• देवघाट क्षेत्रमा माछा मार्न निषेध

      भरतपुर/देवघाट क्षेत्र विकास समिति तनहुँले देवघाट क्षेत्रमा माछा मार्न निषेध गरेको छ । देवघाट स्थित नदी क्षेत्रका स्नानस्थल र शवदाहस्थलको नजिक वातावरणमा नै खलल पुग्ने गरि माछा मार्ने गरिएको र सो कार्यवाट देवघाटधामको गरिमा र महिमामा ह्रास आउनुको साथै अमर्यादित र अशोभनीय भएको ठहर गर्दै समितिले सार्वजनिक सूचना मार्फत देवघाट क्षेत्रका नदिमा माछा मार्न निषेध गरेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरेद्धारा बुधबार जारी सार्वजनिक सूचनामा त्रिशुली र कालीगण्डकी नदीको संगम स्थलबाट तीनैतर्फ ५ सय मिटर (कालीगण्डकी तर्फ सीतागुफा, त्रिशुली तर्फ झोलुंगे पुल र नारायणी तर्फ दाहसंस्कार स्थल)सम्म माछा मार्न निषेश गरिएको छ ।...

    • गजलः कोरोना

      विन्दु देवकोटा घिमिरे पालुङ्टार ४, गोरखा कस्तो जीवाणु आयो कुन्नी सन्सार तहसनहस बनायो उसैले चर्चा कमाइ रह्यो सर्वत्र आफ्नै बहस बनायो । एकछत्र राज गर्दै छ उ बिज्ञान का अस्त्रलाई हराउँदै क्या अजिब छ उ सन्सार जित्ने अदम्य साहस बनायो । दुनियाँ त्राहि त्राहि छ यतिबेला रोकिएको छ बिकासकोगति बन्दी बनाएर मानव लाई जीवन जिउन सकस बनायो । खाने गास को त के कुरा फेर्ने सासको अभाव छ यहाँ तड्पी तड्पी बाच्नु पर्ने जीन्दगी कस्तो कर्कश बनायो । भो अब लेख्दिन भन्छु उसको बारेमा गीत र गजल फेरी पनि उसको यो हर्कतले मलाई खस खस बनायो ।

    • चितवनका होटल क्वारेन्टिनको लागि तयारः व्यवसायी

      भरतपुर/पछिल्लो समय चितवनमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ । पहिलो चरणको कोरोना संक्रमण पुर्ण रुपमा नियन्त्रण हुन नपाउँदै आएको दोस्रो चरणको कोरोना संक्रमणले झनै विकराल अवस्था सृजना गरेको छ । चितवनमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या वढ्दै गएको छ । यस पटकको संक्रमण गतवर्षको भन्दा पनि खतरनाक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । यस पटकको कारोना संक्रमणले संक्रमितको मृत्युदर पनि वढेको छ । दोस्रो चरणको कारोना संक्रमण झनै वढ्ने स्वास्थ्कर्मीहरुको अनुमान छ । कोरोना संक्रमण संगै विरामीको संख्या बढेपछि चितवनका अस्पतालका बेड कोरोनाका विरामीले भरिन थालेका छन् । कतिपय निजी अस्पतालहरुले त वेड खाली भए पनि विरामीको उपचारमा आनकानी गर्ने...

    • पर्यटनमन्त्री ढकालद्धारा गणेशधाम अवलोकन

      भरतपुर/सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले भरतपुर ११ स्थित गणेशधामको अवलोकन गर्नु भएको छ । माडीस्थित अयोध्यापुरीमा राम–सीताको मुर्ती प्रतिस्थापन गर्ने कार्यक्रमका लागि चितवन आउनु भएका मन्त्री ढकालले मंगलबार जिल्लाकै महत्वपुर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित गणेशधामको अवलोकन गर्नु भएको हो । गणेशधाको अवलोकन गर्दै मन्त्री ढकालले निर्माणाधिन रहेको गणेशधाममा सरकारको तर्फवाट पनि सक्दो सहयोग गर्ने वताउनु भयो । गणेशधाम स्थित निर्माणाधिन कैलाश पर्वतसमेत चढ्नु भएका मन्त्री ढकालले कैलाश पर्वत नयाँ कन्सेप्ट भएको हुँदा यसले गणेशधामकै गरिमा वढाएको धारणा व्यक्त गर्नु भयो । कैलाश पर्वत अवलोकनको क्रममा अनौपचाकि कुरा गर्दै मन्त्री ढकालले गणेशधामलाई हरियालीपुर्ण वनाउनु आवश्यक रहेको वताउनु...

    • दुईदिने हस्पिटालिटी म्यानेजमेन्ट तालिम सकियो, व्यवसायीक विकासको लागि एकजुट हुन महानगर प्रमुख दाहालको आग्रह

      भरतपुर/होटल व्यवसायी महासंघ नेपाल र नेपाल पर्यटन वोर्डको संयुक्त आयोजनामा चितवनमा संचालित दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट तालिम सकिएको छ । काठमाण्डौ उपत्यका बाहिर चितवन पुल्चोक स्थित होटल गंगोत्री प्रा.लिमा संचालित उक्त तालिम शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेको आध्यक्षतामा सम्पन्न समापन समारोहमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमा वोल्दै प्रमुख अतिथी दाहालले सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई व्यवसायीहरुको अधिकार र व्यवसायीक विकासको लागि एकजुट भई अघि बढ्न आग्रह गर्नु भयो । साथै भरतपुर महानगरपालिका भित्र रहेका सम्पूर्ण होटल तथा रेष्टुरेन्ट...

    • चितवनमा हस्पिटालिटी म्यानेजमेन्ट तालिम सुरु

      भरतपुर/होटल व्यवसायी महासंघ नेपाल र नेपाल पर्यटन वोर्डको संयुक्त आयोजनामा शुक्रवारवाट नारायणगढमा दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट तालिम सुरु भएको छ । उक्त तालिम काठमाण्डौ उपत्यका बाहिर होटल गङ्गगोत्री प्रा.लि, पुल्चोक, नारायणगढ, चितवनमा सञ्चालन भएको छ । तालिमको समुद्घघाटन समारोहको सभाध्यक्षता होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले गर्नु भएको थियो भने कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी रेग्मीले हिजोको दिन सम्म ठूला होटलहरुलाई मात्र समेटी अगाडि बढीरहेकोमा हाल नेपालको परिवेश अनुसार साना तथा मझौला हजारौँ होटल व्यवसायीहरुलाई समेट्दै अगाडि बढीरहँदा खुसी लागेको र होटल व्यवसायी महासंघ...

    • होटल संघको मुग्लिन इकाई कार्यालय उद्घाटन

      भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन अन्तरगत मुग्लिन ईकाईको कार्यालय बिहीबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । मुग्लिन, कुरिनटार लगायतका क्षेत्रका होटल व्यवसायीहरुको सक्रिय सहभागितामा कार्यक्रमका प्रमुख अतिथी इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङले इकाई कार्यालयको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी गुरुङले पर्यटन विना मुलुकमा आर्थिक समृद्धि असम्भव रहेको वताउँदै पर्यटन प्रवर्दनमा जोड दिनुपर्ने वताउनु भयो । विश्वभर फैलिएको कोरोना संक्रमणको कारण मुलुकको पर्यटन क्षेत्र तहसनहस हुन पुगेको वताउँदै उहाले वाह्य पर्यटन ठप्प रहेको अवस्थामा आन्तरिक पर्यटनले मुलुकलाई आर्थिक रुपमा चलायमान वनाउनु पर्ने धारणा राख्नुभयो । पर्यटन प्रवद्र्धनको लागि होटल...

    • होटल संघको क्यालेण्डर विमोचन र शुभकामना आदानप्रदान

      भरतपुर/होटल व्यवसायी संघ–चितवनको आयोजनामा आइतबार क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघले प्रकाशन गरेको वि.सं. २०७८ को क्यालेण्डर आइतबार एक कार्यक्रमका विच विमोचन गरिएको हो । भरतपुर स्थित होटल जमघटमा भएको कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोभिडका कारण पर्यटन क्षेत्र सवैभन्दा वढि प्रभावित भएको वताउँदै राज्यले राहतका प्याकेज ल्याउनु पर्नेमा जोड दिनु भयो । राज्यले होटल व्यवसायीलाई व्याजदर छुट गरे पनि वैकहरुले व्याजदर छुट गर्न आनाकानी गरेको वताउँदै पाएको अधिकार लढेर लिनुपर्ने वताउनु भयो । व्याज छुटको अवसर लिन चाहाने होटल व्यवसायीलाई महासंघमा सम्पर्क गर्न आग्रह...

    • इच्छाकामनाका होटलको स्तरिकरण र लोगो वितरण

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इच्छाकामनाका होटलहरुको स्तरिकरण गरि लोगो वितरण गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र होटल व्यवसायी संघ चितवन अन्तरगत मुग्लिन इकाईको सहयोगमा इच्छाकामनाका हाईवे क्षेत्रका होटलहरुको स्तरिकरण गरिएको हो । विभिन्न मापदण्डको आधारमा वार्षिक कार्यक्रम अन्तरगत विभागले होटलहरुको स्तरीकरण गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भिमप्रसाद पुलामीको अध्यक्षतामा सम्पन्न होटल स्तरिकरण तथा लोगो वितरण कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ प्रमुख अतिथी रहनु भएको थियो । होटलको स्तरिकरण पछि सरसफाई, हाइजेनिक खाद्यवस्तु र व्यवस्थापनको पक्षमा सुधार आउनु जरुरी रहेको...

    • सैनामैनाका होटल व्यवसायीलाई चितवनमा स्वागत, आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड

      भरतपुर/विभिन्न जिल्लाको भ्रमणमा निस्किएको सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहिका भ्रमण टोलीलाई मंगलबार चितवनमा स्वागत गरिएको छ । होटल व्यवसायी महासंघ, होटल व्यवसायी संघ चितवन र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा नारायणगढ स्थित होटल गंगोत्रीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले सैनामैनाका होटल व्यवसायीलाई आफ्नो क्षेत्रमा स्वागत गर्न पाउँदा खुशि व्यक्त गर्नुभयो । कोरोनाको कारण थलिएको पर्यटन क्षेत्र जुरमुराउन लागेको वर्तमान अवस्थामा फेरि कोरोना संक्रमणको जोखिम वढेसंगै लगानीको सुरक्षा गर्न कठिनाई परेको वताउनु भयो । होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल