सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनले गैडाकोट १० पितौजी स्थित दुर्गा आधारभूत विद्यालयलाई एक औपचारिक कार्यक्रमका विच ईलाईब्रेरी उद्घाटन एंवं हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर सन्तोष रिजालले लाईब्रेरीको उद्घाटन गर्नु भएको हो । रोटरी क्ल्वको पहल र लगानीमा विद्यालय हाताभित्र निर्माण गरिएको लाईब्रेरी सोहि अवसरमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । सोहि अवसरमा विद्यार्थीहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले एलईडी टिभिसमेत हस्तान्तरण गरिएको थियो । रोटरी क्लव अफ चितवनले दुर्गा आधारभूत विद्यालयलाई १६ थान कम्प्युटर सहयोग गरि विद्यालयमा लाइब्रेरी स्थापना गरिएको परियोजना संयोजक एवं रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेले...
तनहुँ/रोटरी अन्तराष्ट्रिय डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रक गभर्नर संन्तोष रिजाललाई तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भुजेल बस्ती साउनेमा आईपुग्दा जलदेवी आमा समुहले आफ्नो परम्परागत रूपमा भव्य स्वागत गरेको छ । डिष्ट्रक्ट गभर्नर रिजाल रोटरी क्लब अफ नारायणगढ चितवनको आयोजनामा भुजेलबस्तीमा निर्माणधिन बालशिक्षा केन्द्र भवनको अवलोकन कार्यक्रममा आउनु भएको हो । यो साउने गाँउ नारायणगढ रोटरी क्लवको सामुदायीक गाँउ पनि हो । डिष्ट्रक्ट गभर्नर रिजालले निर्माणधिन बाल शिक्षा भवनको अवलोकन पछी कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाहरू भनेको देशको कर्णधार हुन् हामीले सानै उमेरबाट बालबच्चाहरू लाई राम्रो शिक्षा दिएर अघि बढाउन सक्यो भने पछि गएर समुदाय र देशको उदाहरणिय व्यक्ति बन्न...
सन्तोष देवकोटा भरतपुर/रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर सन्तोष रिजालले रोटरी क्लव अफ चितवनद्धारा संचालित विभिन्न कार्यक्रम एवं गतिविधि अवलोकन गर्नु भएको छ । डिष्ट्रिक गभर्नर रिजालले शुक्रबार देवघाट स्थित रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालयको अवलोकन गर्नु भएको छ । अवलोकन पछि करुणलयमा आयोजित कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गभर्नर रिजालले रोटरी करुणालय संचालन गरेर रोटरी क्लव अफ चितवनले बृद्धबृद्धाको संरक्षणको क्षेत्रमा उदाहारणीय काम गरेको वताउनु भयो । साथै उहाले रोटरी करुणालयको लागि एक लाख एक हजार रुपैया आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । यसैगरी गभर्नर रिजालकी धर्मपत्नी नविनता रिजालले आफ्नो छोरी श्रेया...
सन्तोष देवकोटा भरतपुर/कालिका १ सुर्यपुर स्थित राष्ट्रिय आधारभूत विद्यालय समिपुर यतिवेला आम विद्यार्थी र अभिभावकको पहिलो रोजाई वन्न पुगेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी र सचेत अभिभावकको अथक प्रयासले अहिले विद्यालय यो अवस्थामा आईपुगेको हो । १० वर्ष पहिले विद्यार्थीसंख्या घटेर मर्जको तयारीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयले अहिले पुर्नजिवन मात्रै पाएन आम वडावासी विद्यार्थी र अभिभावकको पहिलो रोजाई वन्न पुग्यो । अंग्रजी माध्यमको पढाई र शैक्षिक गुणस्तरको कारण विद्यालयमा विद्यार्थीको आकर्षण वढेको वताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर खड्काले स्रोत साधन र भौतिक संरचनाको अभावले गर्दा भर्ना हुन आएका सवै विद्यार्थीलाई भर्ना लिने अवस्था नरहेको जानकारी...
भरतपुर/विश्वभर फैलिएको कोरोना संक्रमणको कारण संकटमा परको पर्यटन प्रवद्र्धनको लागि शक्ति युवा मञ्च चितवनले दुई दिने अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पर्यटन क्षेत्रलाई चलायमान वनाउन आन्तरिक पर्यटकको भुमिका महत्वपुर्ण हुने भएको वताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम आयोजना गरिएको मञ्चका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक वसन्त पोखरेलले जानकारी दिनुभयो । कोरोना संक्रमणले गर्दा थलिएको होटल व्यवसायलाई प्रवद्र्धन गर्न मञ्चले फिस्लिङ क्षेत्रको अवलोकन भ्रमण र गोरखा विच होटलमा बनभोज कार्यक्रम गरेको हो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपानेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष देवकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपाने, उपाध्यक्ष कृष्णचन्द्र...
भरतपुर/पश्चिम चितवनको भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरको स्वर्ण महोत्सव २०७८ को तयारी तीब्र पारिएको छ । शिक्षक अभिभावक तथा सरोकारवालाहरुको भेलाले स्वर्ण महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति निमार्णा गरि तयारी तीब्र वनाएको हो । स्वर्ण महोत्सव सम्पन्न गर्न बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुदिप सुबेदीको सम्योजकत्वमा १००१ सदस्यीय मुल आयोेजक समिति, ३०१ सदस्यीय सचिवालय समिति, १७ सदस्यीय स्टेण्डिङ कमिटी र १३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि आर्थिक संकलन गर्ने उदेश्यले स्वर्ण महोत्सव आयोजना गरिएको विद्यालयका अध्यक्ष सुवेदीले वताउनु भयो । भेलाले विभिन्न १८ वटा उपसमिति...
बालकृष्ण खनाल देशको अबस्था बुझ्न त्रिशूलीमा बालुवा चाल्ने आमाहरूलाई हेर्नुपर्छ मात्र छाक टार्नकै लागि अरूको भित्तो टाल्ने आमाहरूलाई हेर्नुपर्छ । ईन्डक्सन चुलो र बिजुली गाडीको कुरा गरेर मात्रै हुँदैन है सरकार पहिला बत्तिलाई झरो र चुल्होमा दाउरा बाल्ने आमाहरूलाई हेर्नुपर्छ ।
भरतपुर/सिभिल बैंकले विविध कार्यक्रमको आयोजना गरि आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा सिभिल वैंक नारायणगढ शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । चितवनमा वढ्दो रगत अभावको समस्या कम गर्ने हेतुले वैकको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरिएको सिभिल वैंक नारायणगढ शाखा प्रमुख विप्लव राउतले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखा र क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ३२ जनाले रक्तदान गरेको सिभिल वैंक नारायणगढ शाखाका अप्रेसन इन्र्चाज केशव प्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसैगरी सिभिल बैंक केन्द्रिय कार्यालयले वैंक संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डको प्रमुख अतिथ्य...
भरतपुर/नेकपा (माओवादी केन्द्र) भरतपुर १३, को वडा कमिटी अध्यक्षमा सुदिप सुवेदी निर्वाचित भएसंगै वडावासी उत्साहित वनेका छन् । विकासप्रेमी युवा नेताको रुपमा परिचित सुवेदी नेकपा माओवादी केन्द्र भरतपुर १३ को वडा अध्यक्षमा निर्वाचित भएपछि वडाको मुहार फेरिने अपेक्षासहित वडावासीमा उत्साह छाएको हो । आफु चाहेको भए पार्टीको अझै माथिल्लो पदमा जानसक्ने वताउँदै नवनिर्वाचित वडा अध्यक्ष सुवेदीले आफ्नो वडाको समग्र विकास र समृद्ध वडा निर्माणको लागि आफुले वडा अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘मैले चाहेको भए अझै माथिको पद लिन सक्ने थिए, तर मेरो गाउँ र वडाको विकास मेरो लागि महत्वपुर्ण कुरा हो ।‘ भरतपुर...
बालकृष्ण खनाल सम्बन्ध हेर्दा नदेखिने तर नहुँदा महशुस हुने नून जस्तै हुनुपर्छ बरू बाहिर आफू चिसिएर भित्र न्यानो दिने ऊन जस्तै हुनुपर्छ । देखिन नक्कली पनि सक्कली जस्तै देखिन्छ जलप रहँदासम्म जतिसुकै कसी लाएनी फरक नपर्ने अकबरी सुन जस्तै हुनुपर्छ । लाखौं भएर न उज्यालो दिने धर्तीमा न बाटो देखाउने तारा भन्दा एक्लै झुल्किएर संसारलाई उज्यालो बनाउने जून जस्तै हुनुपर्छ । वाक्य एउटै हो कुनैले दवाई हुन्छ कुनैले तवाही हुन्छ जगतमा वोली त सुनेरै निदाईने आमाको मिठो लोरी धून जस्तै हुनुपर्छ । बर्षाैँ सम्म सहेर नि आँधीहुरी, घामपानी कयौँ असहजताहरू पलपल घर चम्काईरहने भित्तामा पोतिएको चून जस्तै हुनुपर्छ ।
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...