• उवासंघ चितवनको भेटघाट एवम् छलफल कार्यक्रम

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले शनिबार संघको सचिवालयमा भेटघाट एवम् छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका पदाधिकारी र उद्योग वाणिज्य संघ–चितवन वीच छलफल कार्यक्रम भएको हो । छलफल कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले वाग्मति प्रदेशको आर्थिक रुपान्तरणका लागि यस क्षेत्रका उद्योग वाणिज्य संघहरुको साझा रणनीति तय गरि सामुहिक रुपमा अघि बढ्न अनुरोध गर्नुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्रोत र साधनको प्रचुरता र मुख्य गरि पर्यटन विकासको ठुलो सम्भावना रहेको बाग्मती प्रदेशको विकासका लागि निजी क्षेत्रको तर्फबाट अल्पकालिन एवम् दीर्घकालिन योजना तय गरि अगाडी बढ्नुपर्ने बताउनु भयो । सोहि कार्यक्रममा नेपाल उद्योग...

    • अध्यक्ष श्रेष्ठ पर्यटन विकास समितिको सभापति चयन

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ, बाग्मती प्रदेशको पर्यटन विकास समितिको सभापति चयन हुनुभएको छ । वाग्मती प्रदेश उवासंघको शुक्रवार हेटौंडामा सम्पन्न बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । साथै वैठकले अध्यक्ष श्रेष्ठलाई वाग्मती प्रदेश उवासंघको कार्यसमिति सदस्यमा समेत मनोनयन गरेको छ । कार्यसमिति सदस्य एवम् संयोजकमा चयन हुनु भएका श्रेष्ठले पदभार ग्रहण गर्दै यस क्षेत्रको पर्यटन विकासका लागि सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिमका कार्यक्रम तय गरि अगाडि बढ्ने बताउनु भयो । सभापतिमा चयन भए लगत्तै अध्यक्ष श्रेष्ठले सवै बाग्मती प्रदेशका उवासंघहरुबाट यस क्षेत्रको पर्यटन क्षेत्रका समस्या एवम् सम्भावनाका वारेमा तथ्यांक लगायत प्रतिवेदन संकलन गर्नका...

    • कार्की र भट्टको पहिलो माया वजारमा आउने

      भरतपुर/वहुचर्चित गायक विनय कार्की र नवगायिका उषा भट्टको आवाजमा रहेको गित पहिलो माया छिट्टै वजारमा आउने भएको छ । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा थप योगदान गर्ने उदेश्यले दर्शक एवं स्रोताको आवश्यकतालाई मध्यनजर गरि गित वजारमा ल्याउन खोजेको गायिका भट्टले जानकारी दिनु भयो । उक्त गित यहि माघ महिनाको अन्तिम सम्म बजारमा ल्याउने गरि तयारी भइरहेको वताउँदै उहाले म्युजिक भिडियो छायांकनको काम तीव्र पारिएको जानकारी दिनु भयो । सरद पाण्डेको शब्द अनि बिनय कार्कीको संगीत संयोजन रहेको उक्त गितले आम दर्शक एवं स्रोताको मन जित्न सफल हुने भट्टको दावी रहेको छ । गित सार्वजनिकको तयारी भईरहेको छ । गायक...

    • देवआदर्श साकोसमा मिश्रको नेतृत्व

      भरतपुर/गीतानगर स्थित देवआदर्श वचत तथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न ९ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले ध्रुवराज मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा प्रकाश गुरुङ, सचिवमा महेन्द्र प्रसाद कोइराला, सहसचिवमा दिपेन्द्रराज पौडेल, कोषाध्यक्षमा अनुप कोइराला रहनु भएको छ । यसैगरी, सदस्यहरुमा सीता कुमारी अधिकारी, सुदिप भट्ट, शिवराज न्यौपाने, तुल्सीराम पापकोटा, तीर्थराज न्यौपाने, चन्द्रकला वाग्ले कोइराला निर्वाचित हुनु भएको छ । यसैगरी सस्थाको लेखासमिति संयोजकमा डोलनारायण श्रेष्ठ, सदस्यहरुमा शिवहरी पण्डित र रामचन्द्र तिवारी चयन हुन भएको छ । साधारणसभा तथा अधिवेशन कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेफ्स्कुन केन्द्रीय सदस्य एवं चितवन जिल्ला वचत...

    • पिउने पानी उत्पादन मापदण्ड सम्वन्धि गोष्ठि

      भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा शुक्रबार नारायणगढमा एकदिने गोष्ठि सम्पन्न भएको छ । पानी उत्पादन व्यवसायीको सहभागितामा प्रसोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिकामा भएका ब्यवस्थाहरु बिषयक एक दिने गोष्ठि नारायणगढमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय हेटौंडाका प्रमुख बरिष्ठ खाद्य अधिकृत सोमकान्त रिजाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, प्रदिप काफ्ले लगायतले सहजीकरण गर्नु भएको थियो । नेपाल बोटल वाटर उद्योग संघ केन्द्रिय उपाध्यक्ष, केन्द्रिय सदस्य एवंम् चितवन–नवलपुर क्षेत्रका ३० वटा पानी उद्योगका उद्योगी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    • युनियन लाईफ इन्स्योरेन्स र स्वर्णलक्ष्मीद्धारा बीमा रकम हस्तान्तरण

      भरतपुर/नेपालकै लोकप्रिय जीबन बीमा कम्पनी युनियल लाईफ इन्स्योरेन्सले बार्षिक नबिकरण सामुहिक म्यादी जिबन बीमा योजना अन्तरगत स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. चितवन मार्फत बिहीबार संयुक्त रुपमा कार्यक्रम आयोजना गरी बीमा दावी रकम १३ लाख ५६ हजार रुपैया हस्तान्तरण गरेको छ । बीमा कम्पनी र सहकारीले आफ्ना वीमित तथा शेयर सदस्य भरतपुर–११, जागृतीचोक निवासी स्व. रामभक्त ढकालको परिवारलाई सो बीमा रकम हस्तान्तरण गरेको हो । कोभिड–१९को संक्रमणको कारण गत कार्तिक २३ गते निधन भएका ढकालले इन्स्योरेन्सको चनौली शाखावाट सिमित भुक्तानी योजना अन्तरगत र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. भरतपुरबाट सामुहिक जमानी कर्जा उपभोग गर्दाका बखत सहकारी...

    • महिला स्वयंसेविकालाई साईकल बितरण

      भरतपुर/भरतपुर महानगरपालिका वार्ड नं. ८ ले भरतपुर स्वास्थ्य चौकी अन्तर्गत रहेर कामगर्दै आएका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकालाई साईकल बितरण गरेको छ । आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा ६ जना महिला स्वयंसेबिकाहरुलाई साईकल बितरण गरिएको हो । भरतपुर महानगरपालिका वडा नं ८ का कोभिड–१९ को सक्रमितहरुको स्वास्थ्य स्थिती, विपन्न बालबालिकाको लगत संकलन गर्न र नियमित स्वास्थ्य सम्वन्धि जनचेतना दिदै आएका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकाहरुको कामलाई सहज होस् र थप हौसला मिलोस भनेर प्रोत्साहन स्वरुप साईकल बितरण गरिएको भरतपुर महानगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो । वडाध्यक्ष न्यौपानेले जनताको स्वाथ्यको क्षेत्रमा कुनै कमजोरी हुन नदिनका लागि...

    • फेन्सी साकोसको पदहस्तान्तरण सम्पन्न

      भरतपुर/चितवनमा संचालित फेन्सी व्यवसायीहरुको सक्रियतामा संचालित फेन्सी बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधारणसभाद्धारा निर्वाचित कार्यसमितिलाई आइतवार एक कार्यक्रमका विच पद हस्तान्तरण गरिएको छ । सहकारीको निवर्तमान कार्यसमितिले अध्यक्ष मेघराज कँडेलको नेतृत्वमा निर्वाचित १४ सदस्यीय नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । सहकारीका निवर्तमान अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका केन्द्रिय अध्यक्ष परितोष पौडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको वताउँदै व्यवस्थित सहकारी निर्माणमा जोड दिनु पर्ने वताउनु भयो । सहकारीले समुदायमा वचत गर्ने वानिको विकास गरेको वताउँदै उहाले आयआर्जन र उद्यम विकासमा सहकारीको महत्वपुर्ण भूमिका...

    • हंसको १७ औं साधारण सभा सम्पन्न

      भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा ११ औं वार्षिकोत्सव शनिबार रक्तदान तथा उत्कृष्ठ सदस्यहरुको सम्मान गर्दै सम्पन्न भएको छ । साधारण सभाको समापन कार्यक्रम संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं भरतपुर महानगरपालिका सहकारी उप समितिका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेकोे प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि काफ्लेले हंस सहकारीले बचत तथा ऋणका साथै उत्पादन र सामाजिक कार्यका क्षेत्रमा समेत सकृय रहेर उदाहरणीय कार्य गर्दै आएको भनी प्रसंसा गर्नु भयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शारदा शर्मा...

    • चितवन अटोमोवाइल्स एसोसिएशनको साधारणसभा सम्पन्न

      भरतपुर/जिल्ला स्थित अटोमोवाइल्स व्यवसायीहरुको छाता संगठन चितवन अटोमोवाइल्स एसोसिएशनको १९ औं साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले मुलुकको आर्थिक विकासमा अटोमोवाइल्स व्यवसायीको भूमिका महत्वपुर्ण भएको वताउनु भयो । कुनै पनि व्यवसायलाई व्यवस्थित र मर्यादिन वताउनु सम्वन्धित व्यवसायीहरुको विचमा एकता आवश्यक रहेको वताउँदै उहाले राज्यले पनि व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो । राज्यले व्यवसायीलाई विभिन्न खालका सहुलियतको व्यवस्था गरि दिगो रुपमा व्यवसाय गरि रोजगारी सृजना गर्नु पर्ने उहाको भनाई थियो । कार्यक्रममा एसोसिएशनका सचिव राजेन्द्र...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल