• धरानको मतगणना कार्यमा एकपछि अर्को विवाद

      असार २२, २०७४- धरान उपमहानगरपालिकाको बिहीबार साँझ धरान ११, १२, १३ र १४  वडाको मत गणना भईरहेको बेला अर्को विवाद उत्पन्न भएको छ । वडा ९ र १० को रिटोटलिङ गर्दा मत तलमाथि भएको पत्ता लागेपछि नया विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपनि ११, १२, १३ र १४ वडाको मतगणना जारी छ । तर विवाद भएका वडा ९ र १० मा राप्रपाको मत अर्को दलमा जोडिएको देखिएपछि राप्रपाले पुन: मत गणनाको माग गरेको मेयर उम्मेदवार तारा शाक्यले बताइन् । कांग्रेस र माओवादी केन्द्रको माग पनि राप्रपाले जस्तै पुन: मतगणना रहेको छ । मतगणना वडा ९ र १०...

    • माओवादी: गणितमा तेस्रो, मूल्यमा कांग्रेसको कठपुतली

      २२ असार, काठमाडौं । अदालतमा न्यायाधीशहरुले कुनै मुद्दाको फैसला सुनाइरहँदा वादी-प्रतिवादी दुबैले कसको पक्षमा फैसला भयो भनेर तत्कालै छुट्याउन सक्दैनन् । उनीहरुले आफ्ना वकिललाई सोध्छन्- यो फैसला कसको पक्षमा छ हजुर ? अदालतमा यस्तो अलमल किन हुन्छ भने न्यायाधीशले आफ्नो फैसला लगभग ‘जेरी’ कै आकारमा घमाएर सुनाउँछ र भन्छ- प्रस्तुत मुद्दामा निज आरोपीले अपराध गरेकै हो वा होइन भनेर भन्न सकिने अवस्था रहेन भनेर अलमल गर्नुपर्ने अवस्था छैन भन्न सकिन्न ! माओवादी अध्यक्ष प्रचण्डले विगतमा भन्ने गरेका थिए- हामी हाँस्दा हाँस्दै रुन्छौं, र रुँदारुदै पनि हाँस्छौं । अहिले दुई चरणमा सम्पन्न भएको स्थानीय चुनावको परिणाम हेरेर अब माओवादी नेता...

    • जुलाई ९ मा जनसम्पर्क समिति ले डाल्यस मा रक्तदान आयोजना गर्ने !!!

      अर्बिंग (टेक्सस) । जुलाइ दोस्रो साता टेक्ससको अर्बिंगमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाली जनसम्पर्क समिति ड्यालस फोर्डवोर्थ चाप्टर र वेस्ट टेक्सस चाप्टर तथा ब्लड डोनर्स एसोसिएसन अमेरिकाको संयुक्त अयोजनामा महामानव विपी कोईरालाको स्मृती दिवसको अवसर पारेर जुलाइ ९ तारिख आइतबार नेपाली मन्दिरमा रक्तदात हुन लागेको ड्यालस फोर्डवोर्थ चाप्टरका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए….  रक्तदान कार्यक्रममा उपस्थितका एबम रक्तदानका लागि ड्यालस स्थित सम्पुर्ण संघसंस्थाका पधाकारीहरूलाइ बिडिएले अनुरोध गरेको छ । यस्तै नेपाली समाज टेक्ससले आउँदो आइतबार अर्भिङमा निशुल्क स्वास्थ शिवीर आयोजना गर्ने भएको छ । नेपाली समाजका अध्यक्ष कृष्ण लामिछानेका अनुसार उक्त शिविरमा मेडिकल र दाँतको निशुल्क जाँच हुनेछ । जुलाई ९ तारिख...

    • अमेरिकाको जर्सी शहरका नगर प्रमुखद्वारा नेपालको झण्डा झण्डोत्तोलन, नेपालीहरु पनि सम्मानित

      जुलाई ५ जर्सी । अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ ।   नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपद्वारा गत जुन ३० तारिख ‘नेपालको झण्डा फहराउने दिवस’ (नेपाली फ्लाग रेजिंग डे) को आयोजना गरी नगर भवनको प्रवेशद्वारको तेश्रो तलामा रहेको झण्डा फहराउने खम्बामा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे । नगर प्रमुख फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली सामाजिककि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार बिष्णु माया (मानार्थ बिद्या वारोधि) परियार लगायत उपस्थित नेपालीहरु सहभागी भएका थिए । जर्सी सिटी (शहर) नेपालको झण्डा फहराउने दोश्रो...

    • अन्तरघात गरेको आरोपमा कोहलपुरमा कांग्रेस नेतामाथि कालोमोसो

        २१ असार, नेपालगन्ज । बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै कोहलपुरमा दुर्व्यवहार भएको छ । बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको आरोपमा एक अर्कोमाथि आक्रमण प्रयास भइरहेको छ । कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले आफूलाई कालोमोसो दलेको पौडेलले बताए । बुधबार दिउँसोमात्र कोहलपुरको मतगणना सकिएको थियो । नेपाली कांग्रेसका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएको कारण देखाउँदै पुडासैनीको समूहले घरमै गएर पौडेलमाथि दुर्व्यवहार गरेको थियो । दुव्र्यबहार गरेको पीडित पौडेल नेपाली कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।

    • भैरहवामा २० वर्षपछि एमालेको ‘कम व्याक’, मेयरमा हरिप्रसाद र उपमेयरमा उमा विजयी

       भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) मा २० वर्ष यता कुनै पनि निर्वाचनमा जित हासिल गर्न नसकेको एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो झण्डा गाड्न सफल भएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित ६ वटा वडाहरुमा समेत एमाले विजयी भएको छ ।   भैरहवाको मेयर पदमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६ हजार ७०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मातृका यादवले ५ हजार २५० मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयर पदमा एमालेकी उमा काफ्ले निर्वाचित भएका छिन् । उनले ६ हजार १७२ मत प्राप्त गरी निर्वाचित...

    • वर्षको एउटा किताब लेख्छुः मरहठ्ठा

      किरण मरहठ्ठा नेपाली पत्रकारितामा चर्चित नाम हो । प्रशारण पत्रकारितामा बेग्लै उचाइ बनाएका उनले विख्यात फुटबलर लियोनेल मेसिको बारेमा डकुमेन्ट्री निर्माण गरी अन्तर्राष्ट्रिय चर्चासमेत बटुलेका छन् । हालै उनले आफ्नो पुस्तक ‘द होप’ अमेरिकामा सार्वजनिक गरेका छन् । प्रस्तुत छ द होपबारे मरहठ्ठासँग गरिएको छोटो कुराकानी ।   ‘द होप’ कस्तो किताब हो ? ‘द होप’ संघर्ष र सफलताको कथा हो । नेपालको अर्थ राजनीतिक, सांकृतिक, समाजिक र पत्रकारितामा संलग्न प्रख्यात व्यक्तित्वहरुको विचारहरु यो पुस्तकमा समेटिएका छन् । जीवा लामिछाने, उपेन्द्र महतोजस्ता समाजसेवीदेखि डा. युवराज खतिवडाजस्ता अर्थविदका विचार यसमा छन् । त्यस्तै डा. शशांक कोइराला, पोष्टबहादुर बोगटी, गोकर्ण विष्ट, उपेन्द्र यादवजस्ता...

    • दान गरेर नथाक्ने मैयाँदेवी

      नारायण अधिकारी भरतपुर, १९ असार । जीवनभर दान गरेर कहिल्यै नथाकेकी मैयाँदेवी श्रेष्ठलाई अझै दान गर्ने धोका बाँकी छ । जीवनमा दान गरेको सबै हिसाब किताब त थाहा छैन उनलाई तर पनि अहिलेको प्रचलित मूल्यअनुसार हिसाब गर्ने हो भने रु एक अर्बभन्दा बढीको सम्पत्ति उनले दान गरिसकेकी छन् । बिपीको निधन अघि टुँडिखेलको अन्तिम सभामा सम्बोधन सुन्न काठमाडौँ आइपुगेकी श्रेष्ठलाई सभापछि भेटघाट हुँदा बिपीले भोलिपल्ट घरमै डाके । त्यसो त बिपीले बोलाएको भन्ने खबरै पाएर उनले उपहारस्वरुप गाईको घ्यू, मह, कागती लिएर काठमाडौँ गएकी थिइन् । भोलिपल्ट बिपी निवास पुगेकी उनलाई भावुक हुँदै बिपीले श्रीमती सुशीलालाई देखाउँदै भने, “म...

    • भुवन चम्किदा ७ स्वर्णसहित चितवन मध्यमान्चल क्षेत्रीय राष्ट्रपतिमा प्रथम

      एथलेटिक्समा आएको ६ स्वर्णमध्ये जानकी माविका भुवन महतो एक्लैले ५ स्वर्ण जिते  विनोदबाबु रिजाल चितवन, २१ असार ।  एथलेटिक्समा उत्कृष्ट प्रदर्शनसहित चितवनले लगातार दोस्रो वर्षपनि राष्ट्रपति रनिङ शिल्डको क्षेत्रीय प्रतियोगिता जिेतेको छ । काठमाडौंमा भएको मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७३ मा सहभागी १९ जिल्लामध्ये चितवन सर्वोत्कृष्ट भएको हो । चितवनले विभिन्न विधामा सहभागी ७४ खेलाडीबाट कूल १ सय ९७ अंक हासिल गरी लगातार दोस्रो वर्ष रनिङ शिल्ड हात पारेको चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकालले जानकारी दिए । त्यसमध्ये चितवन एथलेटिक्सतर्फ पहिलो भयो भने छात्र र छात्रा भलिबलमा दोस्रो भयो । गतवर्ष चितवनको छात्रा भलिबल टोली...

    • तिल्तालीका बाढी पीडितको लागि कुवेतबाट राहत आयो

      असार २१ गत बैशाखको अन्तिम साता शिखर नगरपालिका–८ तिल्तालीमा भएकाबाढीपीडितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । सुदूरपश्चिम सेवा समाज कुबेतले जम्मा ४२ जना बाट उठेको संकलित रकम रु १,२३,०००० (एक लाख तेईस हजार)को राहत सामाग्री उपलब्ध गराएको हो । सो समाजले उपलब्ध गराएको राहत सामाग्रीहरु मंगलबार नवनिर्वाचित वडाध्यक्ष सिद्ध बहादुर बलायरले पीडितहरुलाई हस्तान्तरण गरे ।समाजले कुबेतमा रोजगारीका सिलसिलामा रहेका नेपाली यूबाहरुको सहयोगमा रकम संकलन गरेरसो राहत सामाग्री उपलब्ध गराएको हो ।३६ पीडित परिवारलाई उपलब्ध गराईएको सो सामाग्रीमाकम्मल, बिद्यार्थीहरुका लागि विद्यालय झोला, कापी डटपेन लगायतका सामग्री उपलब्ध गराएको छ । सो सामाग्री पाएपछि स्थानीय बाढीपीडितहरु हर्षित बनेका छन् । ‘बिदेशमा...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल