• शक्ति युवा मञ्चको अवलोकन भ्रमण र बनभोज कार्यक्रम सम्पन्न

      भरतपुर/विश्वभर फैलिएको कोरोना संक्रमणको कारण संकटमा परको पर्यटन प्रवद्र्धनको लागि शक्ति युवा मञ्च चितवनले दुई दिने अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पर्यटन क्षेत्रलाई चलायमान वनाउन आन्तरिक पर्यटकको भुमिका महत्वपुर्ण हुने भएको वताउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अवलोकन भ्रमण एवं बनभोज कार्यक्रम आयोजना गरिएको मञ्चका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक वसन्त पोखरेलले जानकारी दिनुभयो । कोरोना संक्रमणले गर्दा थलिएको होटल व्यवसायलाई प्रवद्र्धन गर्न मञ्चले फिस्लिङ क्षेत्रको अवलोकन भ्रमण र गोरखा विच होटलमा बनभोज कार्यक्रम गरेको हो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपानेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष देवकोटा, वरिष्ठ उपाध्यक्ष सन्तोष न्यौपाने, उपाध्यक्ष कृष्णचन्द्र...

    • चार दिने निशुल्क मोतियाविन्दुको अप्रेसन शिविर

      भरतपुर/यही मिति मंसिर १२, १३,१४ र १५ गते तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्याक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्र लगायत विभिन्न संस्थाहरुको सहयोगमा कावासोती १६, डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पतालमा चार दिने निःशुल्क मोतियाविन्दुको अप्रेशन शिविर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँकी लिना बज्राचार्यको नेतृत्वमा डा. अनिमा देसार, डा. क्षितिज जङ्ग सो लगायत १५ जनाको समूह तथा शिविर कमाण्डर महेश पराजुलिको संयोजकत्वमा भएको उक्त शिविरमा १८० जना भन्दा बढीको निःशुल्क मोतियाविन्दुको अप्रेशन भएको छ । उद्घाटन कार्यक्रम रोटरी डिष्ट्रिक ३२९२ का पूर्व गभरनर रोटरीयन रवीन्द्र पियाको प्रमुख...

    • मुक्तकः हेर्नुपर्छ

      बालकृष्ण खनाल देशको अबस्था बुझ्न त्रिशूलीमा बालुवा चाल्ने आमाहरूलाई हेर्नुपर्छ मात्र छाक टार्नकै लागि अरूको भित्तो टाल्ने आमाहरूलाई हेर्नुपर्छ । ईन्डक्सन चुलो र बिजुली गाडीको कुरा गरेर मात्रै हुँदैन है सरकार पहिला बत्तिलाई झरो र चुल्होमा दाउरा बाल्ने आमाहरूलाई हेर्नुपर्छ ।

    • सिभिल बैकको वार्षिकोत्सवमा रक्तदान

      भरतपुर/सिभिल बैंकले विविध कार्यक्रमको आयोजना गरि आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा सिभिल वैंक नारायणगढ शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । चितवनमा वढ्दो रगत अभावको समस्या कम गर्ने हेतुले वैकको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरिएको सिभिल वैंक नारायणगढ शाखा प्रमुख विप्लव राउतले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखा र क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ३२ जनाले रक्तदान गरेको सिभिल वैंक नारायणगढ शाखाका अप्रेसन इन्र्चाज केशव प्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसैगरी सिभिल बैंक केन्द्रिय कार्यालयले वैंक संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डको प्रमुख अतिथ्य...

    • रोटरी क्लवको रक्तदान

      सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ नारायणी मिड टाउनको आयोजनामा शनिबार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा वढ्दै गएको रगत अभावको समस्यालाई केहि हदसम्म भएपनि समाधान गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका कार्यवाहक अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । रोटरी क्लव अफ नारायणी मिड टाउन, रोट्याक्ट क्लव अफ नारायण मिड टाउन र इन्ट्याक्ट क्लव अफ लिटिल फ्लावरद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका एसिस्टेन्ट गभर्नर नारायण प्रधान प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष प्रवेश अर्याल लगायतले वोल्नु भएको थियो ।

    • गजलः हुनुपर्छ

      बालकृष्ण खनाल सम्बन्ध हेर्दा नदेखिने तर नहुँदा महशुस हुने नून जस्तै हुनुपर्छ बरू बाहिर आफू चिसिएर भित्र न्यानो दिने ऊन जस्तै हुनुपर्छ । देखिन नक्कली पनि सक्कली जस्तै देखिन्छ जलप रहँदासम्म जतिसुकै कसी लाएनी फरक नपर्ने अकबरी सुन जस्तै हुनुपर्छ । लाखौं भएर न उज्यालो दिने धर्तीमा न बाटो देखाउने तारा भन्दा एक्लै झुल्किएर संसारलाई उज्यालो बनाउने जून जस्तै हुनुपर्छ । वाक्य एउटै हो कुनैले दवाई हुन्छ कुनैले तवाही हुन्छ जगतमा वोली त सुनेरै निदाईने आमाको मिठो लोरी धून जस्तै हुनुपर्छ । बर्षाैँ सम्म सहेर नि आँधीहुरी, घामपानी कयौँ असहजताहरू पलपल घर चम्काईरहने भित्तामा पोतिएको चून जस्तै हुनुपर्छ ।

    • भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने

      भरतपुर/केन्द्रिय अस्पतालको रुपमा रहेको भरतपुर अस्पताल रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने भएको छ । विभिन्न ९ वटा रोटरी क्लवहरुको सक्रियतामा उक्त स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने भएको हो । मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा सोमबार रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको जग पुजा गरिएको छ । जग पूजा गरेसंगै आगामी दिनमा निर्माण कार्यले तिव्रता पाउने रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ वटा रोटरी क्लवको संयुक्त पहलमा उक्त रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुन लागेको हो । रोटरी स्पाइनल इन्जुरी...

    • सिटिजन लाईफ इन्स्योरेन्सको वार्षिकोत्सवमा अन्तरक्रिया र डस्विन हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/जिवन वीमाको क्षेत्रमा स्थापित सस्था सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिकोत्सव बिहीबार भरतपुरमा विविध कार्यक्रम आयोजना गरि मनाईएको छ । सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाको आयोजनामा भरतपुर ११ स्थित गणेशधाममा जीवन विमा सम्वन्धि अन्तरक्रिया एवं गणेशधामलाई डस्विन र स्यानीटाइजर हस्तान्तरण गरिएको हो । सो अवसरमा गणेशधामलाई १२ वटा डस्विन र दुई थान स्यानिटाइजर वक्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा सिटजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखा प्रमुख गोकर्ण बहादुर कार्कीले जीवन विमाको महत्वको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेश सांसद एवं पुर्व मन्त्री विजय सुवेदीले गणशधाम संरक्षण सम्वद्र्धन समितिका...

    • गीतः स्वर्गीय बहिनीको सझंनामा

      बालकृष्ण खनाल आँगन भरि सयपत्री र मखमली फूले फूलसँगै संझनाका ती पाना पनि खुले । टालाटुली, भाँडाकुटी बालापनका खेलहरू जित्नलाई गरेका ती मिठा मिठा झेलहरू । एकएक गरि मनका तरेलीमा उनिएर आए सम्झीसम्झी रोयो मन आँखा सुनिएर आए । उनी दुखी हुँदा सँगै रून्थे हाँस्दा सँगै हाँस्थे सजाउँला कुनै दिन पुतली झैँ भन्ने रहर साँच्थेँ । उमेर छँदै अनायासै भगवानकी भएर गईन मनका ईच्छा मनमै मर्दा आँखा हुन्छ मईन । अधुरो लाग्छ भाईटिका उनी विना जैले बोलाउँछिन कि तगराबाट लाग्छ मलाई कैले । मनमा सँधै ताजै छ्यौ तिमी जाँहाँ भए पनि याद मात्रै यता छोडी तिमी पर गए पनि...

    • रोटरी क्लवको रक्तदान सम्पन्न

      भरतपुर/रोटरी क्लब अफ भरतपुर र नारायणगढ बसपार्क टोल विकास समितिको संयुक्त आयोजनामा मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पिया र नारायणगढ वसपार्क टोल विकास समिति एवं बस व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रम गोविन्द प्रसाद पौडेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा ६ जना महिलासहित ५४ जनाले रक्तदान गरेको रोटरी क्लव अफ भरतपुरका फेलोसिफ चियर एवं रक्तदान कार्यक्रम संयोजक बद्रीनाथ पोखरेलले जानकारी दिनुभयो । कार्यक्रम संयोजक पोखरेलले रक्तदान गरि कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ रिजन २९ नेपाल भुटानका डिष्ट्रिक एसिस्टेण्ड गभर्नर शरदगोपाल न्याच्छौं,...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल