• माध्यमिक विद्यालय गंगानगरमा अक्षयकोष स्थापना

      भरतपुर/भरतपुर महानगरपालिका वडा नम्बर १३ निबासी स्वर्गीय टिकाराम आचार्यको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । २०७६ साल चैत्र ८ गते त्रयोदशी तिथिका दिन स्वर्गारोहण हुनु भएका आचार्यको स्मृतिमा शुक्रवार भरतपुर १३ स्थित श्री माध्यमिक विद्यालय गंगानगरमा अक्षयकोष स्थापना गरिएको हो । मृत आन्त्माको शान्तिको कामना गर्दै वार्षिक पुण्यतिथीको अवसरमा शुक्रवार परिवारका तर्फवाट ५० हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरिएको स्वर्गीय आचार्यका ज्वाई सुदिप भट्टले जानकारी दिनुभयो । आचार्य परिवारले एक औपचारिक कार्यक्रमका विच उक्त अक्षयकोषको रकम विद्यालयका अध्यक्ष सुदिप सुवेदीलाई हस्तान्तरण गरेको हो । उक्त अक्षयकोषले श्री माद्यामिक बिद्यालय गंगानगरको शैक्षिक बिकासमा योगदान गर्ने आचार्य परिवारले विश्वास...

    • आरएचएम रिटन सम्पर्क समाज गठन

      भरतपुर/साउदी अरवको पाईप कम्पनी राजा हेण्डल अल्मारी एण्ड सन्स (आरएचएम)मा काम गरि नेपाल फर्किका नेपाली युवाहरुको भेलाले आरएचएम रिटन सम्पर्क समाज गठन गरेको छ । विभिन्न समयमा रोजगारीको सिलसिलामा साउदी अरवको आरएचएम कम्पनीमा काम गरेर फर्किका नेपाली युवाहरुलाई गोलवन्द गर्ने उदेश्यले उक्त समिति गठन गरिएको हो । वुटवलमा सम्पन्न भेलाले रामप्रसाद पाण्डेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दिपक सुवेदी, महासचिवमा दिपक ढकाल, सचिवमा जिवलाल न्यौपाने, कोषाध्यक्षमा वीरेन्द्र ढकाल, सहकोषाध्यक्षमा विष्णु पुरी, सदस्यहरुमा सुन्दर लामा, भेषवहादुर नेपाली, टेकनाथ त्रिपाठी, एम पल्लि, कालुराम अर्याल रहनु भएको छ । उक्त कम्पनीमा काम गरि हाल नेपाल तथा अन्य देशमा...

    • इच्छाकामनाका होटलको स्तरिकरण र लोगो वितरण

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इच्छाकामनाका होटलहरुको स्तरिकरण गरि लोगो वितरण गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र होटल व्यवसायी संघ चितवन अन्तरगत मुग्लिन इकाईको सहयोगमा इच्छाकामनाका हाईवे क्षेत्रका होटलहरुको स्तरिकरण गरिएको हो । विभिन्न मापदण्डको आधारमा वार्षिक कार्यक्रम अन्तरगत विभागले होटलहरुको स्तरीकरण गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भिमप्रसाद पुलामीको अध्यक्षतामा सम्पन्न होटल स्तरिकरण तथा लोगो वितरण कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ प्रमुख अतिथी रहनु भएको थियो । होटलको स्तरिकरण पछि सरसफाई, हाइजेनिक खाद्यवस्तु र व्यवस्थापनको पक्षमा सुधार आउनु जरुरी रहेको...

    • काँग्रेस सभापति देउवाद्धारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन

      भरतपुर/भरतपुर स्थित लक्की मिडिया हाउस चितवनले प्रकाशन गरेको नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरिएको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा भित्तेपात्रोको विमोचन गर्नुभएको हो । विमोचनपछि बोल्दै देउवाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मिडिया हाउसले कोरोनाको विषम परिस्थितिमा पनि सामाजिक उत्तरदायित्व बहन गर्न विचलित नभएको भन्दै खुशी व्यक्त गर्नुभयो । मिडिया हाउसले पत्रकारिताको धर्म निर्वाहको साथसाथै समाजका लागि बहुआयामिक काम गरेकोमा लक्की मिडीया हाउसको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । सो अवसरमा बोल्दै बिशिष्ट अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्तेपात्रो...

    • लायन्स क्लव अफ नारायणी सेन्ट्रलको अध्ययक्षमा शर्मा

      भरतपुर/लायन्स क्लव अफ नारायणी सेन्ट्रलको अध्ययक्षमा राम प्रसाद शर्मा“ रमेश“ चयन भएका छन् । शनिवार सम्पन्न क्लवको बार्षिक साधारण सभाले शर्माको नेतृत्वमा लायन्स बर्ष २०२१/२२ को लागी २७ सदस्यीय कायसमिति गठन गरेको हो । क्लवको प्रथम उपाध्ययक्षमा अनन्त राज अधिकारी, द्वितीय उपाध्यमा लाल बहादुर भण्डारी, तृतीय उपाध्ययक्षमा अशोक आचार्य, सचिवमा शिव राज पौड्याल “अल्पभाषी“ तथा कोषाध्यक्षमा मान बहादुर अधिकारी चयन भएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्ययक्ष शर्माले विगत १२ बर्ष देखि विशुद्ध सामाजिक क्षेत्रमा क्रियाशिल एस क्लवले अब सडक वालवालिका र वाल शिक्षाको क्षेत्रमा विशेष प्याकेज नै बनाएर सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । शर्मा ग्लोवल...

    • इक्यान चितवनको स्वागत तथा अन्तरक्रिया सम्पन्न

      भरतपुर/शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवन शाखाको आयोजनामा बुधवार भरतपुरमा स्वागत तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ईक्यान चितवनले एक कार्यक्रमका विच अष्ट्रिेलियाका लागि नेपाली राजदुत महेश दाहाललाई स्वागत संगै अन्तरक्रिया गरेको हो । कार्यक्रममा वोल्दै इक्यान चितवनका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष हिम्मत पुरीले इक्यान चितवनको गतिविधको वारेमा जानकारी दिँदै चितवनका शैक्षिक परामर्श व्यवसायीको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी राजदुत दाहालले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य मुलुक भएको जानकारी दिँदै उहाले हाल अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थी अध्यायनरत...

    • वन र वन्यजन्तु संरक्षणको लागि सुरक्षा निकाय र सामुदायिक वनलाई अग्नी निरोधक सामाग्री हस्तान्तरण

      भरतपुर/डिभिजन वन कार्यालय चितवनले वन र वन्यजन्तुको संरक्षणको लागि सुरक्षा निकाय र सामुदायिक वनहरुलाई अग्नी निरोधक सामाग्री हस्तानतरण गरेको छ । वन र वन्यजन्तुको संरक्षण गर्न एक आपसमा सूचना आदान प्रदान गरी समन्वय र सहकार्यलाई थप मजवुत वनाएर संरक्षण कार्य सदृढ वनाउने उदेश्यले सो सामाग्री हस्तान्रण गरिएको हो । डिभिजन वन कार्यालय चितवनको आयोजनामा जिल्ला स्थित वन तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रण ईकाइको वैठकको निर्णय अनुसार सुरक्षा निकाय र सामुदायिक वनलाई सो सामाग्री हस्तान्तरण गरिएको कार्यालयका सुचना अधिकारी वालकृष्ण खनालले जानकारी दिनुभयो । वैठकमा जिल्ला प्रशासन कार्यालय चितवन, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, खडग दल गण कसरा चितवन,...

    • सैनामैनाका होटल व्यवसायीलाई चितवनमा स्वागत, आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड

      भरतपुर/विभिन्न जिल्लाको भ्रमणमा निस्किएको सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहिका भ्रमण टोलीलाई मंगलबार चितवनमा स्वागत गरिएको छ । होटल व्यवसायी महासंघ, होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा नारायणगढ स्थित होटल गंगोत्रीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले सैनामैनाका होटल व्यवसायीलाई आफ्नो क्षेत्रमा स्वागत गर्न पाउँदा खुशि व्यक्त गर्नुभयो । कोरोनाको कारण थलिएको पर्यटन क्षेत्र जुरमुराउन लागेको वर्तमान अवस्थामा फेरि कोरोना संक्रमणको जोखिम वढेसंगै लगानीको सुरक्षा गर्न कठिनाई परेको वताउनु भयो । होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार...

    • कपिलवस्तुका पर्यटन व्यवसायीद्धारा गणेशधाम अवलोकन

      भरतपुर/होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तुको मेचि–महाकाली पर्यटन प्रबद्र्धधन अभियान २०७७ को यात्रामा सहभागि टोलीले भरतपुरको एक महत्वपुर्ण पर्यटकीय क्षेत्रको रुपमा स्थापित गणेशधामको अवलोकन गरेको छ । विभिन्न जिल्लाहरुमा कपिलवस्तुको पर्यटन प्रवद्र्धन गरेर फर्कने क्रममा भरतपुर ११ स्थित गणेशधाम मन्दीर परिसरमा गणेशधाम संरक्षण समीतीका अध्यक्ष तथा होटल व्यवसायी महासंघ नेपालका वरिष्ट उपाध्यक्ष दिनेश कुमार चुके र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योतीप्रसाद कडेल, उपाध्यक्ष अमीत अधिकारी, सचिव सुरेन्द्र के.सी लगायतले भ्रमण टोलीलाई स्वागत सहित गणशधाम क्षेत्रको अवलोक गराएको हो । सो अवसरमा गणेशधाम तथा चितवनका पर्यटकीय स्थानहरुको बारेमा वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले जानाकारी गराउनु भयो ।...

    • कर सहयोगी श्रमिक संगठन चितवनमा पुनः पौडेलको नेतृत्व

      भरतपुर/नेपाल कर सहयोगी श्रमिक संगठन चितवनको अध्यक्षमा पुनः गोकुल पौडेल निर्वाचित भएका छन् । संगठनको शनिबार सम्पन्न जिल्ला अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । शनिबार १५ सदस्यीय कार्यसमिति चयन भएको हो । संगठनको प्रथम उपाध्यक्षमा पुरुषोत्तम आचार्य, द्धितीय उपाध्यक्षमा शंकर अधिकारी र तृतीय उपाध्यक्षमा सम्झना तिवारी चयन भएका छन् । यस्तै सचिवमा नवराज पोख्रेल, कोषाध्यक्षमा प्रकाश कुमार झा तथा सह–सचिवमा सुनिल आचार्य चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षे हुनेछ । संगठनले व्यवसायी र आन्तरिक राजश्व कार्यालयकाबीच सहयोगीको रुपमा काम गर्ने गर्दछ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल