• होटल व्यवसायीलाई एक दिने अभिमुखिकरण

      भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सोमबार भरतपुरमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथ कार्यालयले चितवनका होटल व्यवसायीलाई एक दिने अभिमुखिकरण तालिम दिएको हो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी र खाद्य निरीक्षक प्रदिप काफ्लेले खाद्य एन र नियमावली, खाद्य स्वच्छता कायम गर्न होटल व्यवसायीले पालना गर्नुपर्ने कुराहरु र स्वच्छताको आधारमा होटल स्तरीकरण गर्ने निर्देशिका २०७५ को वारेमा जानकारी गराउनु भएको थियो । होटल स्तरीकरण तथा लोगो वितरण कार्यक्रम अन्तरगत भरतपुर १२ स्थित होटल जमघटमा आयोजना गरिएको...

    • होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा कँडेल

      भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन शनिबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिपक पौडेल, यज्ञ कार्की, अमित अधिकारी, सुदेश सिवाकोटी, महासचिवमा प्रकाश त्रिपाठी, सचिवमा सुरेन्द्र केसी, कोषाध्यक्षमा राजन श्रेष्ठ, सहकोषाध्यक्षमा गंगा पराजुली, सदस्यहरुमा निरवहादुर गुरुङ, विनोद पौडेल, चन्द्रवहादुर राना, विशाल डल्लाकोटी, सुरेश पौडेल, दानवहादुर आले, मिस्ताखाण पोख्रेल र विष्णु अधिकारी रहनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले राज्यले होटल व्यवसायीलाई विभेद गरेको वताउनु भयो । राज्यले ठुला (स्टार) र साना होटललाई हेर्ने दृष्टिकोण फरक हुने गरेको...

    • ईक्यान चितवनको प्रशिक्षक प्रशिक्षण एवं अन्तरक्रिया सम्पन्न

      भरतपुर/नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको आयोजनामा प्रशिक्षक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ईक्यान चितवनको वार्षिक कार्यक्रम तालिका अनुसार उक्त कार्यक्रम भरतपुर गार्डेन रिर्सोटमा सम्पन्न गरिएको हो । हन्स ग्रुपको सहकार्यमा आयोजित उक्त कार्यक्रममा चितवनमा संचालित शैक्षिक परामर्शदाता सस्थामा जापानीज भाषा पढाउने शिक्षकहरुको सहभागिता रहेको थियो । करिव ६० जना जापानीज भाषाका शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा हन्स ग्रुपका महेश श्रेष्ठ, रामहरी दवाडीलगायतले प्रशिक्षण दिनु भएको ईक्यान चितवनका अध्यक्ष हिम्मत पुरीले जानकारी दिनुभयो । कार्यक्रममा जापानीज भाषा प्रशिक्षण विधि, जापनका शैक्षिक सस्थाहरुको अवस्था र जेसट भाषा परीक्षाको वारेमा प्रशिक्षण दिईएको ईक्यान चितवनका परीक्षा संयोजक दिपकचन्द्र भट्टराईले...

    • नवज्योतिको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

      भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित नवज्योति आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिला शर्मा ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद अचार्य प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आचार्यले शिक्षा विकासको मेरुदण्ड भएको वताउनु भयो । सरकारी विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न राज्यले शिक्षामा लगानी वढाउनु पर्ने वताउँदै उहाले पछिल्लो समय सरकारी विद्यालयमा आकर्षण वढेको वताउनु भयो । निजी विद्यालयको कारण शिक्षामा असमान स्थिती देखिएको वताउँदै उहाले जस्तो सुकै आर्थिक अवस्था भएकाले पनि समान शिक्षाको अवसर पाउनु पर्नेमा जोड दिनुभयो ।...

    • निप्पोनको शाखा वीरेन्द्रनगरमा

      भरतपुर/शैक्षिक परामर्श व्यवसायको अग्रणी सस्था निप्पोन एजुकेशनल सेन्टरको शाखा विस्तार गरिएको छ । चितवनमा मुख्य कार्यालय रहेको निप्पोन एजुकेशनल सेन्टरले मंगलबार एक कार्यक्रमका विच पुर्वी चितवनको वीरेन्द्रनगरमा शाखा कार्यालय स्थापना गरेको हो । विशेषगरि उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने नेपाली विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आवश्यक प्रक्रियामा सहयोग गर्दै आएको उक्त निप्पोन एजुकेशन सेन्टरले वीरेन्द्रनगर शाखावाट जापानसंगै अध्यायनको लागि कोरिया जान चाहाने विद्यार्थीहरुलाई परामर्श सहित भिसा प्रक्रियामा सहयोग गरिने वीरेन्द्रनगर शाखाका प्रमुख राजन पाण्डेले जानकारी दिनुभयो । निप्पोन एजुकेशनल सेन्टरका प्रवन्ध निर्देशक दिपकचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्याव्सनका अध्यक्ष रामकृष्ण पन्त प्रमुख अतिथी रहनु भएको थियो ।...

    • होटल संघको कार्ययोजना तर्जुमा गोष्ठि सकियो

      भरतपुर/होटल व्यवसायी संघ चितवनको दुई दिने योजना तर्जुमा गोष्ठि सकिएको छ । गोष्ठिले अनुमानित खर्च सहित आर्थिक वर्ष २०७७÷७९ कार्यकालमा गर्ने विभिन्न कार्यक्रम निर्माण गरेको छ । गोष्ठिले उक्त आर्थिक वर्षमा संघका सदस्यहरुको क्षमता र दक्षता विकाससंगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्ययोजना गोष्ठिमा जिल्ला र इकाई स्तरका कार्यक्रम तर्जुमा गरिएको होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ इकाइका अध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो । गोष्ठिले आर्थिक वर्ष २०७७/७९ मा व्यवसायीको व्यक्तित्व एवं क्षमता विकास, होटलजन्य फोहर व्यवस्थापन, जनचेतनामुलक कार्यक्रम, व्यवसाय प्रवद्र्धनको लागि विविध कार्यक्रम, रक्तदान, सरसफाईलगायतका कार्यक्रम गर्ने निर्णय गरेको होटल व्यवसायी संघ चितवन अन्तरगत...

    • होटलसंघको दुई दिने कार्ययोजना गोष्ठि सुरु

      सन्तोष देवकोटा भरतपुर/होटल व्यवसायी संघ चितवनको दुई दिने योजना तर्जुमा गोष्ठि शुक्रबारवाट माडीमा सुरु भएको छ । संघको आर्थिक वर्ष २०७७÷७९ कार्यकालको लागि आयोजना गरिएको कार्ययोजना तर्जुमा गोष्ठि उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले उद्योग व्यवसाय प्रवद्र्धनको लागि गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने वताउनु भयो । अर्थतन्त्रले राजनीतिलाई डो¥याउन पर्नेमा जोड दिँदै पौडेलले पर्यटन उद्योगमा होटल व्यवसायको महत्वपुर्ण भूमिका रहेको वताउनु भयो । उद्योगी व्यवसायीको हक हितको लागि आफु सदैव लागिपर्ने वताउँदै उहाले व्यवसायीहरुका विचमा एकता अपरिहार्य रहेको वताउनु भयो । कार्यक्रमका विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं...

    • होटलको स्तरिकरणले व्यवसायी उत्साहित

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले विभिन्न मापदण्डको आधारमा जिल्लाका होटललाई स्तरिकरण गरेपछि होटल व्यवसायमा उत्साह देखिएको छ । गत वर्ष सौराहाका होटल स्तरिकरण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले यसवर्ष नारायणगढका दर्जन वढि होटल स्तरिकरण गरेको थियो । होटलको स्तरिकरण पछि होटल व्यवसायमा उत्साह छाएको होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ वजार इकाईका अध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो । होटलको स्तरिकरण गरेपछि पाहुना (गेष्ट)ले हेर्ने नजर नै परिवर्तन भएको वताउँदै महतोले त्यो भन्दा धेरै होटल व्यवसायी आफैमा अनुशास पैदा भएको दावी गर्नु भयो । पहिले भन्दा होटल व्यवस्थापन, उत्पादिन खाद्यवस्तु र सेवामा गुणस्तर...

    • रोटरी र लायन्सद्धारा छात्रवृत्ति वितरण

      भरतपुर/रोटरी क्लब अफ चितवन र लायन्स क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ ऋषिङ स्थित श्री शिव सरस्वती माध्यमिक विद्यालयमा अध्यायनरत २२ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको ४६ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण गरिएको हो । रोटरी क्लव अफ चितवनले ११ जना, लायन्स क्लव अफ नारायणगढ चित्रवनले ६ जना, वाँकी ५ जनालाई रोटरी क्लव अफ नारायणगढ र धनलक्ष्मी बचत तथा ऋण सहकारी लिमिटेडले छात्रवृत्ति वितरण गरेको रोटरी क्लव अफ चितवनका प्रथम उपाध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनले वितरण गरेको मध्ये पुर्व अध्यक्ष प्रचण्डलाल प्रधानबाट १ जना, पुर्व अध्यक्ष...

    • सुदुरपश्चिमका पर्यटन व्यवसायीलाई चितवनमा स्वागत

      भरतपुर/पर्यटन प्रवद्र्धनको लागि आन्तरिक भ्रमणमा निस्किएको सुदुर पश्चिमका पर्यटन व्यवसायीलाई बुधबार चितवनमा एक कार्यक्रमका वीच नारायणगढ स्थित होटल गंगोत्रीमा स्वागत गरिएको छ । देभ भुमी सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ भन्ने मुल नारा सहित अन्तर प्रादेशिक समन्वायत्मक भ्रमण कार्यक्रम अन्तरगत चितवन आइएपुगेको सुदुर पश्चिमका पर्यटन व्यवसायीहरुको टोलीलाई होटल व्यवसायी महासंघको आयोजनामा स्वागत गरिएको हो । महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेसहित पदाधिकारी एवं केन्द्रियसदस्यहरु, चितवन स्थित होटल तथा पर्यटन व्यवसायीहरुले टोलीमा सहभागिहरुलाई पुष्पगुच्छाले स्वागत गर्नु भएको थियो । स्वागत एवं छलफल कार्यक्रममा वोल्दै नाटा सुदुर पश्चिमका अध्यक्ष माया प्रकाश भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको देशव्यापी प्रचारप्रसार गर्न...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल