• युटेक अल्मुनाई एशोसिएशन गठन

      सन्तोष देवकोटा भरतपुर/भरतपुर ११ विशालचोक स्थित युटेक कलेजका पुर्व विद्यार्थीहरुको बिहीबार सम्पन्न भेलाले ई. शिवहरी घिमिरेको अध्यक्षतामा युटेक एल्मुलाई एशोसिएशन गठन गरेको छ । विभिन्न तह र क्षेत्रका इन्जिनियरिङ विषय पढाई हुँदै आएको उक्त कलेजको एल्मुनाई एसोशिएशनको सचिवमा ई राजु अर्याल, कोषाध्यक्षमा ई कन्चन न्यौपाने, सदस्यहरुमा ई. अच्युत कोइराला, ई. गौतम ढकाल, ई. रिमा जमरकट्टेल, ई. रन्जन न्यौपाने, ई. शिवु क्षेत्री, ई. गोविन्द सन्जेल चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले कलेजको शैक्षिक गुणस्तर विकास र विद्यार्र्थीको हकहितमा एल्मुनाई एशोशिएसन क्रियाशि रहने जानकारी दिनुभयो ।

    • रोटरी क्लव अफ चितनवद्धारा ह्वीलचियर वितरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर १ देवघाट स्थित नारायण भण्डारीलाई ह्वीलचियर हस्तान्तरण गरेको छ । शारीरिक असक्तताको कारण जिवन यापनमा असुविधा भएपछि रोटरी क्लव अफ चितवनले भण्डारीलाई ह्वीलचियर हस्तान्रतण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दहाल अविनाशले रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वीलचियरले भण्डारीको जिवनयापनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले डिसेवल पिपुल सपोर्ट प्रोगाम अन्तरगत विरामी भण्डारीलाई ह्वीलचियर हस्तान्तरण गरिएको वताउनु भयो । रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले भण्डारीको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले आगामी दिनमा पनि सहयोगको...

    • बालबालिकासँग मेयर कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण

      भरतपुर/बालबालिका संग मेयर कार्यक्रम अन्तरगत भरतपुरका विभिन्न विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा मंगलबार आयोजित औपचारिक कार्यक्रममा कार्यक्रममा १ हजार १ सय ८१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २६ मा रहेको आधारभुत खद्रौलीका ११५, भरतपुर वडा नम्बर २६ मै रहेको श्री आधारभुत बिद्यालय कोइलाहाका १४८, भरतपुर वडा नम्बर २६ मै रहेको आधारभुत बिद्यालय भगडीका ७५, भरतपुर वडा नम्बर २४ मा रहेको प्रा.वि धुर्बनगरका १२०, भरतपुर वडा नम्बर २८ मा रहेको श्री राष्ट्रिय आधारभुत स्कुल लौखारीका ९६, भरतपुर वडा नम्बर २२ मा रहेको श्री आधारभुत स्कुल धनैजीका...

    • अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को नयाँ समिति गठन

      भरतपुर/अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को वडा भेला काली बहादुर स्मृति टोल बिकास सस्था गङगानगरमा सम्पन्न गरेको छ । भेलामा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम जिल्ला संयोजक यम बहादुर परियार (ईन्द्रजित) को प्रमुख आतिथ्यता तथा राष्ट्रिय भुमी आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिना तथा सुकुम्बासी संघका केन्द्रिय सदस्य प्रकाश बहादुर पाण्डे बिशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । भेलाले सन्तबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना सुनार, सचिबमा अन्जना परियार, कोषाध्यक्षमा शोभा नेपाली, सह– सचिबमा भिमराज महतो चयन हुनुभएको छ । भुमिहिन सुकुम्बासीहरुको उपस्तिथि रहेको भेलामा प्रमुख अथिति इन्द्रजितले जनताको बर्षौ देखिको चाहाना पुरा हुने...

    • मन्त्री दाहाललाई ठिमुरामा सम्मान

      सन्तोष देवकोटा भरतपुर/राष्ट्रिय आधारभूत विद्यालयमा भरतपुर १ ठिमुरामा आईतवार एक कार्यक्रमका विच वागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्यम दाहाललाई सम्मान गरिएको छ । विद्यालयको आयोजनामा विद्यालय परिवार, ठिमुरा टोल विकास संस्था, ठिमुरा युवा क्लवलगायत ठिमुरावासिद्धारा मन्त्री दाहाललाई सम्मान गरिएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी मन्त्री दाहालले ठिमुरा क्षेत्रको बाटोको लागि ८५ लाख, विद्यालय खेल मैदानको लागि ८ लाख रुपैया विनियोजन भएको जानकारी गराउनु भयो । ठिमुरामा पुल बन्ने निश्चित भएको वताउँदै मन्त्री दाहालले ठिमुराबाट भतेरीसम्मको बाटोको लागि योजनामा समावेश गरेको जानकारी गराउनु भयो । राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल प्रजाको अध्यक्षतामा सम्पन्न...

    • खाद्य स्वच्छता अभिबृद्धिको लागि अन्तरक्रिया

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा बुधबार जुगेडीमा खाद्य स्वच्छता अभिबृद्धिको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ राजमार्गका होटल, रेष्टुरेन्ट तथा किराना पसलहरुको खाद्य स्वच्छता अभिबृद्धिको लागि कार्यक्रम आयेजना गरिएको कार्यालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले मानव स्वास्थ्यको हिसावले खाद्य स्वच्छता निकै महत्वपुर्ण विषय भएको वताउँदै त्यसतर्फ ध्यान दिन होटल व्यवसायीहरुलाई आग्रह...

    • रिजालचोकमा नेचुरल फर्निचरको शोरुम उद्घाटन

      भरतपुर/भरतपुर स्थित रिजालचोकमा नेचुरल फर्निचर प्रालीको सोरुम उद्घाटन गरिएको छ । विभिन्न किसिमका फर्निचर तथा फर्निसिङ सामानहरुको विक्री गर्ने उदेश्यले रिजालचोकमा फर्निचर शोरुम सञ्चालनमा आएको हो । बुधबार एक कार्यक्रमका विच उद्योग वाणिज्य महासंघका पूर्व बरिष्ठ उपाध्य तथा मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकार र नायक आर्यन सिग्देलले उक्त फर्निचर शोरुमको उद्घाटन गर्नु भएको हो । भरतपुरमा विशेषगरी अफिसियल सामग्रीका फर्निचर विक्री वितरण गर्ने केन्द्रको अभाव र स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै उक्त फर्निचर सञ्चालनमा ल्याएको नेचुरल फर्निचर प्राइभेट लिमिटेडका अध्यक्ष श्याम पौडेलले बताउनु भयो । अहिले फर्निचर र फर्निसिङको विक्री वितरणबाट व्यवसाय सुरु गरिएपनि केही समयपछि आफ्नै उत्पादन सुरु...

    • आधारभुत विद्यालय मंगलपुरलाई न्यानो कपडा हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १५ स्थित राष्ट्रिय आधारभुत विद्यालय मंगलपुरमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ भरतपुर युथ, लायन्स क्लव अफ भरतपुर महानगर र भरतपुर–१३ निवासी प्रकाश पौडेलको आर्थिक सहयोगवाट खरिद गरिएको न्यानो कपडा वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ वितरण गर्ने गरी भरतपुर–१५ का वडा अध्यक्ष शम्भु बहादुर भण्डारीको प्रमुख आतिथ्यतमा विद्यालयलाई न्यानो कपडा हस्तान्तरण गरिएको न्यानो कपडा वितरण कार्यक्रमका सहजकर्ता सुरज पाठकले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी वडा अध्यक्ष भण्डारीले शिक्षा विना समृद्ध मुलुक निर्माण सम्भव नहुने वताउँदै सरकारी शैक्षिक सस्थाहरुको शैक्षिक गुणस्तर विकासमा ध्यान दिन आग्रह...

    • फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनको स्थापना दिवसमा रक्तदान

      सन्तोष देवकोटा भरतपुर/फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनको आठौं स्थापना दिवसको अवसरमा मंगलबार भरतपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा वढ्दो रगत अभावको समस्यालाई ध्यानमा राखेर रक्तदान कार्यक्रम गरिएको संघका महासचिव केशवराज पौडेलले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय (प्रादेशिक) रक्तसंचार केन्द्र भरतपुरको प्रविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा ७७ जनाले रक्तदान गरेको महासचिव पौडेलले जानकारी दिनुभयो । फर्निचर उद्योग तथा फर्निसिङ व्यवसायी संघ चितवनका अध्यक्ष लिला बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थापक अध्यक्ष शुक्र कुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । रमणि गैरेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष अरुण कुमार खनाल, वरिष्ठ उपाध्यक्ष...

    • किरण अमरजंग गुरुङ माविको वार्षिकोत्सव सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका १९ स्थित श्री किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयको ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले शैक्षिक गुणस्तर विकासमा शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त पहल आवश्यक रहेको वताउनु भयो । प्रमुख अतिथी पौडेलले विद्यालयको शैक्षिक गुणस्तर विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विद्यालयलाई प्रदेश सरकारवाट १५ लाख रुपैया आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल