो समय देखि पार्टीको काममा क्रियाशिल लोहनीले आगामी निर्वाचनमा आफुलाई अमुल्य मतदान गरि विजयी गराउनु हुन आनुरोध गर्नु भएको छ । चुनाव प्रचारप्रसारको साथै...

    • भरतपुर महानगर प्रमुख रेनु दाहाल र कतारी राजदुतबीच भेटवार्ता, द्विपक्षीय हितको विषयमा छलफल

      भरतपुर/भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलबीच सोमबार शिष्टचार भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो । राजदुत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदुत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताए । भेटका क्रममा नेपाल र कतारबीच आपसीसम्बन्ध कायम भएसँगै दुई देशबीच दुई पक्षीय सहयोग आदानप्रदान...

    • भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने

      भरतपुर/केन्द्रिय अस्पतालको रुपमा रहेको भरतपुर अस्पताल रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने भएको छ । विभिन्न ९ वटा रोटरी क्लवहरुको सक्रियतामा उक्त स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने भएको हो । मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा सोमबार रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको जग पुजा गरिएको छ । जग पूजा गरेसंगै आगामी दिनमा निर्माण कार्यले तिव्रता पाउने रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ वटा रोटरी क्लवको संयुक्त पहलमा उक्त रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुन लागेको हो । रोटरी स्पाइनल इन्जुरी...

    • पन्तद्धारा क्षेत्रीय सहसचिवमा उमेद्वारी घोषणा

      भरतपुर/नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न तहका निर्वाचन हुनेक्रम जारी छ । महाधिवेशन अन्तरगत भरतपुर १२ निवासी कुष्मा कुमारी पन्तले चितवन क्षेत्र नम्वर २ को क्षेत्रीय सहसचिव पदमा उमेद्वारी घोषणा गर्नु भएको छ । लामो समय देखि पार्टीको काममा क्रियाशिल पन्तले आगामी क्षेत्रीय समितिको निर्वाचनमा आफुलाई अमुल्य मतदान गरि विजयी गराउनु हुन आनुरोध गर्नु भएको छ । चुनाव प्रचारप्रसारको साथै मतदाताको घरदैलो अभियानलाई तीव्रता दिएको जानकारी गराउँदै उमेद्वार पन्तले आफ्नो जित सुनिश्चित भईसकेको दावी गर्नुभयो । आफु भाषण भन्दा काममा विश्वास गर्ने उमेद्वार भएको वताउँदै उहाले आगामी मंसिर ६ गते नारायणी नदीकिनार स्थित उद्योग वाणिज्य संघको परिसरमा हुने...

    • भेरिनिका व्यूटी पार्लर नयाँ व्यवस्थापनमा

      भरतपुर/भेरिनिका व्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । विगत लामो समयदेखि सौन्दर्य पेशामा रही काम गर्दै आउनु भएकी दिपिका श्रेष्ठ खड्कीले सो पार्लर अत्याधुनिक एवम् सुविधा सम्पन्न तरिकाले नयाँ व्यवस्थापनमा शुभारम्भ गर्नु भएको हो । नारायणगढस्थित मिलन मार्केट, शहीदचोकमा संचालित उक्त पार्लरमा माइक्रो ब्लान्डडिनेड, आई लेसेस एक्सटेन्सन, फेसियल, थैडिङ, हेयरकटिङ, हाइलाइट, कलर, मेनिकेयर पेडिङ, बेहुला बेहुली मेकअप मेहन्दी सम्बन्धि काम गरिने पार्लरकी सञ्चालिका दिपिका श्रेष्ठ खड्कीले बताउनु भयो । उद्घाटनको एक महिनासम्म २ वटा फेसियलमा एउटा फेसियल फ्रि, हेयर केराटिन प्रोटिनमा हाईलाईटस् फ्रि, नेल एक्सटेन्समा नेल आर्ट फ्रि, पेडिक्युरमा मेनिक्युर फ्रि, २ वटा किलिजिङमा...

    • मानव अधिकार तथा शान्ति समाजको विरोध प्रदर्शन

      भरतपुर/मानव अधिकार तथा शान्ति समाजकाको आयोजनामा शनिबार नारायणगढमा विरोध प्रदर्शन गरेको छ । न्यायालयको शुद्धिकरणका खातिर वर्तमान प्रधानन्यायाधीशको राजिनामा एवं बर्हिगमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार नारायणगढमा विरोध प्रदर्शन गरेको छ । विहान पुल्चोकमा आयोजित प्रदर्शन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सस्थापक सभापति कृष्ण पहाडी, केन्द्रिय सभापति गोविन्द खनाल, केन्द्रिय सचिव बावुहरी आचार्य, जिल्ला सभापति सम्भु राउत लगायत मानव अधिकारको क्षेत्रमा क्रियाशिल सयौं मानिसहरुको सहभागिता रहेको थियो । यसैविच, मानव अधिकार तथा शान्ति समाजको दुई दिवसीय विशेष अभिमुखिकरण कार्यक्रम गैडाकोटमा सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आतिथ्यतामा गैडाकोटमा भएको अभिमुखिकरणमा...

    • ग्राफिकको फेस्टिवल अफर बिजेता पुरस्कार केस्ली ग्रुप प्रा.लि. लाई

      चितवन/भरतपुर–११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.ले सञ्चालन गरेको फेस्टिवल अफर प्रथम बिजेता पुरस्कार केस्ली ग्रुप प्रा.लि. कम्पनीका सञ्चालक बसन्ता पन्थीले प्राप्त गर्नुभएको छ । शुक्रबार अनौपचारिक कार्यक्रम सञ्चालन गरेर आफ्नो अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारण गरी प्रथम, द्वितीय र तृतीय गरी ३ वटा कम्पनीहरुलाई फेस्टिवल अफरको बिजेता घोषणा गरेको हो । केस्ली ग्रुप प्रा.लि. प्रथम, दाङ किनबेच सारथी प्रा.लि. द्वितीय र अम्बर रिजन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. तृतीय भएको कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले बताउनुभयो । गत मिति २०७८ साउन ९ गते देखि कार्तिक ९ गते सम्मको लागि लागु हुने गरि ग्राहकमैत्रि फेस्टीवल अफर सञ्चालन गरिएकोमा यस...

    • सिटिजन लाईफ इन्स्योरेन्सको वार्षिकोत्सवमा अन्तरक्रिया र डस्विन हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/जिवन वीमाको क्षेत्रमा स्थापित सस्था सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिकोत्सव बिहीबार भरतपुरमा विविध कार्यक्रम आयोजना गरि मनाईएको छ । सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाको आयोजनामा भरतपुर ११ स्थित गणेशधाममा जीवन विमा सम्वन्धि अन्तरक्रिया एवं गणेशधामलाई डस्विन र स्यानीटाइजर हस्तान्तरण गरिएको हो । सो अवसरमा गणेशधामलाई १२ वटा डस्विन र दुई थान स्यानिटाइजर वक्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखा प्रमुख गोकर्ण बहादुर कार्कीले जीवन विमाको महत्वको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेश सांसद एवं पुर्व मन्त्री विजय सुवेदीले गणशधाम संरक्षण सम्वद्र्धन समितिका...

    • गीतः स्वर्गीय बहिनीको सझंनामा

      बालकृष्ण खनाल आँगन भरि सयपत्री र मखमली फूले फूलसँगै संझनाका ती पाना पनि खुले । टालाटुली, भाँडाकुटी बालापनका खेलहरू जित्नलाई गरेका ती मिठा मिठा झेलहरू । एकएक गरि मनका तरेलीमा उनिएर आए सम्झीसम्झी रोयो मन आँखा सुनिएर आए । उनी दुखी हुँदा सँगै रून्थे हाँस्दा सँगै हाँस्थे सजाउँला कुनै दिन पुतली झैँ भन्ने रहर साँच्थेँ । उमेर छँदै अनायासै भगवानकी भएर गईन मनका ईच्छा मनमै मर्दा आँखा हुन्छ मईन । अधुरो लाग्छ भाईटिका उनी विना जैले बोलाउँछिन कि तगराबाट लाग्छ मलाई कैले । मनमा सँधै ताजै छ्यौ तिमी जाँहाँ भए पनि याद मात्रै यता छोडी तिमी पर गए पनि...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल