• लक्की मिडियाले बार्षिकोत्सव मनाउँदै

      भरतपुर/चितवन स्थित लक्की मिडिया हाउसले आफ्नो पांँचौ बार्षिकोत्सव मनाउने भएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका युवा नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी ल्याण्डमार्कको चितवन सिनेप्लेक्स हलमा मनाउन लागिएको हो । बार्षिकोत्सवको शुभकामना तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथिमा वरिष्ठ कलाकार नीर शाह, यस्तै अन्य कलाकारमा सौगात मल्ल, बिपिन कार्की, रोशनी केसी, चेतबहादुर सिंह ‘राजा’ अतिथिको रुपमा आउनुहुने कार्यक्रम रहेको छ । यस्तै कार्यक्रममा गायिका जुनु गौतम, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यत्तित्व, नेता तथा समाजसेवी लगायतका व्यक्तित्व रहने र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मिडिया हाउसका महाप्रबन्धक हरी कार्की ‘लक्की’ ले जानकारी दिनुभयो । उहांँका...

    • जेष्ठ नागरिक संघको भवन उद्घाटन

      भरतपुर/जेष्ठ नागरिक संघ चितवनको भवनको पहिलो तला मंगलवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उक्त भवनको उद्घाटन गर्नु भएको हो । भवनको पाहिले तला निर्माण गर्दा भरतपुर महानगरको १५ लाख ५६ हजार रुपैयाँ र संघको १ लाख ७३ हजार रुपैयाँ लगानी भएको संघका सचिव भोजराज न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै प्रमुख दाहालले दाहालले जेष्ठ नागरिकलाई समाजको गहना र प्रेरणको रुपमा चर्चा गर्नु भयो । जेष्ठ नागरिकलाई सम्मान गर्न सकेमात्र भानिस भएर वाच्नुको सार्थकता हुने उहाको भनाई थियो । जेष्ठ नागरिकको हरेक समस्यामा आफु सदैव साथमै रहने वताउँदै प्रमुख दाहालले जेष्ठ नागरिकका मागहरु...

    • चितवन रोटरीद्धारा सिलाई मेसिन हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले मंगलबार एक कार्यक्रमका विच नारायणगढ स्थित चमेलीदेवी पिया आधारभूत विद्यालयकी छात्रालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । विद्यालयमा अध्यानको क्रममा आर्थिक अभावले विद्यालय छाडेपछि उक्त विद्यार्थीलाई विद्यालय फर्काउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष चन्द्रमान श्रेष्ठले चितवन रोटरी मार्फत छात्रालाई सिलाई मेसिन हस्तान्तरण गर्नु भएको हो । सोहि विद्यालयवाट कक्षा ८ पास गरेपछि आर्थिक अभाव देखाउँदै विद्यालय छाडेकी छात्रा फरिदा खातुनलाई आय आर्जनमा सहयोग पु¥याएर विद्यालयमा फर्काउने वातावरण वनाउन सिलाई मेसिन हस्तान्तरण गरिएको हो । रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी त्रिपुरेश्वर रोटरी क्लवका...

    • अचार बनाउने तालिम शुरु

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको प्रशिक्षण कक्षमा सोमबार देखी ४ दिने अचार बनाउने तालिम शूरु भएको छ । गृहणि महिला र सम्भावित उद्यमी महिलालाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई विधिवत रुपमा उद्घाटन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कुनै औपचारिक शिक्षा, योग्यता तथा अनुभव नभएका महिलाहरुले पनि आफ्नो घरमै वसी आयआर्जन गर्न सक्ने भएको हुनाले तालिमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिलाहरुले बनाएको अचार घरमा मात्र उपभोग नगरि यसलाई व्यवसायीकरण गर्नुपर्ने बताउंदै उत्पादन भएको अचारको बजारीकरणका लागि उद्योग वाणिज्य संघ–चितवनले पूर्ण सहयोग गर्ने बताउनु भयो । सोहि कार्यक्रममा बोल्दै महिला उद्यमी विकास समितिका संयोजक रजनी...

    • उवासंघ चितवनको स्थापना दिवसमा विविध कार्यक्रम

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि ६१ औं स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले संघलाई बर्तमान अवस्थामा ल्याई पु¥याउनका लागि अग्रज, पूर्व अध्यक्ष, पूर्व कार्यसमिति सदस्यलगायत शुभचिन्तकहरुको अमुल्य योगदान रहेको बताउंदै उहांहरु प्रतिआभार व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोभिडका कारण क्षतविक्षत भएको उद्योग व्यवसाय क्षेत्रलाई प्रबद्र्धन गर्नका लागि संघले कठिन परिस्थितिमा पनि बिभिन्न कार्यक्रम सम्पन्न गर्न सकेको बताउनु भयो । उहांले संघले चितवन जिल्लाको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई आधार स्तम्भको रुपमा लिई कार्यक्रम सञ्चालन...

    • किवानिज क्लब अफ चितवनको वार्षिकोत्सव सम्पन्न

      भरतपुर/बालबालिको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आईरहेको किवानिज क्लब अफ चितवनको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । यही २०७७ माघ १६ गते चितवन गार्डेन रिसोर्टमा एक कार्यक्रमको आयोजना गरी क्लबले स्थापना दिवस मनाएको हो । क्लबका सभापति टिकाराम कडेलको अध्यक्षतामा भएको कार्यक्रममा किवानिज नेपाल डिस्ट्रिक्स्का गभर्नर मोहन लम्साल प्रमुख अतिथि रहनु भएको थियो । ३ बर्ष अगाडी स्थापना भई बालबालिकाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत सहयोग पु¥याउदै आएको किवानिज क्लब अफ चितवन नेपालका रहेका ६८ वटा किवानिज क्लब मध्ये उत्कृष्ट क्लबमा पर्ने कार्यक्रमका प्रमुख अतिथि लम्सालले बताउनु भयो । बक्ताहरुले किवानिज चितवनले गरेका कामहरुको खुलेर प्रसंशा गर्दै क्लबले...

    • चितवन रोटरीको शिक्षक तालिम कार्यक्रम

      भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा शनिबार भरतपुरमा एक दिने टिचर्स ट्रेनिङ (शिक्षक तालिम) कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष रोशन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा माध्यमिक विद्यालय नवलपुर, चमेलीदेवि पिया माध्यमिक विद्यालय नारायणगढ, राष्ट्रिय आधारभूत विद्यालय लागौटा भरतपुर, सिताराम सस्कृत माध्यमिक विद्यालय देवघाटमा अध्यापनरत करिव ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो । रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष चन्द्रमान श्रेष्ठ प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा लिला खत्री, जया घिमिरे, अस्मिता रेग्मी लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्नु महत्वपुर्ण कुरा भएको वताउनु भयो । रोटरी नेपाल लिट्रेसी...

    • ‘जाम हिँड धनगढी’ सार्वजनिक

      कलाकार चेतबहादुर सिंह “राजा” अभिनित “जाम हिँड धनगढी“ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा कलाकार चेतबहादुर सिंह “राजा” संगै नायिका आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेललाई देख्न सकिन्छ । सुपारी चाम्रो, बल्लै भो भेट, जापान टोकियो जस्ता सफल लोकप्रिय गीतका गायक बिमलराज क्षेत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको आवाज रहेको छ । बिमलराज क्षेत्री एण्ड चेत बहादुर सिंह “राजा” कै सहकार्यमा ‘जाम हिड धनगडी’ बोलको गीत सार्वजनिक गरिएको हो । बिमल चौतारी युटुब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतमा गायक क्षत्रीकै शब्द, तथा संगीत रहेको छ भने संगीत संयोजन जीवन बडुले गरेका हुन् ।...

    • वार्षिकोत्सवको अवसरमा लोककल्याणकारीको रक्तदान

      भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.को १४ औं वार्षिक उत्सव एवं २५ औं स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष नारायणप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी आचार्यले सहकारीका शेयर सदस्य कृष्णवहादुर खड्कालाई व्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आचार्यले रक्तदानलाई जीवनदानको रुपमा चर्चा गर्दै रगतको अभावले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन रक्तदानमा जोड दिनुपर्ने वताउनु भयो । रक्तदान गर्दा मानिसको स्वास्थ्यलाई...

    • मसालजुलुसमा प्रहरी हस्तक्षेप, गिरफ्तार परेकाको रिहाईको माग

      भरतपुर/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल चितवनद्धारा आयोजिक विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा संसद बिघटन गरिएको असंवैधानिक कदमका बिरुद्ध राष्ट्रिय युवा संघ नेपालद्वारा घोषित शान्तिपुर्ण संघर्षको कार्यक्रम अन्तरगत बिहीबार नारायणगढमा मसाल जुलुस निकालिएको थियो । मसाल जुलुसमा युवाहरुमाथि प्रहरीले लाठी प्रहार सहित दमन गरि गिरफ्तार तथा धरपकड गरेको थियो । शान्तिपुर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपा चितवनले प्रहरीको उक्त कार्यप्रति खेद प्रकट गरेको छ । नेपाल क्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलद्धारा हस्ताक्षरित विरोधपत्रमा गिरफ्तार युवाहरुलाई तत्काल रिहाईको माग गरेको छ ।...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल