• खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनद्धारा बजार अनुगमन तीब्र

      भरतपुर/नेपालीहरुको मुख्य चाडपर्व नजिकिएसंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले बजार अनुगमनलाई तीब्र बनाएको छ । दशैं, तिहार लगायतका चाडवाड नजिकिएसंगै बजारमा हुने गरेको अनियमितता नियन्त्रण गर्न कार्यालयले बजार अनुगमनलाई तीब्र वनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिनु भयो । विशेषगरि चाडवाडको समयमा बजारमा कालोवजारी र अखाद्य वस्तुको प्रयोग वढि हुने गरेको भनि गुनासो आएपछि अनुगमनलाई तीब्र बनाईएको जानकारी दिँदै उहाले अनुगमनको क्रममा समस्या देखिए पहिलो चरणमा सम्झाउने र गल्ति नदोहो¥याउने प्रतिवद्धता गर्न लगाउने जानकारी दिनुभयो । समय समयमा अनुगमन गरिने जानकारी दिँदै उहाले दोस्रो पटक पनि गल्ति फेला परे...

    • रोटरी क्लव अफ चितवनको आयोजनामा रक्तदान

      भरतपुर/रोटरी क्लव अफ चितवनले कोरोना संक्रमणको कारण जिल्लामा भएको रगत अभाव नियन्त्रण गर्ने अभियान चलाएको छ । मेडिकल सिटीको रुपमा विकसित चितवनमा रगतको अभावले गर्दा कोहि कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन रक्तदान अभियान चलाईएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । चितवनमा अन्य छिमेकी जिल्लाका विरामहरु पनि उपचारको लागि आउने र कोरोना संक्रमणको कारण रगतको माग वढेको हुँदा रगत अभावको अवस्था देखिएको छ । संक्रमणको अवस्थामा रगत वढि चाहिने तर रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव देखिएको रक्तसंचार केन्द्र भरतपुरले जनाएको छ । रगत अभाव देखिएसंगै रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रम संचालन गर्न विभिन्न...

    • महिलाहरुको स्तन तथा पाठेघर क्यान्सर जाँच एवं सचेतना कार्यक्रम

      भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखा तथा वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरको संयुक्त आयोजनामा र रोटरी क्लव अफ भरतपुर को सह–आयोजनामा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर जाँच एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । भरतपुर ३, वारहघरे दुर्गा भगवती मन्दीर परिसरमा भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गरी आयोजना गरिएको कार्यक्रम नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष एवम् संस्थाका आजिवन सदस्य चन्द्रमित्र पण्डित प्रमुख अतिथी रहनु भएको कार्यक्रममा वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरका उप कार्यकारी निर्देशक डा. कृष्ण सागर...

    • देव आदर्श सहकारीद्धारा उपचारमा सहयोग रकम हस्तान्तरण

      भरतपुर/गीतानगर स्थित देव आदर्श वचत तथा ऋण सहरकारी सस्थाले क्यान्सरको उपचाररत विरामीलाई आर्थिक सहयोग गरेको छ । पुर्वी चितवन खैरहनी स्थित चैनपुर–२, ज्यामिरे घर भएका बर्ष ३४ का गौतम अधिकारीको उपचारमा सहयोगका लागि संकलन गरिएको ५ हजार ५ सय रुपैया हस्तान्तरण गरिएको हो । देव आदर्श वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ध्रुवराज मिश्रले सहकारीको पहलमा संकलन भएको रकम एक कार्यक्रमका विच विरामीको आफन्तलाई हस्तान्तरण गर्नु भएको हो । सहकारीको संचालक समिति, सल्लाहकार, कर्मचारी र साधारण सदस्यवाट उक्त रकम संकलन गरिएको हो । अधिकारी एक बर्ष अघि देखि पेटको पित्तथैलीको क्यान्सर पीडित भै काठमाडौंमा उपचार गराउनु भएको थियो ।...

    • गजलः जिन्दगानी

      बालकृण खनाल भरतपुर, चितवन घडी पला दिन गर्दै चल्छ जिन्दगानी थाहै हुन्न कुन बेला ढल्छ जिन्दगानी । उमेर छँदा सान सौकत सवै दायाँबायाँ त्यसै त्यसै धप धपी बल्छ जिन्दगानी । भान हुन्छ कसैलाई संसारै छ बसमा लाग्छ यसैगरी फूल्छ फल्छ जिन्दगानी । हेर्दाहेर्दै समयले नेटो काट्छ आँखै अघि पत्तै नपाई भित्र भित्रै गल्छ जिन्दगानी । स्थायी छैन केहिपनि नाशवान सवै यहाँ आखिरीमा खरानी भई जल्छ जिन्दगानी ।

    • स्वास्थ्य राज्यमन्त्रीसंग होटल व्यवसायीको अन्तरक्रिया

      भरतपुर/होटल व्यवसायी महासंघका पदाधिकारी एवं सल्लाहकारको उपस्थितीमा चितवन जिल्ला स्थित होटल व्यवसायीहरुले राज्यमन्त्री उमेश श्रेष्ठसंग अन्तरक्रिया गरेका छन् । जिल्लामा क्रियाशिल होटल व्यवसायी संघ र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा आवद्ध होटल व्यवसायीहरुले मन्त्रीसंग आफ्ना समस्या राखेका छन् । कार्यक्रममा होटल ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, महासंघका सल्लाहकार रामप्रसाद सुवेदी, होटल ब्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, उपाध्यक्ष लोकनाथ भट्ट, सचिब राम बहादुर गुरुङ, सह– कोषाध्यक्ष ऋषिकेश अर्याल, सचिवालय सदस्यहरु राजु श्रेष्ठ, कृष्ण महतो, होटल तथा रेष्टुरेण्ट व्यवसायी ब्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष एवं निवर्तमान अध्यक्ष दीपक ढकाल, अध्यक्ष ज्योती प्रसाद कंडेल, सचिब सुरेन्द्र केसीलगायतको सहभागिता...

    • गजलः हेर्नुस्

      बालकृष्ण खनाल भरतपुर, चितवन मख्ख नपर्नुस् छिमेकीको कुनै सहयोगमा उसको दाउमा हेर्नुस् बदलामा सिमाना काँहाँ छ मिचिएको बोर्डर छेउ छाउमा हेर्नुस् । मझधारमा हुनुहुन्छ सिंगै देश बोकेर हिँडनु भएको छ काँधमा दाँयाँवाँयाँ नजर लाउने छुट छैन मात्र आफू सवार नाउमा हेर्नुस् । महंगीले आकाश छोएको छ ठगिएका छन् किसान र ग्राहकहरू जानुस् पहिला विचौलिया र साहुले तोक्ने बजार भाउमा हेर्नुस् । तपाईंले केही कुरा पनि सोध्नै पर्दैन आफ्ना सल्लाहकारहरू सँग आँफैले उठाउने हरेक कदम, टेक्ने धर्ती अनि आफ्नै पाउमा हेर्नुस् । देश दुखेको हेर्न कहिँ टाढा जानू पर्दैन प्लेन र हेलिकप्टरहरूमा रगतमा लतपतिएका सहिदका सपना र घाइतेका घाउमा हेर्नुस्...

    • छिपछिपे खानेपानी परियोजनाको सम्झौता सम्पन्न

      भरतपुर/रोटरी क्लब अफ नारायणगढले छिपछिपे खानेपानी उपभोक्ता समिति, वाटर सेन्टर र देवघाट गाउँपालिकाको सहकार्यमा छिपछिपेमा खानेपानी परियोजना सञ्चालन गर्ने भएको छ । सोही क्रममा शुक्रबार एक कार्यक्रम बीच नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालको सभापतित्वमा देवघाट गाउँपालिकाको कार्यालयमा भेला भई रोटरी क्लब अफ नारायणगढ, छिपछिपे खानेपानी उपभोक्ता समिति, वाटर सेन्टर र देवघाट गाउँपालिका बिच चौपक्षीय सम्झौता सम्पन्न गरेको नारायणगढका रोटरी क्लबका सचिव दिलीप तामाङले जानाकारी गराए । परियोजना सम्झौतामा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, वडा नं ५ का अध्यक्ष यलबहादुर गुरुङ, उपभोक्ता समितिका अध्यक्ष र नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालले हस्ताक्षर गरेका हुन् । यस खानेपानी परियोजनाबाट छिपछिपेका...

    • रोटरी क्लव अफ चितनवद्धारा ह्वीलचियर र आर्थिक सहयोग

      भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर २ क्षेत्रपुर आलेटोल स्थित मोहम्मद सिदिकलाई ह्वीलचियर र आर्थिक सहयोग गरेको छ । विगत एक वर्ष अगाडी प्यारलाईसिस भई दैनिक जिवनयापनमा समस्या देखिएको कारण ह्वील चियर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । सो अवसरमा विरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँ र छोरा मोहम्मद फारुलाई ह्वीलचियर र नगद हस्तान्तरण गरिएको हो । स्वास्थ्यमा समस्या भएपछि आम्दानीको अवस्था पनि कमजोर भएकाले उपचारमा सहयोग पु¥याउने उदेश्यले नगद पाँच हजार रुपैयाँ पनि सहयोग गरिएको अध्यक्ष शाक्यले वताउनु भयो । रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले मोहम्मदको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले...

    • विपत्तिमा धैर्यता गुमाउनु हुदैन

      नारायण रेग्मी उफ्रदै जाँदा दुइवटा भ्यागुताहरु तताईरहेको पानीको कराईमा परे।कराईबाट बाहिर निस्कन प्रयत्न गरे तर दुबै भ्यागुता सफल भने हुन सकेनन् । कराईको पानीको तापक्रम बढ्दै जान थाल्यो । दुबै भ्यागुताहरुले अगाडिको बाटो असहज देखे । दुई मध्येको एक भ्यागुताले बिस्तारै ज्यान चलाउन छोड्यो । प्रयत्नबाट बच्ने उपाय नदेखिएपछि मृत्युलाई सहज स्विकार गर्न भ्यागुता मानसिक रुपमा तैयार भयो । भ्यागुता बिस्तारै डिप्रेशनमा फस्दै गयो र अन्तमा मर्यो । दुई मध्येको अर्को भ्यागुता भने सकारात्मक सोचको थियो । धैर्यता नगुमाई थप उपायहरु खोजेर बाच्न सकिन्छ भन्नेमा दोस्रो भ्यागुता विस्वस्त थियो । भ्यागुता बाँच्नको लागि प्रयत्न गरिरह्यो । मरेको भ्यागुता पानीमा...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल