• स्व. उमा कुमारी खत्री स्मति प्रतिष्ठान स्थापना

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १२ मा स्व. उमा कुमारी खत्री स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । एक करोड रुपैयाँवाट उक्त प्रतिष्ठान स्थापना गरिएको हो । वि.सं. २०१० सालमा जन्मिएर २०३२ सालमा लम्जुङवाट हाल भरतपुर १२ आस्थाटोल निवासी उमा कुमारी खत्रीको यहि पुस १४ गते ६८ वर्षको उमेरमा निधन भएको थियो । स्व. उमा कुमारी खत्रीको स्मृतिमा परिवारजनले उक्त प्रतिष्ठान स्थापना गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतवार एक औपचारिक कार्यक्रमका विच व्यानर अनावरण गरि प्रतिस्ठानको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले दिवंगत आमाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिष्ठानले समाजमा रहेका दुखी, उत्पीडनमा परेका र...

    • होटल व्यवसायी महासंघको नवौँ साधारणसभा भैरहवामा

      भैरहवा/होटल व्यवसायी महासंघ नेपालको नवौँ वार्षिक साधारणसभा भैरहवामा सुरु भएको छ । महासंघका अध्यक्ष हिराध्वज शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष शाहले होटल व्यवसायीहरुलाई परेका समस्याहरुको सम्बोधन गर्न २० बुँदे माग सहितको प्रतिवेदन पेश गर्दै ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आलेले महासंघको मागहरु सम्बोधन गर्दै होटल व्यवसायीहरुको समस्याको समाधानको लागि आफू निरन्तर लाग्ने र व्यवसायीहरुका समस्यालाई समाधानको लागि ७ जनाको व्यवसायी प्रतिनिधिहरु लिएर आउन र छलफल गरी समस्याको समाधान गर्न तत्पर रहेको बताउँनु भयो । साथै मन्त्री आलेले...

    • चितवन महोत्सवको पुर्वसन्ध्यामा साइकल र्याली

      भरतपुर/१३ औ संस्करणको चितवन महोत्सव २०७८ को पूर्व सन्ध्यामा उद्योग बाणिज्य संघ चितवन, साइकल व्यावसायि संघ चितवन– नबलपुर र चितवन साइकल राइडर्स क्लवको संयुक्त आयोजनामा शनिबार बृहत साइकल ¥याली संपन्न भएको छ । उद्योग बाणिज्य संघ चितवन परिसरवाट बिहान शुरू भएको साइकल ¥याली हरिहर मार्ग, मेनरोड, पोखरा बसपार्क, दियालो बंगला, बाइपास रोड हुदै हाकिम चोक, चौबीसकोठी, शहीद चोक वाट बेलचोक, बाहृघरे, पुलचोक, शाहिदचोक, मिलनरोड, हुँदै उद्योग बाणिज्य संघमा आएर समापन भएको साइकल र्यालीमा ज्ञद्धण् जनाको सहागीता रहेको थियो । चितवन महोत्सव मुल आयोजक समितिका खुलकुद संयोजक विकास थापाको संयोजनमा भएको उक्त कार्यक्रमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एबम् महोत्सव...

    • भरतपुर १५ द्वारा स्वास्थ्य स्वयंसेवीकाहरुलाई साइकल बितरण

      सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका वडा नंम्वर १५ ले स्वास्थ्य सेवा सहजताको लागि साईकल वितरण गरेको छ । वडा कार्यालयले वडामा कार्यरत १६ जना स्वयं सेवीकाहरुलाई साइकल वितरण गरिएको हो । वडा कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साईकल हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष शम्भुबहादुर भण्डारी, वडा सदस्य बीरबहादुर लामा, फूलबारी स्वास्थ्य चौकीकी प्रमूख सुनीता ढकाल, वडा कार्यालयका सचिव जनक पाठकले महिला स्वास्थ्य स्वयमंसेविकाहरुलाई साइकलको चाबी हस्तान्तरण गर्नुभएको थियो । वितरण गरिएको साईकलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रदान गर्ने स्वास्थ्य सेवा थप छिटो, छरितो र प्रभावकारी हुने वडा अध्यष भण्डारीले वताउनु भयो ।

    • विमानस्थल प्रशासनको ध्यान सुरक्षा जोखिम न्यूनिकरणमा

      सन्तोष देवकोटा भरतपुर/भरतपुर विमानस्थलमा सरसफाई र सुरक्षा जोखिम न्यूनिकरणको कामलाई तिव्रता दिइएको छ । विस्तारको तयारीमा रहेको भरतपुर विमानसस्थलमा नयाँ कार्यालय प्रमुख आएसंगै सम्भावित क्षति न्यूनिकरण गर्न सुरक्षा जोखिमको पाटोमा कामले तिव्रता पाएको हो । भरतपुर विमानस्थल प्रमुख परवेज आलाम सिद्धिकले आफु आएपछि मुख्यगरि विमानस्थालमा हुनसक्ने जोखिम न्यूनिकरणको क्षेत्रमा ध्यान दिएको वताउनु भयो । विमानस्थलको लागि सवैभन्दा ठुलो चुनौती भनेकै हवाई सुरक्षा भएको वताउँदै सिद्धिकले हवाई सुरक्षा जोखिम न्यूनिकरणको लागि वाइल्डलाईफ हाजाड कन्ट्रोल एण्ड म्यानेजमेन्टमा ध्यान दिनुपर्ने वताउनु भयो । आवश्यक सरसफाईको अभावमा विमानस्थलको रनवेमा स्याल लगायतका जनावरहरुले विमान उडान र अवतरणमा समस्या उत्पन्न गर्ने गरेको पाए पछि आगामी...

    • आदर्श सहकारीको कार्यसमितिले पुर्णता पायो

      भरतपुर/भरतपुर १० दूरसंचारमार्ग स्थित आदर्श बचत तथा ऋण सहकारी सस्थाका नवनिर्वाचित कार्यसमतिले पुर्णता पाएसंगै पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सहकारीको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनवाट निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण संगै पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले भानुभक्त कँडेलको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो । कार्यक्रममा वोल्दै नवनिर्वाचित अध्यक्ष कँडेलले आगामी दिनमा सहकारीले उत्पादन मुलक क्षेत्रमा जोड दिने वताउँदै सदस्यहरुलाई स्वारोजगार वनाउने तर्फ ध्यान दिने वतउनु भयो । नवगठित समितिको उपाध्यक्षमा पवित्रा के.सी., सचिवमा शारदा...

    • एकता पछि त्रिदेव यातायात प्राली घोषणा

      सन्तोष देवकोटा भरतपुर/जिल्लामा क्रियाशिल तीन वटा यातायात प्रालीहरुका विचमा एकता भएको छ । तीन पाँग्रे अटो व्यवसायीहरुको सस्था एकता यातायात प्राली, मुक्तीनगर यातायात प्राली र स्पन्दन यातायात प्रालीको विचमा बुधबार एक कार्यक्रमको विच एकता घोषणा गरिएको हो । तीन वटा सस्थाको एकता पछि त्रिदेव यातायात प्राली नामाकरण भएको छ । त्रिदेव यातायात प्रालीका अध्यक्ष विरेन्द्र लामिछानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मिलन बाबु श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा तीन पाँग्रे सवारी साधनका रुट र लाईसेन्स प्राप्तिका सास्याको वारेमा छलफल...

    • नारायणी पब्लिक स्कुलमा जनचेतना कार्यक्रम

      भरतपुर/भरतपुर ११ स्थित नारायणी इ पब्लिक स्कुलले समय सापेक्ष अनुसार आएको परिवर्तनमा बालबालिकालाइ मौसम अनुसार कसरि ख्याल गर्ने भन्ने बारेमा स्वास्थ जनचेतना कार्यक्रम संचालन गरेको छ । भरतपुर अस्पतालका बरिष्ठ बालरोग, नवजात शिशु तथा अति सघन उपचार विशेषज्ञ डा ओमकृष्ण पाठक मुख्य बक्ता रहेको उक्त कार्यक्रमको अध्यक्षता बिद्यालयका प्राचार्य बेदराज न्युपानेले गर्नु भएको थियो । कार्यक्रममा बिद्यालय संचालन समिति सदस्य अनिता खनाल, +२ कार्यक्रम संयोजक जनकराज घिमिरे, बिद्यालय ब्यबस्थापन सदस्य भवानी अधिकारीलगायतले मन्तव्य राख्नु भएको थियो । डा पाठकले मुलत जाडोमा बालबालिकामा देखिने समस्या, त्यसका कारण तथा बच्ने उपायको बारेमा अविभावक हरुलाई जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा करिब...

    • पोल्ट्री दिवसमा विद्यार्थीलाई अण्डा वितरण

      सन्तोष देवकोटा भरतपुर/नवौ राष्ट्रिय पोल्ट्री दिवस २०७८ को अवसरमा मंगलपुर स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई कुखुराको मासु र अण्डा वितरण गरिएको छ । नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा मन्चका उपाध्यक्ष डा रेवन्त कुमार भट्टराईको नेतृत्वमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मञ्चका महासचिव रामलाल भुसाल, सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, मनोज रानाभाट, दिपेस श्रेष्ठलगायतको सहभागिता हरेको थियो । कार्यक्रममा ४५० जना बिद्यार्थीलाई स्वास्थको लागि कुखुराको मासु र अण्डाको महत्व माथि प्रकाश पार्दै अण्डा बितरण गरिएको हो । यसैगरी पोल्ट्रि दिवसकै अवसरमा पौष १५ गते बिहान ८ बजे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा, पौष १६ गते बिहान...

    • सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरणको प्रमाणपत्र वितरण

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनले सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरणको प्रमाणपत्र वितरण गरेको छ । खाद्य स्वच्छताको आधारमा स्तरीकरण गरिएका होटल तथा रेष्टुरेन्टहरुलाई सौराहामा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको हो । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराको साथ खाद्यय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ६ का अध्यक्ष वलराम दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले होटल तथा रेष्टुरेन्टको खाना र खाजाले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा खाद्य...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल