• मुक्तकः बाहाना

      बालकृष्ण खनाल भरतपुर, चितवन कहिले काहीँ याद, जिउने बाहाना बन्छ कहिले काहीँ याद, पिउने बाहाना बन्छ । रिसैले हेरेको भएनि, उनको एक नजरले फाटेको मुटु मेरो, सिउने बाहाना बन्छ ।

    • शर्तसहित हवाई उडान सञ्चालन हुने

      काठमाण्डौं/दोस्रो चरणको कोरोना संक्रमणका कारण बन्द रहेको आन्तरिक तथा वाह्य हवाई उडान संचालन हुने भएको छ । कोरोना संक्रमण कम हुन थालेसंगै सरकारले विभिन्न शर्तहरुको पालना गरि हवाई उडान संचालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति...

    • नारायणगढ रोटरीद्वारा स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण

      नारायणगढ/नारायणगढ रोटरी क्लबले भरतपुर-१५ मा अवस्थित शिवनगरको आयूर्वेदिक आइसोलेसन सेन्टरलाई २ थान अक्सिजन कन्सन्ट्रेटर लगायत कोरोना रोकथामका सामग्रीहरु सहयोग प्रदान गरेको छ । क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले वडा न १५ का अध्यक्ष शम्भुबहादुर भण्डारी तथा आइसोलेसन सेन्टरका डाक्टर सबिना खड्कालाई सयुक्तरूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरन्जन प्रधान, वर्ष २०२१/२२ का लागि निर्वाचित अध्यक्ष अरुणकुमार खनाल र क्लबका सेवा परियोजना निर्देशक गुणेश्वर महतोको उपस्थिति रहेको थियो । लन्डनका रोटरी क्लबहरू रोटरी क्लब अफ लिमाभ्यादी, रोटरी क्लब अफ लन्डनडेरी र रोटरी क्लब अफ कोलेरेनको सहयोगमा उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको अध्यक्ष अनुकूल श्रेष्ठले बताए...

    • प्रभावकारी बन्दै बचौं र बचाऔं अभियानको निशुल्क खाना खुवाउने अभियान

      भरतपुर/बचौं र बचाऔं एक आशाको किरण नामक अभियान अन्तर्गत भरतपुरका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका विरामी कुरुवाहरुलाई निशुल्क खाना खुवाउने अभियान प्रभावकारी बन्दै गएको छ । उक्त अभियानले कोरोना संक्रमण र लकडाउनको कारण आर्थिक अभावले गर्दा विहान वेलुकाको छाकटार्ने समस्यामा परेका कोरोना संक्रमितका कुरुवाहरुलाई निशुल्क खाना खुवाएर उत्कृष्ठ मानवीय कार्य गरेको भन्दै सवत्र प्रशंसा हुन थालेको छ । अभियानले विरामी कुरुवाको भोकोपेट सुत्नुपर्ने वाध्यता हटेको भन्दै अस्पताल र विरामी कुरुवाहरुले अभियानको खुलेर समर्थन गर्दै धन्यवाद व्यक्त गरेका छन् । आर्थिक अवस्था कमजोर भई विहान वेलुकाको छाक टार्न समेत गाह्रो भएका कोरोना संक्रमित विरामी कुरुवाहरुको समस्यालाई मध्यनजर गरि निशुल्क खाना...

    • होटल संघद्धारा सरकारको ध्यानाकर्षण, राहत प्याकेजको माग

      भरतपुर/कोरोना संक्रमण र सरकारले घोषणा गरेको लकडाउनको कारण पर्यटन क्षेत्र सबैभन्दा प्रभावित हुन पुगेको छ । कोरोना संक्रमण र लकडाउनले पर्यटन क्षेत्रको महत्वपुर्ण पाटोको रुपमा रहेको होटल व्यवसाय सबैभन्दा वढि मारमा परेको हो । मुलकको अर्थतन्त्र ठप्प भएसंगै होटल व्यवसाय पुर्ण रुपमा बन्द हुँदा कतिपय होटल व्यवसायीहरु पेशावाटै विस्तापित हुन पुगेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । व्यवसायीका समस्यालाई मध्यनजर गर्दै सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले राज्यले सहयोग नगर्ने हो भने व्यवसायीहरु होटल व्यवसायमा टिक्न मुस्किल पर्ने वताउनु भयो । पर्यटन विना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने वताउँदै उहाले होटल व्यवसायका...

    • मुक्तकः बाढी पहिरो

      बालकृष्ण खनाल कतै आकाश आँसु बनेर मानव वस्तीहरूमा खसिरहेको देखिन्छ कतै आकाश बाढी बनेर गरिबको झुपडीमा पसिरहेको देखिन्छ । आक्रान्त भएको छ हाम्रो देश यति बेला, बाढी पहिरोले जताततै जनता निरीह बनेर उद्दार र राहतको पर्खाइमा बसिरहेको देखिन्छ ।

    • स्व. डा. उपेन्द्र देवकोटाको सम्झना

      हरिदत्त देवकोटा पालुङ्टार, गोरखा (हाल चितवन) क्या चोट प¥यो मुटुमा आज, मन भयो झसंग उपेन्द्र डाक्टर संसार छाड्यौ, मन भयो भरंग । त्यो गाउँघर रोएर वस्छ, अशान्ति मनले हे दैवलिला के गरिस् तैंले, के हुन्छ धनले । इश्वर तैंले रचेको थिइस्, सृष्टीको फुललाई कसरि लगिस् कहाँपो पु¥याईस्, नेपालको ज्योतिलाई । नेपाल आमा रुँदैछिन् आज, त्यो आत्मा गल्दैछ त्यो डाँडापारि जुडीखेत आज, फुटाहा खोज्दैछ । त्यो सिस्नेपानी धाराले आज, उनैलाई खोज्दैछ पोखरी बारी त्यो साउने पानी, उनैलाई रोज्दैछ । डाँडा र काँडा त्यो हरियाली, पाखा र पखेरो डाक्टर दाई नहुँदाखेरी, प्रकृती अध्यारो । त्यो पाठशाला त्यो ठाडो गल्ली, लुईटेल सुदर्शन...

    • मुक्तकः बेरोजगार

      बालकृष्ण खनाल मान्छे बेरोजगार छ, तैपनि खई काँहाँबाट पिएर आउँछ भट्टी छिर्छ घर बिर्सन्छ, टन्न दुई चार बोतल दिएर आउँछ । थाहा छ उसलाई, घरमा अन्नको दाना छैन खानका लागि बुद्दु अझ उल्टै झन्, बाहिरबाट पाहुना पो लिएर आउँछ ।

    • मितेरी फाउण्डेशनद्धारा राहत वितरण

      भरतपुर/मितेरी फाउन्डेसन नेपालको आयोजनामा राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगमा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बान्द्राङ, सागम, बाङसीलीङ लगायत आसपासका अति सीमान्तकृत चेपाङ बस्तिमा लकडाउनको समस्यामा परेका ७५ घरधुरीहरुलाइ राहत वितरण गरिएको हो । प्रति घर ३० के. जि. चामल, २ के.जि दाल, ३ के.जि नुन १ लिटर तेल, आधा किलो मस्यौरा बितरण गरिएको छ । मितेरी फाउन्डेसन नेपालका सल्लाहकार राजेश्वर खनालले जेष्ठ नागरिक केशरसिङ चेपाङलाई राहत दिदै कार्यक्रमको सुरुवात गर्नु भएको हो । सस्थाका सदस्य बालकृष्ण थपलियाले बिकट पहाडी भेगमा खाद्यान्न अभाबको जानकारी पाएपछि राहत कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । परोपकारमुलक काम गर्ने उदेश्यले...

    • देवघाट क्षेत्रमा माछा मार्न निषेध

      भरतपुर/देवघाट क्षेत्र विकास समिति तनहुँले देवघाट क्षेत्रमा माछा मार्न निषेध गरेको छ । देवघाट स्थित नदी क्षेत्रका स्नानस्थल र शवदाहस्थलको नजिक वातावरणमा नै खलल पुग्ने गरि माछा मार्ने गरिएको र सो कार्यवाट देवघाटधामको गरिमा र महिमामा ह्रास आउनुको साथै अमर्यादित र अशोभनीय भएको ठहर गर्दै समितिले सार्वजनिक सूचना मार्फत देवघाट क्षेत्रका नदिमा माछा मार्न निषेध गरेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरेद्धारा बुधबार जारी सार्वजनिक सूचनामा त्रिशुली र कालीगण्डकी नदीको संगम स्थलबाट तीनैतर्फ ५ सय मिटर (कालीगण्डकी तर्फ सीतागुफा, त्रिशुली तर्फ झोलुंगे पुल र नारायणी तर्फ दाहसंस्कार स्थल)सम्म माछा मार्न निषेश गरिएको छ ।...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल