• किवानिज क्लव अफ नारायणीको ‘किवानिज वान डे‘ आदर्श गृहमा

      सन्तोष देवकोटा भरतपुर/बालबालिकाको सुरक्षा र संरक्षणको क्षेत्रमा क्रियाशिल सामाजिक सस्था किवानिज क्लव अफ नारायणीले भरतपुर ४ स्थित आदर्श गृहमा ‘किवानिज वान डे‘ कार्यक्रम गरेको छ । विश्वका ८१ मुलुकमा फैलिएको किवानिज क्लवले शनिबार अक्टोवर २३ का दिन किवानिज डे मनाउने निर्णय अनुरुप किवानिज क्लव अफ नारायणीले पनि असाहाय वालवालिकाहरु संरक्षित आदर्श गृहमा विविध कार्यक्रम गरि किवानिज डे मनाएको हो । सो अवसरमा गृहमा आश्रीत वालिकाहरुको एक छाक खानाको लागि ९ हजार रुपैया हस्तान्तरण गरिएको थियो भने प्रतियोगितात्म प्रश्न उत्तर कार्यक्रम गरि विजयीलाई पुरस्कार वितराण गरिएको थियो । किवानिज क्लव अफ नारायणीका सस्थापक अध्यक्ष वद्रीनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श...

    • चितवन चनौली शीतभण्डार सहकारीको शुभकामना आदानप्रदान तथा चियापान

      सन्तोष देवकोटा भरतपुर/चितवन चनौली शीतभण्डार सहकारी सस्था लिमिटेड चनौलीको आयोजनामा मंगलबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । बडादशैं, शुभदिपावली, छटपर्व लगायतका पर्वको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी प्रमुख अतिथी रहनु भएको थियो । सहकारीको संरक्षक समेत रहनु भएकी मन्त्री रेग्मीले चितवन चनौली शीतभण्डार सहरकारीले समुदायमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नु भयो । कार्यक्रममा वोल्दै मन्त्री रेग्मीले उक्त सहकारी शीतभण्डारको कारण चितवनकै नमुना सहकारी बन्न पुगेको वताउँदै उहाले चितवनका कृषकहरुको उत्पादन बृद्धि र सुरक्षित भण्डारणको लागि उक्त सहरकारीले जोड दिनु पर्ने वताउनु भयो । सहरकारीको बृहत्तर विकासको लागि आफु...

    • मुक्तकः चाहन्छु म

      बालकृष्ण खनाल तिम्रो सफलताको एउटा सानो हिस्सा बन्न चाहन्छु म तिम्रो जिन्दगीको एउटा सुन्दर किस्सा बन्न चाहन्छु म । व्यबहारबाटै सम्बन्धको औचित्यताको पुष्टि गर्न सक्ने तिम्रो भरोसाको एउटा मजबुत निस्सा बन्न चाहन्छु म ।

    • नेपाल कुखुरा व्यवसायी मन्चको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

      भरतपुर/नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा २०७८ असोज २४ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका सचिव डा.शरण पाण्डेको स्वागत तथा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र चितवनका प्रमुख डा.दयाराम चापागाईको विदाई कार्यक्रम सम्पन्न भएको छ । मन्चका अध्यक्ष राजेन्द्र लामिछानेको सभापतित्वमा भएको स्वागत तथा बिदाई कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले समग्र पोल्ट्रीको बर्तमान अवस्था, पोल्ट्री क्षेत्रको दिगो विकासका लागि राज्यको तर्फवाट गर्नुपर्ने सहयोग, कुखुराको मासु र अण्डाको बजार प्रवद्र्धनका लागि सूचनामुलक सन्देश प्रावह गर्न र बाग्मती प्रदेशलाई पोल्ट्रीको नमुना क्षेत्रको रुपमा विकास गर्न राज्यले भूमिका निर्वाह गर्नुपर्ने मन्तव्य व्यक्त गर्नु भएको थियो । भूमि व्यवस्था, कृषि...

    • ढकाल समाज प्रतिष्ठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/नेपाल ढकाल समाज प्रतिष्ठन चितवनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शिव प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भेलामा कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरका पुर्व उपकुलपती प्रा.डा. आई. पी. ढकाल प्रमुख अतिथी रहनु भएको थियो । रामहरी ढकालले संचालन गर्नु भएको कार्यक्रममा प्रा.डा. रामचन्द्र ढकाल विशेष अतिथी र रमेशबाबु ढकाल अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आई.पी ढकालले वंशजको खोजी गरि भावी पुस्तालाई जानकारी हुने गरि अभिलेख तयार गर्न आवश्यक रहेको वताउनु भयो । ढकाल वन्धुहरुका विचमा एकता र आत्मियता वढाउन विभिन्न खालका कार्यक्रमहरु आयोजना गर्नुपर्ने वताउँदै उहाले वडादशै, तिहार लगायतका चाडपर्वको शुभकामना व्यक्त...

    • यामाहाको दशैं तिहार अफरमा दुई भाग्यशाली बिजेताले पाए नगद उपहार

      भरतपुर/यामाहाले दशैं तथा तिहारको उपलक्षमा ल्याएको स्किम रेस फर द एस अफर अन्तरगत २ जना भाग्यशाली विजेताले नगद उपहार पाउनु भएको छ । गैडाकोट निवासी वेनकुमारी पाण्डेले एक लाख रुपैयाँ र कावासोती निवासी गौतम भुषालले २५ हजार रुपैयाँ नगद उपहार हात पार्न सफल हुनु भएको हो । चितवनको यामाहा मोटरसाईकल तथा स्कुटरको लागि आधिकारिक विक्रेता नविन अटो सेन्टरका विजनेस हेड राजु स्वर्णकारले यस स्किम अन्तरगत आड हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म स्केच कार्ड मार्फत छुट रहेको तथा सम्पुर्ण एसेसोरिजहरुमा फ्रि रहेको जानकारी दिनुभयो । यसको साथै कुनै पनि ब्राण्डका मोटरसाईकल तथा स्कुटरसंग एक्सचेन्ज गर्न मिल्ने अफर सहित...

    • हंस सहकारीको १८ औं साधारणसभा सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/नारायणगढ स्थित सहिदचोकमा केन्द्रिय कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिको १८ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कोरोना संक्रमणको कारण सम्पुर्ण शेयर सदस्यहरुलाई एकैचोटी भेला गरेर कार्यक्रम गर्ने अवस्था नरहेकोले प्रतिनिधिमुलक रुपमा साधारणसभा सम्पन्न गरिएको सहकारीका व्यवस्थापक श्यामबन्धु पोखरेलले जानकारी दिनु भयो । विभिन्न मितिमा भएका शेयरसदस्यहरुको भेलावाट चुनिएका प्रनिधिहरुको सहभागितामा सम्पन्न भएको साधारणसभाको समापन कार्यक्रममा हंस बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष दिनेश कुमार चुकेले सहकारीको अवस्था, गर्दै आएको काम र आगामी योजनाको वारेमा जानकारी गराउनु भएको थियो । संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेश, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका...

    • स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा बीमा दावी रकम हस्तान्तरण

      भरतपुर/स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनले संस्थाका सदस्य तथा व्यवसायी यासिन मियाको गत साउन ३० गते कोभीड–१९ संक्रमणबाट भएको असामयिक निधन पश्चात प्राप्त बीमा वापत दाबी रकम हस्तान्तरण गरेको छ । स्व. मियाले संस्थाको पहलमा ऋण लिँदाका बखत यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत ४० हजार रुपैया बराबरको बार्षिक नवीकरण सामूहिक म्यादी जीवन बीमा गराएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत तुलसीराम थापा, सहायक व्यवस्थापक रितेन जोशी, बीमा कम्पनीका टाँडी शाखा प्रमुख भीम पौडेल तथा अभिकर्ता कृष्णहरी पण्डितको उपस्थितिमा संस्थाले बिहीबार एक कार्यक्रमको आयोजना गरी बीमा दावी रकम चार लाख रुपैयाँ तथा बीमा कम्पनीबाट काजक्रिया खर्च स्वरुप...

    • महानगर साकोसमा केशवप्रसाद लामिछाने

      भरतपुर/नारायणगढ स्थित महानगर बचत तथा ऋण सहकारी संस्था लि. को चौथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले केशवप्रसाद लामिछानेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा वीरेन्द्र पिया, सचिवमा प्रमोदराज पौडेल, कोषाध्यक्ष अशोक श्रेष्ठ, सहसचिवमा पुष्पलता प्रधान र सदस्यहरुमा कोपिला श्रेष्ठ र अर्जुनप्रसाद शर्मा चयन भएका हुन् । सहकारीको बिहीबार सम्पन्न साधारणसभा समापन कार्यक्रममा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी काफ्लेले सहकारीले सदस्यहरुलाई वचत गर्ने वानिको विकास गरि आर्थिक रुपमा सम्पन्न वनाउन सहयोग गरेको वताउनु भयो ।...

    • किरण अमरजंग गुरुङ मा.विका नयाँ विद्यार्थीलाइ पोशाक वितरण

      भरतपुर/लामो समय देखि गुणस्तरीय शिक्षालाइ जोड दिँदै आएको भरतपुर १९ स्थित किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयले विद्यालयमा नया भर्ना भएका विद्यार्थीहरुलाइ निशुल्क पोशाक वितरण गरेको छ । पश्चिम चितवनको ग्रामिण क्षेत्रमा रहेको विद्यालयले समाजका वालवालिकाहरुलाइ विद्यालय भित्रल्याउन शैक्षिक योजनाका साथै भौतिक सहयोगका योजनाहरु कार्यन्वयनमा ल्याएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले जानकारी दिनुभयो । सोही योजना अनुसार वुधवार आयोजित एक कार्यक्रममा नया भर्ना भएका छात्र छात्राहरुलाइ निशुल्क पोशाक वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष तिमिल्सिनाको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका सदस्यहरु शान्ती लामा, आशा गुरुङ, सहायक प्रधानाध्यापक योगमाया गुरुङ लगायतको उपस्थीति रहेको थियो । सहायक प्रधानाध्यापक एवं शिक्षक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल