• महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धि सचेतना कार्यक्रम

      सन्तोष देवकोटा भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाको आयोजनामा बुधबार नारायणगढमा स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बालकुमारी कलेज, नारायणगढमा कक्ष ११ र १२ मा अध्ययनरत छात्राहरुलाई सहभागी गराई सो कार्यक्रम गरिएको हो । नेपाल अर्वुद रोग निवारण संस्था चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बालकुमारी कलेज, नारायणगढका क्याम्पस प्रमुख जगदिश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो भने नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय उपमहासचिव बद्रिनाथ पोखरेल, नेपाल अर्वुद रोग निवारण संस्थाका यसस्कर सदस्य बावुराम अधिकारी विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बालकुमारी कलेज प्लस टु संयोजक...

    • मुक्तकः पानी पानी

      बालकृष्ण खनाल मन अल्ली कस्तो भारी अनि समय बिरानी थियोे खै के ले हो कुन्नी छेउमै भिजेको सिरानी थियो । धमिलो देखियो दृश्य पनि रसाए कि नयन लाग्यो छामी हेरेँ नभन्दै दुई आँखा भरि पानी पानी थियो ।

    • किवानिज क्लव अफ नारायणीको ‘किवानिज वान डे‘ आदर्श गृहमा

      सन्तोष देवकोटा भरतपुर/बालबालिकाको सुरक्षा र संरक्षणको क्षेत्रमा क्रियाशिल सामाजिक सस्था किवानिज क्लव अफ नारायणीले भरतपुर ४ स्थित आदर्श गृहमा ‘किवानिज वान डे‘ कार्यक्रम गरेको छ । विश्वका ८१ मुलुकमा फैलिएको किवानिज क्लवले शनिबार अक्टोवर २३ का दिन किवानिज डे मनाउने निर्णय अनुरुप किवानिज क्लव अफ नारायणीले पनि असाहाय वालवालिकाहरु संरक्षित आदर्श गृहमा विविध कार्यक्रम गरि किवानिज डे मनाएको हो । सो अवसरमा गृहमा आश्रीत वालिकाहरुको एक छाक खानाको लागि ९ हजार रुपैया हस्तान्तरण गरिएको थियो भने प्रतियोगितात्म प्रश्न उत्तर कार्यक्रम गरि विजयीलाई पुरस्कार वितराण गरिएको थियो । किवानिज क्लव अफ नारायणीका सस्थापक अध्यक्ष वद्रीनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श...

    • मुक्तकः हुन्छ

      बालकृष्ण खनाल अक्सर दुई आत्मिक मनहरूको विचमा भुगोलको एउटा दुरी हुन्छ बाहिर देखिँदैन भित्रभित्रै रेटिईरहने परिस्थितिको एउटा छुरी हुन्छ । मिलन गराउने चाहना नहुने त काँहाँ होला र खै ? देउतालाई पनि सायद भगवानको समेत आफ्नै किसिमको बाध्यता र मजवुरी हुन्छ ।

    • मुक्तकः चाहन्छु म

      बालकृष्ण खनाल तिम्रो सफलताको एउटा सानो हिस्सा बन्न चाहन्छु म तिम्रो जिन्दगीको एउटा सुन्दर किस्सा बन्न चाहन्छु म । व्यबहारबाटै सम्बन्धको औचित्यताको पुष्टि गर्न सक्ने तिम्रो भरोसाको एउटा मजबुत निस्सा बन्न चाहन्छु म ।

    • नेपाल कुखुरा व्यवसायी मन्चको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

      भरतपुर/नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा २०७८ असोज २४ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका सचिव डा.शरण पाण्डेको स्वागत तथा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र चितवनका प्रमुख डा.दयाराम चापागाईको विदाई कार्यक्रम सम्पन्न भएको छ । मन्चका अध्यक्ष राजेन्द्र लामिछानेको सभापतित्वमा भएको स्वागत तथा बिदाई कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले समग्र पोल्ट्रीको बर्तमान अवस्था, पोल्ट्री क्षेत्रको दिगो विकासका लागि राज्यको तर्फवाट गर्नुपर्ने सहयोग, कुखुराको मासु र अण्डाको बजार प्रवद्र्धनका लागि सूचनामुलक सन्देश प्रावह गर्न र बाग्मती प्रदेशलाई पोल्ट्रीको नमुना क्षेत्रको रुपमा विकास गर्न राज्यले भूमिका निर्वाह गर्नुपर्ने मन्तव्य व्यक्त गर्नु भएको थियो । भूमि व्यवस्था, कृषि...

    • चितवन रोटरीद्धारा चितवन मानवसेवा आश्रममा न्यानो कपडा हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले वडादशैं २०७८ को अवसरमा भरतपुर स्थित चितवन मानव सेवा आश्रममा आश्रीतहरुको लागि न्यानो कपडा हस्तान्रण गरेको छ । हरेक वर्ष चितवन मानव सेवा आश्रममा कपडा सहयोग गर्ने क्लवको नियमित कार्यक्रम अन्तरगत उक्त कपडा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । सो अवसरमा ५० हजार रुपैँया वरावरको कपडा हस्तान्रण गरिएको हो । उक्त कपडा न्यू लोकमान एण्ड सन्स ज्वेलरी र जय सन्तोषी माँ सुनचाँदी पसलले स्पोन्सर गरेको क्लवका सम्पादक रोशन खरेलले जानकारी दिनुभयो । सो अवसरमा रोटरी क्लव अफ चितवनका सदस्य एवं जय सन्तोषी माँ सुनचाँदी पसलका प्रोपाईटर, युवा उद्यमी रुविन रामुदामुले असहाय दिनदुखीलाई...

    • मुक्तकः छैन

      बालकृष्ण खनाल यो कंक्रिटको शहरमा बंगला छन् गाडी छन् तर मान्छेहरूको मन छैन डिस्को र बारमा खर्चिने पैसा छन् तर ढोका उभिने जोगीलाई धन छैन । झन् बालक देखि बृद्धसम्म पवजी र टिकटकमा रमाउन थाले देखि त ककटेल भएको छ धर्म संस्कृतिमा पनि कतै केही मौलिक पन छैन ।

    • दालमोठ उत्पादकलाई खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि गोष्ठि

      भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा एक दिने खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्वन्धि गोष्ठि सम्पन्न भएको छ । कार्यालयले शुक्रबार शिवघाट स्थित प्रिन्स भिलेज रिर्सोटमा जिल्ला स्थित दालमोठ उत्पादक उद्योगीहरुको लागि सो गोष्ठि आयोजना गरेको हो । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजित उक्त तालिम मुलक गोष्ठिमा जिल्ला स्थित २२ जना दालमोठ उत्पादक उद्योगीहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षण दिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले दालमोठ उत्पादक उद्योगीहरुलाई गुणस्तरीय उत्पादनमा जोड दिनु पर्ने वताउनु भयो । दालमोठ जनुसुकै उमेर समुहका उपभोक्ताहरुले पनि प्रयोग...

    • ठिमुरामा निःशुल्क आँखा जाँच शिविर

      भरतपुर/नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजना तथा भरतपुर महानगरपालिका १ नं. वडा कार्यलय, राईनो क्लब नारायणगढ र ठिमुरा टोल बिकास संस्थाको सह आयोजनामा ठिमुरा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । उक्त शिविरमा महिला, पुरूष र बालबालिकाहरू गरेर जम्मा ११७ जनाले आँखाको परिक्षण गरिएको थियो । शिविरमा आँखा जाँच गरिएका मध्ये दश जनामा मोतिबिन्दुको समस्या रहेको र निजहरूलाई यातायात खर्च सहित भरतपुर आँखा अस्पतालमा लगेर निःशुल्क शल्यकृया गरिने क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनु भयो । शिविरमा नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालका आठ जना नेत्र बिशेषज्ञहरूद्धारा बिरामीहरूको आँखा जाँच...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल