• मानव विकास तथा सामुदायिक सेवाद्धारा विपद् व्यवस्थपन सामाग्री हस्तान्तरण

      भरतपुर/मानव विकास तथा सामुदायीक सेवा (एचडिसिएस) द्वारा कालिका नगरपालीका ८, ९, १० र ११ नं वडाहरूमा बाढी पहिरो तथा भुकम्प लगायतका दैविप्रकोप जस्ता आपतकालीन विपद् ब्यबस्थापनमा आबश्यक सामाग्रीहरू सहयोग स्वरूप हस्तान्तरण गरिएको छ । सो सामाग्रीहरूमा प्रत्येक वडाहरूलाई त्रिपाल, ब्लाङ्केट, स्ट्रेचर, साबेल, हेलमेट, ईमर्जेन्सी ज्याकेट, गमबुट लगायतका १३ थरी सामाग्रीहरू रहेका छन् । सो कार्यक्रममा कालीका नगरपालीकाका मेयर बिनोद रेग्मी, सम्बन्धीत वडाका जनप्रतिनीधि साथै मानव विकास तथा सामुदायिक सेवाको तर्फबाट गुन्जमान अस्पतालका प्रशासन प्रमुख मोहन खड्का, बुद्धी प्रसाद देवकोटा, सोही संस्थाको समुदाय स्वास्थ्य कार्यक्रम, चितवनकी टीम लिडर निशा प्रजा, सुलोचना ठकुरी, सबीन पुरी लगायतको उपस्थिती रहेको थियो । साथै...

    • स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखा र वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनको संयुक्त आयोजनामा बुधबार महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खनालले समृद्ध समाज निर्माणमा महिलाहरुको भूमिका महत्वपुर्ण रहँदै आएको वताउँदै वडा कार्यालय मार्फत हुने विभिन्न खालका सहयोगको लागि प्रतिवद्धता व्यक्त गर्नु भयो । रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम भएको वताउँदै खनालले आम...

    • अथर्व सहकारीको शुभकामना आदानप्रदान तथा स्वास्थ्य सम्वन्धि गोष्ठि

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १२ मालपोत चोक स्थित मुख्य कार्यालय रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को आयोजनामा शनिबार भरतपुरमा शुभकामना आदानप्रदान तथा स्वास्थ्य सम्वन्धि गोष्ठि सम्पन्न भएको छ । महिला शेयर सदस्यहरुलाई एक आपसमा परिचित गराउने उदेश्यले हरितालिका तिज २०७९ को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको सहकारीका व्यवस्थापक प्रेम ढकालले जानकारी दिनुभयो । अथर्व बचत तथा ऋण सहकारी सस्थाको महिला उपसमिति संयोजक सृजना वसौला देवकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेफ्स्कुन संचालक विद्या कोइराला प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी कोइरालाले अथर्व सहकारी जिल्लाकै नमुना सहकारीको रुपमा परिचित हुन सफल भएकोमा सहकारी परिवारमा धन्यवाद ज्ञापन...

    • चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १० अस्पताल रोड स्थित चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता भएको छ । अस्पतालका अध्यक्ष भरतराज रेग्मी र बैंककी नारायणगढ शाखा प्रमुख दिल कुमारी सापकोटाले संझौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । संझौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरुले चितवन एभरेष्ट अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सेवा र औषधिमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । विभिन्न प्रकारका उपचार सेवा र औषधिमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष रेग्मीले सुविधा लिनको लागि विरामीले ज्योति विकास वैकमा खाता रहेको प्रमाण पेश गर्नुपर्ने वताउनु भयो । अस्पतालमा अर्थो, हाडजोर्नी तथा नसारोगको उपचार, जनरल फिजिसियन,...

    • समस्यापूर्ति काव्य गोष्ठी हुँदै

      भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा १५७ ओं मोती जयन्तिको अवसरमा खुल्ला प्रतियोगितात्मक समस्यापूर्ति काव्यगोष्ठी हुने भएको छ । आगामी  भाद्र ११ गते शनिबार भरतपुर महानगरपालिकाको सभाकक्षमा हुने प्रतियोगितात्मक गोष्ठीका लागि “अहङ्कारको आयु लामो हुदैन” भन्ने   शीर्षक चयन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा बढीमा  १२० शब्दसम्म मात्र शब्द सीमा तोकिएको छ । प्रतिष्ठानले एक सूचना सार्वजनिक गर्दै आगामी भाद्र ०६ गतेसम्म प्रतिष्ठानको सचिवालय वा  इमेल ठेगाना  pragyapratisthanbhr078@gmail.com मा आइपुग्नेगरी रचना आव्हान गरेकोे छ । प्रतियोगिताका विजयीहरूलाई आकर्षक नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

    • चितवन रोटरीद्धारा ह्वीलचियर हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/चितवनको सवैभन्दा जेठो रोटरी क्लवको रुपमा रहेको रोटरी क्लव अफ चितवनले सामाजिक सेवा अन्तरगत शारीरिक अपांगता भएकाहरुलाई ह्वीलचियर हस्तान्रतण कार्यक्रमलाई तिव्रता दिएको छ । क्लवले सोमबार भरतपुर–२२, पटिहानीमा विभिन्न कारणले शारीरिक रुपमा अपांगता भएका चार जनालाई ह्वील चियर हस्तान्रण गरेको छ । शारीरिक अपांगता भएका मानिसहरुको दैनिक जिवनयापन थाप हसज वनाउने उदेश्यले ह्वील चियर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो । कार्यक्रममा १०२ वर्षिय दुधाकुमारी पन्त, ७९ वर्षिय लाल बहादुर भुजेल, ७८ वर्षिय निकुता महतो र ८ वर्षिय जोन महतोलाई ह्वीलचियर हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वोल्दै क्लवका अध्यक्ष प्रधानले ह्वीलचियर हस्तान्तरण कार्यक्रमको लागि सहजीकरण...

    • चितवन रोटरी क्लबद्वारा पाँच थान व्हीलचियर वितरण

      सन्तोष देवकोटा भरतपुर/चितवन रोटरी क्लबद्वारा योगी नरहरिनाथ आश्रम योग तथा प्राकृतिक चिकित्सालयमा पाँच थान व्हीलचियर वितरण गरेको छ । चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधानको अध्यक्षतामा सम्पन्न ह्वीलचियर वितरण कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का एन्युअल फाउण्ड सव कमिटि चियर तथा क्लबका पूर्व अध्यक्ष शरदगोपाल न्याच्छ्यौं विशेष अतिथी रहनु भएको थियो । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र शैलेन्द्र पियाले सामाजिक संघ संस्थाहरुमध्ये विशेष रुपमा सामाजिक कार्यमा चितवन रोटरीको अग्रणी भूमिका रहेको वताउँदै अत्यन्तै आवश्यक परेको वेलामा व्हीलचेयर प्राप्त गर्न पाउँदा रोटरी क्लव अफ चितवनलाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दीपक प्रधानले आफूहरु...

    • मार्गदर्शन साकोसको रक्तदान कार्यक्रम सम्पन्न

      भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थित मार्गदर्शन साकोसले आफ्नो ११ औ स्थापना दिवसको अवसरमा तेस्रो कार्यक्रम अन्तरगत शनिबार बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा र नेपाल रेडक्रस सोसाईटी उपशाखा मङ्गलपुरका सभापति ईन्द्रबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा प्रमुख अतिथि बस्नेतले सस्थाले समाजमा गरेको सामाजिक कार्य र मानवीय सेवाका कार्यहरुको प्रसंसा गर्दै मार्गदर्शन साकोसले सदस्यहरुको आर्थिक विकास र सामाजिक उत्तरदायित्व अन्तरगत गरेको कार्यहरुको निरन्तरताको शुभकामना दिनुभयो । सस्थाका सन्चालक समिति सदस्य एवम् स्वास्थ्य उप–समिति संयोजक राजकुमार श्रेष्ठले सहभागी र रक्तदाताहरु सबैलाई निरन्तर सस्थाको कार्यक्रममा रचनात्मक सुझावको अपेक्षा सहित सस्थालाई...

    • मार्गदर्शन साकोसको ११ औं स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका १६ फुर्तिचोकमा मुख्य कार्यालय रहेको मार्गदर्शन बचत तथा ऋण सहकारी सस्थाले आफ्नो गरिमामय ११ औ स्थापना दिवसको अवसरमा महिला शेयर सदस्यहरुको लागि पाठेघरको क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त सचेतना कार्यक्रममा चितवन मेडिकल कलेजका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. बसन्त शर्माले प्रशिक्षण दिनुभएको थियो । सस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले सस्थाको आर्थिक बर्ष २०७८÷०७९ को वित्तीय विवरण र आगामी कार्यदिशाको बारेमा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । महिला उप समिति संयोजक पवित्रा पुरीले सहभागि सदस्यहरुलाई स्वागत गर्नु भएको उक्त कार्यक्रममा उपाध्यक्ष डोलबहादुर गुरुङले सहभागी सदस्यहरुलाई...

    • रोटरी क्लब भरतपुरद्वारा बालबालिका घरलाई सहयोग

      भरतपुर/रोटरी क्लब भरतपुरले उक्त क्लब र दियालो परिवारबाट संयुक्त रुपमा संचालित रोटरी–दियालो बालबालिका घरमा विद्यार्थीहरुलाई स्टेशनरी सहितको स्कुल ब्याग र ड्रेस वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष भोला जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १ का वडाध्यक्ष केशव महर्जन प्रमुख अतिथी रहनु भएको थियो । नारायणी किनारमा रहेको क्लबको कार्यालय भवनमा संचालित उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै पूर्व अध्यक्ष बद्रीप्रसाद अधिकारीले बालबालिका घर स्थापना बारे जानकारी गराउनु भयो । बालबालिका घरमा अध्यायनरत २८ जना बालबालिकाहरुलाई ब्याग र ड्रेस वितरण गरिएको थियो । सोहि कार्यक्रममा क्लबका उपाध्यक्ष एवम् बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका उप–निर्देशक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल