• लंकुमा गुरुकुल छात्रावास भवनको शिलान्यास

      भरतपुर/भरतपुर ४ स्थित धर्मचोक, लंकुमा रहेको श्रीलक्ष्मी वैकुण्ठनाथ मन्दिरद्वारा संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्) को छात्रावास भवन शिलान्यास गरिएको छ । वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा उक्त विद्याप्रतिष्ठानका प्रधान संरक्षक स्वामी जगन्नाथाचार्य, शुकदेव भागवत आश्रम गैंडाकोट नवलपुरका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्य, विद्याप्रतिष्ठानम् भौतिक पूर्वाधार निर्माण गुरुयोजना समितिका संयोजक बाबुराम खरेल, त्रिदण्डिदेव संस्कृत महाविद्यालय अयोध्याका भूतपूर्व वेदान्त विभागाध्यक्ष श्रीनिवासाचार्य, गुरुकुलका पूर्व प्राचार्य आचार्य दामोदर सापकोटा, गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष भागीरथ कंडेल, गुरुकुल संचालक समितिका पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटा, गुरुकुल संचालक समितिका उपाध्यक्ष लक्ष्मीधर अर्याल, सदस्य कमलनयन कंडेल, गुरुकुलका शिक्षकहरू माधव सापकोटा, डिल्लीप्रसाद सुवेदी, कृष्ण...

    • महिला स्वयंसेविकालाई साईकल बितरण

      भरतपुर/भरतपुर महानगरपालिका वार्ड नं. ८ ले भरतपुर स्वास्थ्य चौकी अन्तर्गत रहेर कामगर्दै आएका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकालाई साईकल बितरण गरेको छ । आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा ६ जना महिला स्वयंसेबिकाहरुलाई साईकल बितरण गरिएको हो । भरतपुर महानगरपालिका वडा नं ८ का कोभिड–१९ को सक्रमितहरुको स्वास्थ्य स्थिती, विपन्न बालबालिकाको लगत संकलन गर्न र नियमित स्वास्थ्य सम्वन्धि जनचेतना दिदै आएका स्वास्थ्य सामुदायिक महिला स्वयं सेविकाहरुको कामलाई सहज होस् र थप हौसला मिलोस भनेर प्रोत्साहन स्वरुप साईकल बितरण गरिएको भरतपुर महानगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष दामोदर न्यौपानेले बताउनुभयो । वडाध्यक्ष न्यौपानेले जनताको स्वाथ्यको क्षेत्रमा कुनै कमजोरी हुन नदिनका लागि...

    • फेन्सी साकोसको पदहस्तान्तरण सम्पन्न

      भरतपुर/चितवनमा संचालित फेन्सी व्यवसायीहरुको सक्रियतामा संचालित फेन्सी बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधारणसभाद्धारा निर्वाचित कार्यसमितिलाई आइतवार एक कार्यक्रमका विच पद हस्तान्तरण गरिएको छ । सहकारीको निवर्तमान कार्यसमितिले अध्यक्ष मेघराज कँडेलको नेतृत्वमा निर्वाचित १४ सदस्यीय नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । सहकारीका निवर्तमान अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका केन्द्रिय अध्यक्ष परितोष पौडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको वताउँदै व्यवस्थित सहकारी निर्माणमा जोड दिनु पर्ने वताउनु भयो । सहकारीले समुदायमा वचत गर्ने वानिको विकास गरेको वताउँदै उहाले आयआर्जन र उद्यम विकासमा सहकारीको महत्वपुर्ण भूमिका...

    • हंसको १७ औं साधारण सभा सम्पन्न

      भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा ११ औं वार्षिकोत्सव शनिबार रक्तदान तथा उत्कृष्ठ सदस्यहरुको सम्मान गर्दै सम्पन्न भएको छ । साधारण सभाको समापन कार्यक्रम संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं भरतपुर महानगरपालिका सहकारी उप समितिका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेकोे प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि काफ्लेले हंस सहकारीले बचत तथा ऋणका साथै उत्पादन र सामाजिक कार्यका क्षेत्रमा समेत सकृय रहेर उदाहरणीय कार्य गर्दै आएको भनी प्रसंसा गर्नु भयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शारदा शर्मा...

    • चितवन अटोमोवाइल्स एसोसिएशनको साधारणसभा सम्पन्न

      भरतपुर/जिल्ला स्थित अटोमोवाइल्स व्यवसायीहरुको छाता संगठन चितवन अटोमोवाइल्स एसोसिएशनको १९ औं साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले मुलुकको आर्थिक विकासमा अटोमोवाइल्स व्यवसायीको भूमिका महत्वपुर्ण भएको वताउनु भयो । कुनै पनि व्यवसायलाई व्यवस्थित र मर्यादिन वताउनु सम्वन्धित व्यवसायीहरुको विचमा एकता आवश्यक रहेको वताउँदै उहाले राज्यले पनि व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो । राज्यले व्यवसायीलाई विभिन्न खालका सहुलियतको व्यवस्था गरि दिगो रुपमा व्यवसाय गरि रोजगारी सृजना गर्नु पर्ने उहाको भनाई थियो । कार्यक्रममा एसोसिएशनका सचिव राजेन्द्र...

    • जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण

      भरतपुर/जेष्ठ नागरिक संघ चितवनको आयोजना र भरतपुर महानगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा शनिबार भरतपुरमा जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । कार्यक्रममा करिव एक सय ५० जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार नाथ तिमिल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का अध्यक्ष अरुण पीडित भण्डारी प्रमुख अतिथी रहनु भएको थियो । निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी भण्डारीले भरतपुर १० वडा कार्यालयले हरेक वर्ष जेष्ठ नागरिकलाई सम्मान गर्ने गरेको जानकारी दिँदै यस वर्ष पनि जेष्ठ नागरिकको सम्मानमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम...

    • आणबिक अस्त्र विरुद्ध भरतपुरमा प्रदर्शन

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितबन शाखाले आणबिक अस्त्रको विरुद्धमा बिहीबार भरतपुर स्थित चौविसकोठीमा प्रदर्शन गरेको छ । ७२ औ मानव अधिकार दिबस (१० डिसेम्बर÷२५ मंसिर )को अवसरमा आणबिक अस्त्र बिरुद्धको प्रदर्शनी गरिएको हो । कार्यक्रम मा ६० भन्दा बढि शान्तिवादीहरु सहभागि थिए । कार्यक्रममा प्रमुख बक्ता एवं समाजका केन्द्रिय सचिब बाबुहरि आचार्य, नेपाल प्राध्यापक संघका पूर्ब महासचिब प्रकाश अधिकारी, सामाजिक अभियन्ता शालिकग्राम शर्मा, नेपाल शिक्षक महासंघका पूर्ब केन्द्रिय सचिब धुब्रराज पोखरेल, अधिकारकर्मी राजेन्द्र पौडेल लगायतले आणबिक अस्त्रको बिरुद्धमा धारणा राख्नु भएको थियो । कार्यक्रम सचिब दयानिधि अर्यालले संयोजन गर्नु भएको थियो ।

    • मानवअधिकार संजालद्धारा स्वास्थ्य सुरक्षा बारे अनुगमन

      भरतपुर/७२ औ विश्व मानव अधिकार दिवसको अवसरमा मानव अधिकार संजाल चितवनले जिल्ला अन्तर्गत सामुदायिक बिद्यालय र सरकारी सेबा प्रदायक कार्यालयको अनुगमन गरेको छ । कोभिड १९ को महामारी बिच सेबा प्रदायक संस्थाले कसरी सेबा प्रवाह गरेका छन्, स्वास्थ मापदण्डको कस्तो ब्यबस्था मिलाएका छन् भनेर अनुगमन गरिएको मानव अधिकार संजाल चितवन संयोजक राजेन्द्र पौडेलले जानकारी दिनुभयो । सामुदायिक बिद्यालयमा मास्क र सेनिटाइजरको प्रबन्ध मिलाइएको, भौतिक दुरि कायम गरिएको र कक्षा संचालन दुई सिफ्ट गरि सेवा दिएको पाइयो जानकारी दिँदै संयोजक पौडेलले सरकरी सेबा प्रदायक कार्यालयमा भने न्युनतम स्वास्थ मापदण्ड पूरा नगरिएको, सेनिटाइजर वा हात धुने ब्यबस्था नमिलाएको मास्कको प्रयोग पनि...

    • हंसको टाँडी सेवाकेन्द्रको इकाई बैठक सुरु

      भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा अन्तर्गत विभिन्न चरणमा हुने इकाई वैठकहरु मध्ये बुधबार एक औपचारीक कार्यक्रम गर्दै टाँडी सेवाकेन्द्र अन्र्तगतका शेयर सदस्यहरुको इकाई वैठक सुरु भएको छ । संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं रत्ननगर नगरपालिका वडा नं १० का अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक संदेश पाठकले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शारदा शर्मा पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा संचालक समितिका उपाध्यक्ष बाबुराम अधिकारी, लेखा समिति संयोजक गोविन्द प्रसाद पौडेल, लेखा सदस्य कृष्णहरि तिमल्सेना, ऋण उप समिति सदस्य सूर्य बराल,...

    • पर्यटन प्रर्वद्धनको लागि होटल व्यवसायीसंग छलफल

      भरतपुर/होटल व्यवसायी मंहासघ नेपालका प्रतिनिधिहरुको सहभागितामा सोमबार वुटवलमा पर्यटन सम्वन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्विनीको पर्यटन प्रवद्धनको संभावना र चुनौतीको वारेमा छलफल गरिएको थियो । मुलुकको आयआर्जनको मुख्य श्रोतको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले वताउनु भएको थियो । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाह, वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, सह–कोषाध्यक्ष मोदनाथ बेल्बासे, केन्द्रिय सदस्य नारायण सेन तथा होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ पाल्पाका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको सहभागिता रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभासद बिष्णु प्रसाद पंन्थीले समग्र कपिलवस्तु जिल्लाको आन्तरिक पर्यटन पवद्र्धन तथा सम्वदनका निम्ति...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल