• देवनगर दुग्ध उत्पादन सहकारीको सार्वजनिक सुनुवाई सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/श्री देवनगर दुग्ध उत्पादक सहकारी सस्था लि.भरतपुर ६ को आयोजनामा शुक्रबार भरतपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुल एक करोड ७८ लाख रुपैयाँको लागतमा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाईभस्टक सेक्टर इनोभेसन विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौडाको ५० प्रतिशत, लक्ष्मि वैंकवाट ३० प्रतिशत ऋण सहयोग र २० प्रतिशत सस्थाको लगानीमा सम्पन्न हुन गइरहेको आयोजनाले किसानको दुधलाई प्रशोधन, विविधिकरण एवं बजारीकरण गर्नको लागि सार्वजनिक सुनुवाई गरिएको हो । देवनगर दुग्ध उत्पादक सहकारी सस्था लि. का अध्यक्ष रत्नमणि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ६ का वडा अध्यक्ष हरिविलास कोइराला प्रमुख अतिथी रहनु भएको थियो...

    • महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धि सचेतना कार्यक्रम

      सन्तोष देवकोटा भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाको आयोजनामा बुधबार नारायणगढमा स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बालकुमारी कलेज, नारायणगढमा कक्ष ११ र १२ मा अध्ययनरत छात्राहरुलाई सहभागी गराई सो कार्यक्रम गरिएको हो । नेपाल अर्वुद रोग निवारण संस्था चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बालकुमारी कलेज, नारायणगढका क्याम्पस प्रमुख जगदिश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो भने नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय उपमहासचिव बद्रिनाथ पोखरेल, नेपाल अर्वुद रोग निवारण संस्थाका यसस्कर सदस्य बावुराम अधिकारी विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बालकुमारी कलेज प्लस टु संयोजक...

    • होटल संघको इकाई भेला तथा अन्तरक्रिया

      भरतपुर/होटल व्यवसायी संघ चितवन अन्तरगत सम्पुर्ण इकाई भेला तथा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम बुधवार भरतपुरमा सम्पन्न भएको छ । संघका सचिवालय सदस्य एवं सम्पुर्ण इकाईका संयोजक कृष्ण कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमा संघका निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक कमल शर्मा गौतम, उपाध्यक्ष केशव हडखोले, लोकनाथ भट्ट (कृष्ण), महासचिव गोपाल श्रेष्ठ, कोषाध्यक्ष जनक पौडेल, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, माडी इकाई अध्यक्ष गोपाल श्रेष्ठ, मेघौली इकाई अध्यक्ष रामकुमार महतो, शिवघाट इकाई अध्यक्ष डोल बहादुर गुरुङ, भरतपुर इकाई अध्यक्ष राजेन्द्र वोगटीलगायतले वोल्नु भएको थियो...

    • मुक्तकः पानी पानी

      बालकृष्ण खनाल मन अल्ली कस्तो भारी अनि समय बिरानी थियोे खै के ले हो कुन्नी छेउमै भिजेको सिरानी थियो । धमिलो देखियो दृश्य पनि रसाए कि नयन लाग्यो छामी हेरेँ नभन्दै दुई आँखा भरि पानी पानी थियो ।

    • किरण अमरजंग गुरुङ माविमा नयाँ विद्यार्थीहरुको आकर्षण

      भरतपुर/पश्चिम चितवन स्थित भरतपुर महानगर पालिका वडा नं १९ मा किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयमा पछिल्लो समय नयाँ विद्यार्थीहरुको भर्नाका लागि रोजाइको आकर्षण वनेको छ । बसाई स्थानान्तरणका कारणले होस वा सस्थागत विद्यालयवाट सरकारी विद्यालयमा भर्ना हुनका लागि किन नहोस् विद्यार्थीको प्राथमिकतामा उक्त विद्यालय परेको छ । विद्यालयको व्यवस्थापकीय परिवर्तनका कारणले गर्दा विद्यार्थी र अभिभावकहरुको रुचिमा विद्यालय परेको स्थानीय अभिभावकहरु वताउँछन् । नयाँ विद्यार्थीहरुलाइ आकर्षणका लागि विद्यालयले निरन्तर रुपमा प्रभावकारी शिक्षण सिकाईका योजनावद्ध कार्यक्रमहरु ल्याइएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारी वताउनु भयो । विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीहरुलाइ निशुल्क पोशाक वितरण कार्य लाई समेत निरन्तरता दिईदै आएको जनाइएको छ...

    • मानव अधिकार र स्वतन्त्रताको माग गर्दै प्रदर्शन

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा आइतबार भरतपुर स्थित चौविसकोठीमा प्रदर्शन गरेको छ । रास्ट्रसंघ स्थापना दिवसमा अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणको लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाइ आग्रह गर्दै आधाघण्टा प्रदर्शन गरिएको मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति सम्भु राउतले जानकारी दिनुभयो । शाखा उप–सभापति बिन्दु खनालको सभापतित्वमा सम्पन्न प्रदर्शन कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष जगन्नाथ पुडासैनी, पुर्ण चन्द्र चापागाईं, खेम राज अधिकारी, रितु न्यौपाने, तारा पौडेल, रबिन खतिवडालगायतको उपस्थिती रहेको थियो ।

    • किवानिज क्लव अफ नारायणीको ‘किवानिज वान डे‘ आदर्श गृहमा

      सन्तोष देवकोटा भरतपुर/बालबालिकाको सुरक्षा र संरक्षणको क्षेत्रमा क्रियाशिल सामाजिक सस्था किवानिज क्लव अफ नारायणीले भरतपुर ४ स्थित आदर्श गृहमा ‘किवानिज वान डे‘ कार्यक्रम गरेको छ । विश्वका ८१ मुलुकमा फैलिएको किवानिज क्लवले शनिबार अक्टोवर २३ का दिन किवानिज डे मनाउने निर्णय अनुरुप किवानिज क्लव अफ नारायणीले पनि असाहाय वालवालिकाहरु संरक्षित आदर्श गृहमा विविध कार्यक्रम गरि किवानिज डे मनाएको हो । सो अवसरमा गृहमा आश्रीत वालिकाहरुको एक छाक खानाको लागि ९ हजार रुपैया हस्तान्तरण गरिएको थियो भने प्रतियोगितात्म प्रश्न उत्तर कार्यक्रम गरि विजयीलाई पुरस्कार वितराण गरिएको थियो । किवानिज क्लव अफ नारायणीका सस्थापक अध्यक्ष वद्रीनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श...

    • मुक्तकः हुन्छ

      बालकृष्ण खनाल अक्सर दुई आत्मिक मनहरूको विचमा भुगोलको एउटा दुरी हुन्छ बाहिर देखिँदैन भित्रभित्रै रेटिईरहने परिस्थितिको एउटा छुरी हुन्छ । मिलन गराउने चाहना नहुने त काँहाँ होला र खै ? देउतालाई पनि सायद भगवानको समेत आफ्नै किसिमको बाध्यता र मजवुरी हुन्छ ।

    • चितवन चनौली शीतभण्डार सहकारीको शुभकामना आदानप्रदान तथा चियापान

      सन्तोष देवकोटा भरतपुर/चितवन चनौली शीतभण्डार सहकारी सस्था लिमिटेड चनौलीको आयोजनामा मंगलबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । बडादशैं, शुभदिपावली, छटपर्व लगायतका पर्वको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी प्रमुख अतिथी रहनु भएको थियो । सहकारीको संरक्षक समेत रहनु भएकी मन्त्री रेग्मीले चितवन चनौली शीतभण्डार सहरकारीले समुदायमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नु भयो । कार्यक्रममा वोल्दै मन्त्री रेग्मीले उक्त सहकारी शीतभण्डारको कारण चितवनकै नमुना सहकारी बन्न पुगेको वताउँदै उहाले चितवनका कृषकहरुको उत्पादन बृद्धि र सुरक्षित भण्डारणको लागि उक्त सहरकारीले जोड दिनु पर्ने वताउनु भयो । सहरकारीको बृहत्तर विकासको लागि आफु...

    • किरण अमरजंग गुरुङ मा.विका नयाँ विद्यार्थीलाइ पोशाक वितरण

      भरतपुर/लामो समय देखि गुणस्तरीय शिक्षालाइ जोड दिँदै आएको भरतपुर १९ स्थित किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयले विद्यालयमा नया भर्ना भएका विद्यार्थीहरुलाइ निशुल्क पोशाक वितरण गरेको छ । पश्चिम चितवनको ग्रामिण क्षेत्रमा रहेको विद्यालयले समाजका वालवालिकाहरुलाइ विद्यालय भित्रल्याउन शैक्षिक योजनाका साथै भौतिक सहयोगका योजनाहरु कार्यन्वयनमा ल्याएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारीले जानकारी दिनुभयो । सोही योजना अनुसार वुधवार आयोजित एक कार्यक्रममा नया भर्ना भएका छात्र छात्राहरुलाइ निशुल्क पोशाक वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष तिमिल्सिनाको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका सदस्यहरु शान्ती लामा, आशा गुरुङ, सहायक प्रधानाध्यापक योगमाया गुरुङ लगायतको उपस्थीति रहेको थियो । सहायक प्रधानाध्यापक एवं शिक्षक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल